प्रेस विज्ञप्ति : उत्तर कोरियाले गरेको आणविक परिक्षणको निन्दा एवं भत्र्सना


प्रेस विज्ञप्ति : उत्तर कोरियाले गरेको आणविक परिक्षणको निन्दा एवं भत्र्सना

२०७४ भदौ १८ गते आइतबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको ( हाइड्रोजन बम भनिएको ) मानव अधिकार तथा शान्ति समाज निन्दा एवं भत्र्सना गर्दछ । गत वर्ष पनि उत्तर कोरियाले गरेको आणविक परीक्षणको शान्ति समाजले निन्दा गर्दै काठमाण्डौस्थित उत्तर कोरियाली दुतावास अगाडी विरोध प्रदर्शन गरेको थियो । विगत केही समयदेखि उत्तर कोरियाले गरेको विभिन्न परीक्षण र प्रदर्शन गरेको आचरण विष्मयकारी र शान्ति विरोधी छ । 

संयुक्त राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको विरोधका बाबजुद उत्तर कोरियाले गरेको यो परीक्षण समस्त विश्व समुदायलाई चुनौती र विश्व शान्तिका लागि खतरा हो । आणविक अस्त्र ध्वंस र विनासको पर्याय भएको र विश्वबाटै यस्तो अस्त्र नष्ट गरिनुपर्छ भन्ने मान्यता मानव अधिकार तथा शान्ति समाजको रहेको छ ।  

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य राष्ट्र चीनको उत्तर कोरियासँगको प्रगाढ मित्रतालाई दुरुपयोग गर्दै उत्तर कोरियाली शासकद्वारा निरन्तर प्रदर्शन गरिएको बहुलठ्ठीपनलाई रोक्न चीनले विशेष प्रयास गर्नुपर्छ भन्ने शान्ति समाजको आग्रह रहेको छ । 

समाजका तर्फबाट
डा. गंगाधर अधिकारी
सभापति
मानव अधिकार तथा शान्ति समाज
मिति : २०७४÷०५÷१९

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top