मेरो उम्मेदवारी र समर्थन


हार्दिक नमस्कार !!!

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूका प्रतिनिधिमूलक सशक्त संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका ( नासा ) को आगामी अधिवेसन नजिकिदै गइरहेको यहाँहरुमा सर्व बिदितै छ । आगामी सेप्टेम्बर ३ मा नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदै छ ।

सोही निर्वाचनका लागि मैले आफ्नो इच्छा अध्यक्ष पदमा सार्वजनिक गरेको थिए त्यसै अनुसार मैले यहाँहरु माँझ आफ्नो कार्य योजना र  सहयोगका लागि अनुरोध पनि गरेको थिए । संस्थामा रहनु भएका  मित्रहरुको  आग्रह , सुझाव र  मेरै इच्छाले संस्थाको नेत्रित्व लिन अग्रशर भएको थिए  । मैले नासामा महासचिवका हैसियतले जति गरे त्यो यहाँहरु समक्ष जग जाहेरै छ र आगामी दिनमा पनि गरिहने छु । यतिखेर हामीले संस्थाको गरिमालाई उच्च पार्दै सामाजिक क्रियाकलापमा हातेमालो र सबैको भावनालाई कदर गरि सबैलाई समेट्दै लैजानु पर्ने आवस्यकता महशुस गरेको छु १  हरेक सस्थामा सबैपक्षको उत्तिकै भुमिका हुन्छ ।

अत , मलाई  अध्यक्षपदमा प्रस्ताव गर्ने सबैलाई पुन एक पटक धन्यवाद दिदै यस पटक म आफु वरिष्ठ उपाध्यक्ष पदमा रही मेरो समर्थन अध्यक्ष पदका अर्का प्रत्याशी मेरा प्रिय मित्र माधव ढकाल लाई रहने सबैलाई जानकारी गराउँदछु । साथीहरुले पनि यसै अनुरुप सहयोग गर्नुहुनेछ भन्ने आशा गरेको छु । अन्त्यमा सम्पूर्ण मतदाताज्युहरुलाई आफ्नो अमुल्य मत प्रदान गरि विजय गराउनु हुन समेत हार्दिक अनुरोध गर्दछु  ।

शिव विष्ट

वर्तमान महासचिव

कार्यकारी उपाध्यक्ष पदका ( EVP)  उम्मेदवार

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top