Upcoming Event


साकेला उभौली पर्बमा सहभागी भई कार्यकर्म लाई सफल बनाईदिन हुन आग्रह

आदरणीय  सम्पुर्ण बे-एरिया नेपाली सघ सस्थाको अधक्ष्य ज्यु हरु,पदाधिकारी ज्यु हरु तथा नेपाली समुदायको सद्स्य ज्यु हरु : सर्बप्रथम नेपाली एस्सोसियन अफ नोर्देर्न क्यालिफर्निया( नान्स ) , किरात राई हरुको महान पर्ब " साकेला उभोउली "को उपलक्ष्यमा सम्पुर्ण किराती राई आमा बुवा,दाजु भाई र दिदी बहिनी हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । हामी नेपाली हरु बिभिन्न कारण बाट बिदेश मा रहेता पनि हाम्रो नेपाली सस्कार ,सस्कृती र रितिरिवाज सदैब हामी सँग सगै जहाँ रहन्छौ त्यहाँ लागिनु र मनाउनु पर्छ तब मात्र हाम्रो नेपाली पन जिवन्त रहन्छ र युगौ युगौ सम्म नेपाली भएर जन्मनुक...

शान्तिका अग्रदुत गौतम बुद्धको २५७९ औं जन्मजयन्ती विविध कार्यक्रम सहित मनाउने

फ्याफुल्ला ! टसी देलेक!! छ्याजलो !!!  नमस्कार, शान्तिका अग्रदुत गौतम बुद्धको २५७९ औं जन्मजयन्तीको अवसरमा तामाङ कोअपरेशन सोसाइटी अफ क्यालिफोर्निया, क्यालिफोर्निय शेर्पा एशोसिएसन र नर्दन क्यालिफोर्निया तमु समाजको संयुक्त आयोजनामा, खेन्पो पेम्बा शेर्पा लामाज्यू, आनी याङ्चेन तामाङ लामा ज्यु र बे एरियाका अन्य लामा गुरुहरूबाट बौद्ध धर्म सम्बन्धी प्रवचन, छोवा पुजा तथा विविध कार्यक्रम निम्न मिति, स्थान र समयमा हुने हुँदा कार्यक्रममा उपस्थितिका लागि धर्म र दर्शनमा आस्था, विश्वाश  राख्नुहुने तपाई सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु !

हार्दिक निमन्त्रणा - अन्तरराष्ट्रिय नारी दिवस क्यालिफोर्नियाको बर्कली हुने

हार्दिक निमन्त्रणा - अन्तरराष्ट्रिय नारी दिवस "When I discover who I am, I'll be free" - "जब मैले आफूलाई चिन्दछु, म स्वत्रन्त्र हुनेछु" भन्ने नाराका साथ NWGN - CA Chapter ले १०७औं अन्तरराष्ट्रिय नारी दिवस मनाउन गई रहेको सहर्ष जानकारी गराउद छौं।

गुल्मी सेवा समाज कतारले बृहत बनभोज तथा साँस्कृतिक कार्यक्रम गर्ने

कुमार “अविरल” पन्थी, कतार माघ २ । “गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ गुल्मी सेवा समाज कतारको छैठौ नियमित मासिक बैठक शुक्रबार सम्पन्न भएको छ । बैठक सस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा कार्यसमिति पदाधिकारीहरु, सल्लाहकार समिति लगायत रोजगारीको सिलसिलमा कतारमा कार्यरत गुल्मेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

१७ फेबुअरीमा गोरखाली बनभोज

१७ फेबुअरीमा गोरखाली बनभोज दोहा– कतारबासी गोरखालीहरुको साझा संस्था गोरखा सेवा समाज कतारले रमाईलो बनभोजको आयोजना गरेको छ ।  आगामी फेबुअरी १७  शुक्रबारको दिन  आफ्नो स्थापना दिवश विभिन्न सांगितिक प्रस्तुती र रमाईलो खेलकुदको साथमा बनभोज कार्यक्रम आयोजना गरेको हो ।

सरसर्ती संसार कर्मभुमी जर्मनी मा लोकार्पण हुने

नीयात्राकार जीवा लामिछाने द्वारा लिखीत उक्त पुस्तक मा   ५ महादेश का २९ वटा देश हरु को सामाजीक,आर्थीक ,भौगोलीक र ऎतिहासिक चित्रण गरीएको छ। व्यवसायीक भ्रमण,गैर आवासीय नेपाली संघ का कार्यक्रम र पारीवारिक भ्रमण मा केन्द्रीत रहेर गरीएका भ्रमण का बारेमा रोमांचीत वर्णन गरीएको छ।   नेपाल, रुस ,तान्जानीय र वेलायत मा वीमोचीत भैसकेको सरसर्ती संसार हजूर हाम्रै आगन मा लोकार्पण हुदैछ। श्रस्टा संग प्रतक्ष्य सा क्षत्कार  हुने उक्त  कार्यक्रममा यहा हरुको उत्साहजनक उपस्थीती को लागी हार्दीक अनूरोध गरीन्छ।

नेजाद्वारा एनआरएन बिशेष अन्तरकृयाको आयोजना

डलास, टेक्सास अमेरिकामा रहेका गैरआवासियव नेपालीहरुको प्रतिनिधीमूलक संस्था एनआरएन अमेरिकासंग नेपाल अमेरिका पत्रकार संघ, नेजाले विशेष अन्तरक्रियाको आयोजना गर्ने भएको छ । एजेणडाहरूमा छलफल गर्ने नेजाले जनाएको छ । एनआरएनको वर्तमान नेतृत्वका साथै भावि नेतृत्वको तयारीमा जुटेका आकांक्षिहरुसमेत सहभागि हुने सो कार्यक्रममा वर्तमान चुनौति र भावि योजनामा वहस हुनेछ ।

महाबीर पुनको सिकागोवासीसंग अन्तरक्रिया कार्यक्रम

नेपाल आबिस्कार केन्द्रका अध्यक्ष तथा बिश्व बिख्यात मेगासेसे पुरस्कारबाट सम्मानित महाबीर पुन डिसेम्बर 11 का दिन् इलिनोइ राज्यको सिकागो शहरमा आउदै हुनुहुन्छ । नेपालमा एउटा सुबिधा सम्पन्न आविस्कार केन्द्र निर्माण गर्ने पबित्र उद्धेश्य राखेर स्वदेश तथा बिदेशका सबै तह र तप्काका जनसमुदायसंग अन्तरक्रिया गर्ने अभियान अन्तर्गत पुन सिकागो आउदै हुनुहुन्छ । महाबीर पुनको सिकागोको कार्यक्रम गैह्र आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदको इलिनोइ च्याप्टरले आयोजना गर्ने भएको छ ।

सान-फ्रानसीस्को शहरमा च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार भब्य तयारी

"शास्त्र हराए संस्कार हराउछ,संस्कार हराए संस्कृती हराउछ, सस्कृति हराए मानब अस्तित्व नै हराउछ" भन्ने मूल नाराका साथमा नदर्न कालिफोर्निया तमु समाजको आयोजनामा  सान-फ्रानसीस्को शहरमा च्ह्य - ल्हो (चरा वर्ग ) तमु ल्होछार भब्य तयारी भइरहेको छ  ।  उक्त कार्यक्रम जनवरी 14/2017 शनिबार बेलुकी ब्ये- भ्यु ओपेरा हाउस हल मा  हुन गईरहेको 14/2017 ल्हो (चरा वर्ग ) तमु ल्होछार सभापति अध्यक्ष श्री राज कुमार गुरुङ ज्यू रहने गरि र कार्यक्रमा संयोजक महा-सचिब श्री चन्द्र गुरुङ, श्री  ईन्द्र गुरुङ , श्री थमन गुरुङ ,श्री दिल गुरुङ, श्री सिता राम गुरुङ र श्रिमति नाराएनी गुरुङ ज्यू को संयोजकत्...

डिसेम्बर ११,एनडब्लुजीएन तेस्रो सम्मेलनको हार्दिक स्वागत एवं निमन्त्रणा !!!

आदरणीय दिदीबहिनी एवं दाजुभाईहरु,  नेपाली महिला विश्व संजाल क्यालिफ़ोर्निया च्याप्टरद्वारा प्रत्येक दुईबर्षमा नयाँ कार्यसमिति चयनको अवशरमा आयोजना हुने सम्मेलन यहिँ आउँदो December 11, 2016 (Sunday) दिउँसो १ बजे देखि ४ बजे सम्म Church For Today (1449 Cornell Ave, Berkeley) मा एनडब्लुजीएन (NWGN) क्यालिफोर्निया तेस्रो सम्मेलन "Forward Women Together" भव्यताका साथ सम्पन्न हुन गैरहेको छ। यस सम्मेलनले महिलाको क्षमताको बिकास गर्दै मिलेर अगाडि बढौ भन्ने संदेश का साथ महिला बक्तब्यकला प्रतियोगितामा भाग लिन एवं  प्रतिभा प्रदर्शन गर्ने शुभअवसरका साथ यहाँहरु सम्पुर्णलाई सम्मेलनमा हार्दिक स्वागत एवं निमन्त्रणा छ । सम्म...

निशुल्क योग शीविर : "स्वस्थ रहन योगलाइ दैनिक जीवन पद्धति बनाउ "

निशुल्क योग शीविर ११।१३।२०१६ : "स्वस्थ रहन योगलाइ दैनिक जीवन पद्धति बनाउ " निम्न मिति समय र स्थानमा विश्व सुविख्यात वाचन तथा योग शिरोमणि परम्गुरु ललित शंकर योगि ज्यू द्वारा आध्यात्मिक प्रवचनकासाथै योग प्रशिक्षण शिविर सन्चालन हुन गैरहेको छ । यसबाट भरपूर ज्ञान शान्ती र योग  आनन्द प्राप्तिकालागी यस निशुल्क योग प्रशिक्षण लिन चाहनुहुने सम्पूर्ण योगानुरागी महानुभावहरु हार्दिक आमन्त्रण गरिन्छ । सहभागी हुन् आउनेले आफ्नो साथमा ठुलो रुमालरचटाई अथवा योगा मैट लिएर आउनु हुन् अनुरोध छ  ।

Invitation to Buddha Jayanti

 Dear All, Tashi Delek, Namaskar  I would like to invite you to the Buddha Jayanti puja, Please bring your family and friend with you to join us and injoy the day. for more information please go to the CSA new website at www.casherpa.org, hope to see you all at the event. Thank you

Himalayan Fair invite you to a special event on May 21st & 22nd Berkeley, CA

Celebrate the many cultures of the Himalayan mountain region with live music, traditional dance, fine arts, crafts, antiques, and authentic cuisine!

गैर आवशीय नेपाली संघ बेलायतद्बारा बेलायतबासि नेपालीको उपस्थितिको निमित अब्वाहन

उपरोक्त सम्बन्धमा  बेलायत बासि नेपालीहरुको संस्थाहरुमा  ब्रिटिश गोर्खा सत्याग्रह सयुक्त संघर्ष समितिको तर्फ बाट अन्तर हृर्दयको गहिराई बाटै नै विनयशिल अभिवादन  अर्पणको साथ बिनम्र अनुरोध गर्दछौं की अगामी २५ मार्च २०१६ का दिन ब्रिटिश गोर्खाहरुको समकालीन सहयात्री व्रिटिस भेर्टनहनहरुले गोर्खाहरुलाई पनि बेलायती सैनिकहरु सो सरह सम्पुर्ण सुबिधाहरु दिनु पर्ने नत्र गोर्खा भेर्टनहरु संग मिलेर संयुक्त रुपमा गोर्खा आन्दोलनमा होमिने चेतावनीको साथ बेलायती प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको कारण उक्त विशेष दिन व्रिटिस एमओडी भवन पछाडी विहान ...

सन्निभेलको मैदानमा फेरि धुलो उड्ने भो

पश्चिम अमेरिकाको सुन्दर सहर सान्फ्रान्सिस्को नजिक रहेको सन्निभेलमा सन्नि सगरमाथा समाजको आयोजनामा नेपाली नयाँ बर्षको अबसर पारेर बर्षैपिच्छे बृहत बनभोजको आयोजना गरिन्छ र उक्त बनभोजमा नेपालीहरूको औईरो लाग्ने गर्छ। एक अर्कामा मायाँ,सद्भाब,साथ,समर्थन,सहयोग,एकता र प्रोत्साहन मिलोस भनि सयौंको संख्यामा सेरेफेरोका नेपालीहरू जम्मा हुँन्छौ र एक अर्कामा दुख-सुख साटासाट गर्छौ हामी।

नेपाली नया वर्ष २०७३ को बनभोज कार्यक्रममा तपाइ लाई चुले निम्तो !

हार्दिक निमन्त्रणा (तपाइलाई चुले निम्तो) !!!   आउदै गरेको नेपाली नया वर्ष २०७३ को शुभ अवसरमा हामी नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा एक आपसमा सुभकामना आदान पर्दान गर्न वर्कली मरिनामा अप्रिल १० आइतवार पिकनिकको आयोजन गरिएको हुदा नेपाली मन र नेपाली पन हुने सबैलाई सहभागिताको लागि हादिक आमन्त्रण गर्दछौ | साथै सोहि दिन 'द हवाइट जोन' क्यालिफोर्निया च्याप्टरको नया कार्यसमितिको पनि घोषणा गर्ने निर्णय कार्यसमितिको वैठकले गरेको हुदा सवै जिम्मेवार सदस्यहरुमा सहभागिताको लागि अनुरोध गर्दछौ |

"कबड्डी कबड्डी" वे-एरियामा पर्दसन हुदै : सामजिक कार्यको लागि इन्टरटेन्मेन्ट

तपाई हामी लाइ थाहनै छ  सुपरहिट मुभी "कबड्डी"  को अपार सफलता पछि नेपाली भूभि "कबड्डी कबड्डी"  ले नेपाली फिल्मी दुनियामा तहल्का नै मच्चाएको छ ।  यहि सुपरहिट भूभि "कबड्डी कबड्डी" तपाई हाम्रो वे- एरियामा यहि आउदो  फेब्रोरी २१ आइतवार पर्दसन हुदै ।  सम्पुण महानुभावहरुलाई  हार्दिक आमन्त्रण गर्दछौ ।  आउन नभुल्नु होला । 

जर्मनीको म्युनिख शहरमा ल्होसार कार्यक्रम हुँदै

बिगतका बर्षहरुमा झै यस बर्ष पनि जनजाती समाज भ.ख्. म्युनिखको आयोजनामा जेर्मनीको म्युनिख शहरमा "ल्होसार कार्यक्रम-२०७२" मनाउने भएको छ ।

NWGN CA Chapter को आयोजनामा वृत्तचित्र प्रदर्सन

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, यस NWGN CA Chapter को आयोजनामा प्रेस चौतारी नेपालका सचिब गणेश पाण्डेद्वारा निर्मित सत्य कथामा आधारित बहादुर बैनी र भाग्यले बाँचेकाहरु वृत्तचित्रले दर्शकहरुको मन जित्न सफल भएकै कारणले विश्वभर प्रदर्शन भैरहेको सिलसिलामा यस बे-एरियामा पनि तपाई हाम्रो माझ प्रदर्शन हुन गैरहेको जानकारी दिदै तपाईको गरिमामय उपस्थितिको लागी हार्दिक अनुरोध गर्दछु।

आउनुहोस, भारतीय नाकाबन्दी विरुद्ध बिशाल रयाली तथा भेलामा सहभागी हुनुहोस

समस्त  नेपाली समुदाय एबं संघ संस्थाका प्रतिनिधि, आमसंचार माध्यम , पत्रकार तथा शुभचिन्तकज्युहरु , विगत करिब दुइ महिना देखि हाम्रो मातृभूमि राष्ट्र नेपाल छिमेकी राष्ट्र भारतको अघोषित नाकाबन्दी बाट प्रभावित रहेको यहाँहरु सबैलाई अवगतै छ । भूपरिवेस्ठित मुलुकलाई संसारको कुनै पनि कानुनले नाकाबन्दी लगाउन नमिल्ने यथार्थ हुदाहुदै पनि नेपाल  भारतको नाकाबन्दीको शिकार हुनुपरेको छ ।

महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०६ औं जन्मजयन्तीमा उपस्थितिको लागि विशेष अनुरोध

लुभेन बेल्जियम - विगतमा झै यस वर्ष पनि महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०६ औं जन्मजयन्ती काव्यगोष्ठीका साथ निम्न मिति, समय र स्थानमा आयोजना गरिएको छ । 

एनआरएन मिचिगन च्याप्टरले दशैको अवसरमा शुभकामना साँझ आयोजना गर्ने

२९ सेप्टेम्बर, २०१५ गैरआवासीय नेपाली संघ (एनआरएन) मिचिगन च्याप्टरले विजया दशमीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । अस्टोबर १७ तारिखमा आयोजना हुने सो विशेष शुभकामना साँझ कार्यक्रममा बरिष्ठ लोक दोहोरी गायक गायिकाद्वय बिमल डाँगी र सरिता डाँगी का साथै स्थानीय कलाकारहरुको समेत विशेष सांगीतिक प्रस्तुती रहने छ ।

क्यालिफोर्निया नेपाली साँझमा चुले निम्तो !!

नेपालीहरुको माहान चाड दशैं को शुभ अवसरमा नेपाली युवाहरुको अन्तराष्ट्रिय सञ्जाल ‘द ह्वाइट जोन’ ले भुकम्प पुन निर्माणमा सहयोगार्थ लोकप्रिय कलाकारहरु पप गाईका आस्था राउत,हास्य व्यंग्य कार मनोज गजुरेल,लोक गायक लोकेन्द्र बि क ,रत्न वराइलि युवा गाईका निक्की कार्की तथा अन्य कलाकार हरुको विशेष आतित्थ्यमा ‘क्यालिफोर्निया नेपाली साँझ’ आयोजना गरियको हुदा सम्पूर्ण महानुभाव हरुलाई उक्त कार्यक्रममा आउनुहुनको लागि हार्दिक निमन्त्रणा गर्दछौ  । 

१२ सेप्टेम्बरमा सन्नीभेल जाऔं, छमछमी नाचौं र नचाऔं

सन्नी सगरमाथा समाजले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा यही १२ सेप्टेम्बर तारेख शनिबारका दिन विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सम्पूर्ण बे एरियाबासी दिदीबहिनी तथा दाजुभाईहरु सांस्कृतिक चाडबाड मनाउन आफ्नो जातीय र परम्परागत भेषभुषा लगाएर कार्यक्रममा उपस्थित हुने विश्वास आयोजकले लिएको छ ।

डिसी नेपाली समाज अमेरिकाद्वारा रक्षा बन्धन जनै पुर्णिमा तथा शान्ति यज्ञ

डिसी नेपाली समाज अमेरिकाद्वारा रक्षा बन्धन जनै पुर्णिमा तथा शान्ति यज्ञ एबम् दीप प्रज्वलन कार्यक्रमको आयोजना   !

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top