शान्ति समाज प्रेस विज्ञप्ति : चीन र भारतबीच बढ्दो तिक्तताप्रति गहिरो चिन्ता


प्रेस विज्ञप्ति : चीन र भारतबीच बढ्दो तिक्तताप्रति गहिरो चिन्ता : विश्व शान्तिलाई संकटमा नपार्न आग्रह 

चीन र भारतबीच बढ्दै गएको तिक्तताप्रति मानव अधिकार तथा शान्ति समाज गहिरो चिन्ता व्यक्त गर्दछ ।  एक महिना अगाडी चीन भारत सिमाना ( सिक्किम – तिब्बत सिमान्त क्षेत्र ) मा चीनियाँ र भारतीय सैनिकबीच भएको आमना सामना पश्चात परिस्थिति निरन्तर विग्रदै गएको छ भने दुवै देशका सञ्चार माध्यम र सरकारी निकायहरुको भाषा पनि उत्तेजक हुदैँ गएको देखिन्छ जसले युद्धोन्मुख अवस्थाको चित्रण गर्दछ जुन विश्व शान्तिका लागि खतरा हो  । चीनिया पक्षले उक्त सिमान्त क्षेत्रमा सडक निर्माण थालेपछि भारतले आफ्नो भूभागमा चीनले सडक निर्माण गर्न खोजेको आरोप लगाएको छ भने चीनले आफ्नो भूभागमा भारतले हस्तक्षेप गरेको आरोप लगाएको छ । 

मानव अधिकार तथा शान्ति समाज “युद्ध निषेध : शान्ति विशेष” भन्ने मान्यतासहित युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न र शान्तिलाई प्रवद्र्धन गर्न निरन्तर अभियानरत रहेको छ ।

तसर्थ चीन र भारत दुवै देशका सरकारलाई उत्तेजनामा नआई वार्ताको माध्यमबाटै समस्याको समाधान गर्न शान्ति समाज आग्रह गर्दछ ।  विश्वका २ अरव ६० करोड नागरिक बसोबास गर्ने चीन र भारतका जनताबीच नागरिक स्तरमा सम्बन्ध सुमधुर पार्न र युद्धको उन्मादलाई खारेज गर्न सबै क्षेत्रबाट पहल हुनुपर्छ ।

चीन र भारतबीच युद्ध हुनु भनेको विश्व शान्तिलाई समेत संकटमा पार्नु हो । तसर्थ अन्तराष्ट्रिय समुदायले पनि युद्धको कुनै पनि सम्भावनालाई अन्त्य गर्ने दिशामा योगदान गर्नुपर्छ । साथै विश्व शान्तिलाई संकटमा नपार्न सम्बन्धीत सबै पक्षलाई शान्ति समाज गम्भिर आग्रह गर्दछ ।  

समाजका तर्फबाट

गंगाधर अधिकारी
सभापति
मानव अधिकार तथा शान्ति समाज
२०७४÷०३÷२२

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top