प्रथम शहिद लखन थापा मगर ज्यूको शालिक भत्काएकोप्रति नेपाल आदिवासी जनजाति महासंघको घोर भत्र्सना


मितिः २०७४/०६/१०
प्रेस विज्ञप्ती

पश्चिम नेपालको पोखराको पृथ्वी चोकमा अवस्थित नेपालका प्रथम शहिद लखन थापा मगर ज्यूको शालिक नेपाल सरकार जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा महानगरपालिकाको सुनियोजित निर्देशनमा पश्चिमाञ्जल सडक डिभिजन कार्यालयले असोज ९ गते मध्य रातमा भत्काएको प्रति नेपाल आदिवासी जनजाति महासंघ घोर भत्र्सना गर्दछ ।

मुलुकको परिवर्तनका लागि राणाकालिन कालरात्रिका बिरुद्ध लड्ने योद्धाको शालिकको संरक्षण र सम्मान राज्य सरकारले गर्नुपर्नेमा सडक बिस्तार गर्दै तथाकथित विकासको नाममा नियोजित रुपले जातीवादी÷नश्लीय चिन्तन राखेर गौरवमय पुर्खाको शालिकलाई लज्जास्पद रुपमा क्षतविक्षत बनाएकोमा महासंघ निन्दा व्यक्त गर्दछ । 

नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद् कास्की र नेपाल मगर संघ, जिल्ला समिति कास्कीलगायत आदिवासी जनजातिहरूको पूर्व जानकारी , परामर्श र सहमति बिना गुरिल्ला शैलीमा लखन थापा मगरजस्तो विभुतिको शालिक भत्काइएकोमा पुनः घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब राज्यको कोषबाटै सहिद थापाको शालिक पुनःप्रतिष्ठापन गर्न महासंघ जोड्दार माग गर्दछ ।

नेपाल आदिवासी जनजाति महासंघ, समन्वय परिषद् कास्कीको उपस्थितीमा नेपाल मगर संघ, कास्की, नेपाल सरकार जिल्ला प्रशासन कार्यालय, कास्की र पोखरा महानगरपालिकाबीच २०७४ असोज १० गते नेपालका गौरवमय शहिद लखन थापाको शालिक पुनःप्रतिष्ठापन खर्च पोखरा महानगरपालिकाले र निर्माणका कार्यको व्यवस्थापन मगर संघ, कास्कीले गर्नेलगायत भएको १० बुँदे सहमतिबमोजिम अक्षरशः कार्य गर्न गराउन महासंघ विशेष आग्रह गर्दछ । 
सहमति बमोजिम कार्य नभएमा आदिवासी जनजाति आन्दोलनको नेतृत्वदायी संगठन नेपाल आदिवासी जनजाति महासंघले जुनसुकै कदम उठाउन तथा मूल्य चुकाउन तयार रहेको र सोबाट उत्पन्न हुने परिस्थितीको सम्पूर्ण जिम्मेवार नेपाल सरकार र यसका संयन्त्रहरू स्वयम् हुने समेत जानकारी गराउँदछौं । साथै आदिवासी जनजातिका पहिचान र प्रतिष्ठासँग सम्बन्धित धरोहरहरू जातिवादी÷नश्लवादी राज्यसरकारले सुनियोजित रुपले नामेट पार्दै जाने षड्यन्त्र प्रति सम्पूर्ण आदिवासी जनजातिहरू सजग, सर्तक रहन र त्यसखाले विभेदपूर्ण कार्यका बिरुद्ध आ–आफ्नो ठाउँबाट सशक्त आवाज उठाउन सम्पूर्ण आदिवासी जनजातीय संस्था÷संगठनहरू र आदिवासी जनताहरूलाई महासंघ विशेष आग्रह गर्दछ ।


धन्यवाद ।
जय आदिवासी जनजाति ।

गोबिन्द छन्त्याल
( कावा अध्यक्ष)

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top