पत्रकार महासंघ काठमाडौंको प्रेस वक्तव्य


प्रगतिशील पत्रकार संघ नेपाल
काठमाडौ“ जिल्ला समिति
मिति : २०७४ वैशाख १७
प्रेस वक्तव्य

नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको दशौं अधिवेशनका सन्दर्भमा प्रगतिशील पत्रकार संघ, नेपाल काठमाडौं शाखाको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ । उक्त अधिवेशनका सन्दर्भमा महासंघको विधान विपरीत देखिएका कतिपय क्रियाकलापप्रति हाम्रो संगठनको धारणा स्पष्ट गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।

१. महासंघ काठमाडौं शाखाको दशौं अधिवेशनका सन्दर्भमा हामीले प्रेस चौतारी नेपाल समेतस“ग गठबन्धन गरेका थियौं । तर निर्वाचनको परिणामले हामीबीचको पदीय बाडफा“डको आन्तरिक सहमतिप्रति प्रेस चौतारीबाट गम्भीर घात गरिएको प्रष्ट भएको छ । गठबन्धनको संस्कार विपरीत चौतारी पक्षबाट प्रदर्शित उक्त अधिनायकवादी शैलीले हामीलाई उनीहरुस“गको गठबन्धनबारे गम्भीर रूपमा समीक्षा गर्न बाध्य तुल्याएको छ । यो गठबन्धनलाई केन्द्रीय महाधिवेशनसम्म कायम राख्ने सोचका साथ हामी अघि बढेका थियौं । तर दशौं अधिवेशनका सन्दर्भमा उनीहरुबाट प्रदर्शित व्यवहारबाट शिक्षा लिंदै हामीले प्रेस चौतारी नेपालस“गको गठबन्धन काठमाडौंमा आजैका मितिदेखि भंग भएको घोषणा गर्दछौं । केन्द्रीय अधिवेशनमा पनि त्यस्तो अविश्वसनीय शक्तिस“ग गठबन्धन कायम नगर्न हाम्रो संगठनको केन्द्रीय नेतृत्वस“ग अनुरोध गर्दछौं ।

२. महासंघको दशौं काठमाडौं जिल्ला अधिवेशनमा केन्द्रीय पार्षदमा विधिसम्मत तरिकाबाट दश सदस्यहरुको हस्ताक्षर सहित आवेदन बुझाएका हाम्रा साथीहरु वैचारिक आस्थाकै आधारमा केन्द्रीय पार्षद हुनबाट वञ्चित भएका छन् । केन्द्रीय पार्षदमा पनि निर्वाचन गर्नु पर्नेमा महासंघ काठमाडौंमा अनौठो प्रचलन चलाइएको छ– दश सदस्यको हस्ताक्षर सहित आवेदन ल्याएपछि एक पार्षद । त्यसमाथि दश जनाको हस्ताक्षर सहित आवेदन बुझाएका हाम्रा साथीहरुलाई छानी छानी केन्द्रीय पार्षद बन्नबाट वञ्चित गरिएको छ । केन्द्रीय पार्षदमा आवेदन भरेका हाम्रा कतिपय साथीहरुलाई प्रदेश पार्षद बनाइएको छ भने प्रदेश पार्षदमा आवेदन दिएका साथीहरुलाई हटाइएको छ । प्रेस चौतारीको कठपुतली बन्दै निर्वाचन मण्डलले अपनाएको स्वेच्छाचारी र लापरवाहीपूर्ण व्यवहार, महासंघ नेतृत्वको लाचार प्रवृत्तिको हामीले घोर भत्र्सना गर्दछौं । यसर्थ, महासंघको विधान विपरीत देखिएको काठमाडौंको दशौं अधिवेशनका सम्पूर्ण प्रक्रियाहरु खारेज गरी निस्पक्ष र विधिसम्मत तरिकाबाट नया“ निर्वाचन गर्न महासंघको केन्द्रीय नेतृत्वस“ग हामीले जोडदार माग गर्दछौं ।

३. काठमाडौंमा महासंघको दशौं अधिवेशनका सन्दर्भमा निर्वाचन मण्डल, महासंघको नेतृत्व र प्रेस चौतारी नेपालको स्वेच्छाचारी र अधिनायकवादी प्रवृत्तिका विरुद्धमा रहेका पत्रकार संगठनहरुस“ग सहकार्य गरेर संघर्षमा जाने घोषणा गर्दछौं । महासंघ श्रमजीवी पत्रकारहरुको अभिभावकीय साझा संगठन बन्नु पर्छ भन्ने स्पष्ट मान्यता हामी राख्दछौं । हाम्रो यो आन्दोलन महासंघलाई विधिसम्मत तरिकाबाट भेदभावरहित किसिमले सञ्चालन गर्न लगाउनका लागि नै परिलक्षित हुने पनि हामी स्पष्ट पार्न चाहन्छौं । साथै यो आन्दोलन सम्पूर्ण श्रमजीवी पत्रकारहरुको हक, हित र अधिकारको रक्षा एवं महासंघको विधानको पूर्ण पालना गराउनका लागि सञ्चालन गरिएको हु“दा यसको पक्षमा उभिन हामी सम्पूर्ण श्रमजीवी पत्रकारहरुलाई हार्दिक अनुरोध गर्दछौं ।

 
प्रकाश थापा मगर
अध्यक्ष

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top