अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रेस विज्ञप्ति


मिति : २०७४ असार ११

प्रेस वक्तव्य

विदेशस्थित नेपालीहरुको प्रतिनिधि सङ्गठनको हैसियतमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजले नेपाल र विश्वभरिका लोकतान्त्रिक तथा जनवादी आन्दोलनलाई लामो समयदेखि सहयोग, समर्थन गर्दै आई रहेको छ ।

त्यस क्रममा नेपालको लोकतान्त्रिक तथा जनवादी आन्दोलनलाई सम्बन्धित देशमा नै सघाउनेदेखि लिएर यस मातहत रहेका सबै देशका सङ्गठनका सदस्यहरु भौतिक रूपमै नेपाल फर्केर आन्दोलनमा सहभागी हुने गरेका छन् । नेपालको लोकतान्त्रिक संविधान २०७२ लाई संस्थागत गर्नका लागि हुन थालेको स्थानीय निर्वाचनको पहिलो चरणको चुनाव ९२०७४ वैशाख ३१ गते० मा पनि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सदस्यहरुले नैतिक, आर्थिक र भौतिक सहयोग गरेका थिए ।

त्यस सिलसिलामा सङ्गठनका सदस्यहरु चुनावलाई सहयोग गर्न स्वदेश फर्केका थिए । अहिले २०७४ असार १४ गते सम्पन्न हुन थालेको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि पनि सङ्गठनका थुप्रै सदस्यहरु स्वदेश फर्केर नेकपा (मसाल) समर्थित राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरुलाई विजयी गराउन सक्रिय छन् । हामी ती सदस्यहरुको यस खालको योगदानको उच्च कदर गर्दै कारणवश स्वदेश फर्कन सम्भव नभएका सदस्यहरुले आफ्ना घर–परिवार, इष्टमित्र, छरछिमेकलाई सम्पर्क गरी राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलास मा मतदान गराउन आवश्यक पहलकदमी गर्न हार्दिक आह्वान गर्दछौ“ ।

गंगा पौडेल
अध्यक्ष

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top