१७ फेबुअरीमा गोरखाली बनभोज


१७ फेबुअरीमा गोरखाली बनभोज

दोहा– कतारबासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले रमाईलो बनभोजको आयोजना गरेको छ ।  आगामी फेबुअरी १७  शुक्रबारको दिन  आफ्नो स्थापना दिवश विभिन्न सांगितिक प्रस्तुती र रमाईलो खेलकुदको साथमा बनभोज कार्यक्रम आयोजना गरेको हो ।

 कतारको अलदोसरी जु एण्ड रिर्सोटमा आयोजना गरिएको बनभोज कार्यक्रममा सहभागि हुनको लागि ४० कतारी रियल तोकिएको छ । गत १८ डिसेम्बरमा २०१६ गरिने भनिएको कार्यक्रम स्थगित भई पुन ः फेबुअरी १७ गर्न लागेको हो ।

समाजका अध्यक्ष सुदर्शन भट्टले बनभोजमा सहभागिहुनको लागि सम्पूर्ण संघसंस्थाका पदाधिकारीहरु, ब्यवसायी,बुद्धीजिवी,पत्रकार  र कतारबासी गोरखाली तथा गैर गोरखालीहरुलाई सहभागि हुनको लागि अपिल गरेका छन ।  समाजका उपाध्यक्ष राकेश श्रेष्ठको संयोजकत्वमा हुन लागेको बनभोजमा नेपाली परिकारको खानाको साथमा स्थानीय कलाकारहरुको विभिन्न सांगितिक प्रस्तुती र रोचक खेलकुद हुनेछ । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top