मंगोल नेशनल अर्गनाइजेसनको प्रेस विज्ञप्ती


प्रेस विज्ञप्ती
 
नेपालका प्रथम सहिद राष्ट्रिय विभुति लखन थापा मगर जसले राणाहरुको जहानिया निरंकुश शासनको अन्त्य गर्न निर्भिकतापूर्वक लड्दा लड्दै हत्या भयो । बीरताका साथ निरंकुश राणा शासनको बिरोध गर्ने राष्ट्रिय विभुति, राष्ट्रिय गौरव लखन थापा मगरको कदर गर्दै नेपाल सरकारले २०७२ अशोज ३ गते आधिकारीक रुपमा प्रथम सहिद घोषणा गरेको थियो ।
 
कास्की पोखरा लखनचोकमा सालिक समेत निर्माण गरि गौरवका साथ खडा भएको थियो । तर २०७४।०६।०९ गते रातारात डोजर लगाइ, सालिक ढाल्ने र गायव बनाउने सम्मको हर्कतले लोकतन्त्रकै धज्जी उडाउने काम भएको छ । जिल्लाका कुनै पनि संघ संगठनलाई समेत थाहै नदिइ गायव पारेको खबरले लोकतन्त्र र आमुल परिवर्तन चाहने करोडौ मूलबासी मंगोलहरुको हृदयमा चोट परेको छ । राष्ट्रकै विभुतिको सालिकलाई आतंकारी शैली, बिद्रोही शैलीमा भत्काइयो ।
 
यस निन्दनिय कार्य गर्नेको पहिचान गरि कार्वाही गर्नुको सट्टा प्रशासन र मगर संघको मिलेमतोमा एकलौटी सहमति गरेको समाचार बाहिरियो । राष्ट्रिय विभुतिको सालिक भत्काउनेलाई संरक्षण गर्ने यस हर्कतको घोर भत्र्सना गर्नुका साथै चाडो भन्दा चाडो कार्वाहीको दायरामा ल्याउन समेत सम्बन्धित निकायलाई मंगोल नेशनल अर्गनाइजेसन ध्यानाकर्षण गराउदछ । साथै भत्काइएको सालिकको सोही स्थानमा सम्मान जनकरुपमा तुरुन्तै निर्माण गरियोस । यदि मूलबासी मंगोलहरुको आस्थालाई हस्तक्षेप गर्दै मेट्ने काम भए मंगोल नेशनल अर्गनाइजेसन प्रशासन र राज्य विरुद्ध अस्तित्व बचाउन सबैखाले आन्दोलन छेड्न बाध्य हुनेछ ।
 
बुद्धलाल मेचे
मूलसचिव तथा का.वा प्रेसिडेण्ट
मंगोल नेशनल अर्गनाइजेसन
केन्द्रिय सभा, काठमाडौं ।
 
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top