आम निर्बाचन पर्यबेक्षण समिति ( जियोक ) को प्रेश विज्ञप्ति


२०७४ बैशाख ३१
प्रेश विज्ञप्ति

प्रदेश नं ३ , ४ र  ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्बाचनमा जनताको उत्साहजनक सहभागिता रहेको छ । २०४६ सालको परिबर्तन पश्चात सबै निर्बाचनहरुको पर्यबेक्षण गर्दै आएको आम निर्बाचन पर्यबेक्षण समिति (जियोक)ले निष्कर्ष निकालेको छ ।  सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यबेक्षकहरुले दिएको  प्रारंम्भिक प्रतिबेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्बाचन केही स्थानमा भएका छिटुफुट घटना बाहेक शान्तिपुर्ण  वाताबरणमा सपन्न भएको छ । 
३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्बाचनमा ६ हजार ६ सय ४२ मतदान केन्द्रको ब्यबस्था गरिएको तर कतिपय जिल्लाका मतदान केन्द्र टाढा  भएका कारण मतदातालाई घण्टौ सम्म हिड्नुपरेको  थियो । दुइ दशक पश्चात भएको स्थानीय तहको निर्बाचनप्रति आम मतदाताहरुको उत्साह प्रभाबकारी भएको जियोकको प्रतिवेदनले देखाएको छ । निर्वाचन आयोगले स्थानीय बुथ मार्फत सम्पूर्ण मतदाताको परिचयपत्र वितरण गर्ने क्रममा ९०% मतपत्र वितरण गरेको र ७०% भन्दा बढी मतदाताले मतदान गरेको पाइयो ।

अधिकांश जिल्लामा बिहान सबेरैदेखि मतदाताहरु मतदान गर्न उपस्थित भई मतदान गरेको कारण अपरान्ह मतदान गर्नेहरुको चाप कम भएको थियो । 
स्थानीय तहको निर्बाचनका क्रममा दोलखामा मात्रै दुइ जनाले ज्यान गुमाएका छन । यो दुखद पक्ष हो ।  चुनाब प्रसारप्रसारका क्रममा चारदिन अघि एमाले कार्यकर्ता कुलबहादुर तामाङको मुत्यु भएको थियो । आज मतदान गर्ने दिन  सोही जिल्लाको मेलुङ गाउपालिकाको शक्तिश्वर मा.बि. मतदान केन्द्रमा काग्रेस र माओबादीका केन्द्रका कार्यकर्ताबीचको बिबाद चर्किदै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रण गर्न खोज्दा चलाएको गोलीबाट ३० बर्षीय नकुल भुजेलको दुखद निधन भएको छ । 

निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरु बीच समन्वय भएको र उनीहरुले भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरेको पाइयो । मतदान गर्न जाने महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था थियो भने अशक्त बृद्ध सुत्केरी, गर्भवतीलाई विशेष प्राथमिकता दिएको थियो । 

निर्वाचन आचार संहिताको पालना समग्र रुपमा सन्तोषजनक नै रहेको पाइयो भने केही स्थानमा आचार संहिता उलंघनका सङ्केतहरु देखिएका थिए ।   
मतदानको प्रयोजनको लागि निर्धारित मतपत्रको आकार मतदान गर्नुपर्ने पदहरुको संख्या र उम्मेदवारहरुको संख्याको तुलनामा अत्यधिक ठूलो भएको, सम्बन्धित स्थानीय तहका लागि हुन गएको निर्वाचनबाट पदपूर्ति हुने पदको लागि कायम रहेको उम्मेदवारहरु बाहेकको अप्रासंगिक निर्वाचन चिन्हहरु समेत समावेश गरिएको भद्दा प्रकृतिको ठूलो आधारको मतपत्रको कारणले मतदाताहरुलाई निकै  असुविधा र अन्यौल भएको पाइयो । उम्मेदवार नै नरहेको निर्वाचन चिन्ह समेत समावेश भएको मतपत्रको औचित्य र बैधताको प्रश्न समेत उपस्थित रहेको पाइयो ।

निर्वाचनको समग्र कार्यक्रम र प्रकृयामा निर्वाचनबाट पदपूर्ति हुने पदहरु र ती पदहरुको लागि कायम रहेका उम्मेद्वारहरुको समग्र सुची मतदाताले थाहा पाउने अवस्था मतदान केन्द्र वा बाहिर कतै पनि रहेको देखिएन ।  जियोकका राष्ट्रिय, जिल्ला, नगर र गाउँपालिकाका ३५० पर्यवेक्षकहरुले पयवेक्षण गरी बास्तविक अवस्थाको जानकारी दिनु भएकोमा र मतदाताहरुले उत्साहका साथ भाग लिई मतदान सम्पन्न गरेकोमा जियोकको तर्फबाट आभार व्यक्त गर्दछौ । 
    
हिमालय शम्शेर जवरा

अध्यक्ष

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top