त्रिभुवन विश्वविद्यालयको विज्ञप्ति


त्रिभुवन विश्वविद्यालयको विज्ञप्ति

मिति २०७४ भाद्र १७ गते शनिबारको कान्तिपुर दैनिकमा प्रकाशित समाचारप्रति त्रिभुवन विश्वविद्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । काठमाडौँ नेशनल मेडिकल कलेजलाई त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन दिनका लागि त्रि.वि. कार्यकारी परिषद्लाई प्रमुख राजनीतिक दलका नेता समेतबाट निर्देशन आएको भन्ने कपोलकल्पित तथा भ्रामक समाचारले त्रिभुवन विश्वविद्यालय दुःखित भएको छ ।

सो कलेजलाई कोही–कसैको दबाब तथा निर्देशनबाट नभई सम्मानित सर्वोच्च अदालतको मिति २०७१।५।३१ को आदेश÷फैसलालाई कार्यान्वयन गर्न सर्वोच्च अदालत पैmसला कार्यान्वयन निर्देशनालयबाट मिति २०७४।३।२७ मा पुनः ताकेता गर्नु नपर्ने गरी लेखी आए अनुसार कार्यकारी परिषद्ले अस्थायी सम्बन्धन दिने निर्णय गरेको व्यहोरा सरोकारवाला सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ । सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुलाई तथ्यगत कुरा नबुझी अनावश्यक टीकाटिप्पणीहरु सम्प्रेषण नगरिदिनुहुन समेत त्रिभुवन विश्वविद्यालय सबैमा अनुरोध गर्दछ ।

काठमाडौँ नेशनल मेडिकल कलेजको अस्पताल सञ्चालनको सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुबाट आएका विभिन्न किसिमका टीकाटिप्पणीहरुको सम्बन्धमा स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० बमोजिम भए÷नभएको बारे सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्ने गरी एक समिति गठन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।

साथै सत्यतथ्य खोजबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म त्रि.वि. कार्यकारी परिषद्बाट मिति २०७४।४।१२ मा अस्थायी सम्बन्धन दिने भनी गरेको निर्णय हाललाई स्थगन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।

त्रिभुवन विश्वविद्यालय

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top