राष्ट्रिय जनमोर्चा नवलपुर जिल्ला सङ्गठन समितिको वक्तव्य


वक्तव्य
 
आज मिति २०७४ साल भाद्र १७ गते राष्ट्रिय जनमोर्चा जिल्ला सङ्गठन समिति, नवलपुर ( पुर्नगठित समिति) को बैठक समितिका अध्यक्ष दीपक पाण्डेको अध्यक्षतामा बसी पदाधिकारीहरूको चयन गरेको छ । उक्त बैठकले कतिपय सङ्गठनात्मक निर्णयहरूका साथै अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रमलाई सफल बनाउन एक हप्ते कार्यक्रम समेत तय गरेको छ । यो बैठकले निम्न अनुसारका पदाधिकारीहरू चयन गरेको छ ।
 
अध्यक्ष–दीपक पाण्डे, उपाध्यक्ष–विकाराम चौधरी, सचिव–गिरबहादुर महतरा, कोषाध्यक्ष–मनबहादुर रानाभाट, सहसचिव–लक्ष्मी वि.क., सदस्यहरू–कृष्ण
सापकोटा, लालू खरेल, केशव प्रसाद रिजाल, प्रेम थापा क्षेत्री, डम्मर के।सी।, सोमनाथ पौडेल, तुलसी शर्मा, रूपनारायण महतो, देवीलाल आले, विष्णु गिरी । सल्लाहकारहरू चन्द्र सापकोटा, देवराज पौडेल, गोविन्द सुवेदी, भिम प्रसापकोटा र गिरी कृष्ण अर्याललाई चयन गरिएको छ ।
 
बैठकले सङ्गठनलाई व्यवस्थित बनाउनेबारे व्यापक छलफल गरी निर्णय गरेको छ । आगामी असोज ५ गतेभित्र नगर समितिहरूको गठन र पुनर्गठन गर्ने, आफ्नो पहिचान समेतको सैद्धान्तिक, साङ्गठनिक र समाचार मूलक मुखपत्र “विकल्प”को प्रकाशन समेत गर्ने निर्णय गरेको छ ।
 
मिति : २०७४ भाद्र १७ गते
 
दीपक पाण्डे
 
अध्यक्ष
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top