“संयुक्त संघीय मंच” कतारको संयुक्त प्रेस - विज्ञप्ती


मिति : १७ अप्रिल, २०१६

“संयुक्त संघीय मंच” कतारको संयुक्त प्रेस - विज्ञप्ती

फाष्ट ट्रयाकको नाममा तीनदलका केही नेताहरुले अलोकतान्त्रिक प्रक्रिया र विधीबाट संविधान घोषणा गरी पहिचान र अधिकार सहितको संघीयताको पक्षमा आन्दोलनरत मोर्चा, संघीय गठबन्धन लगायतले उठाउदै आएको माग र आन्दोलनलाई अलमलाउदै, आश्वासन दिदै नेपाल सरकारले मिति २०७३ चैत्र २९ गते व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक प्रस्तुत गरेर मधेसी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी दलित, अल्पसंख्यक तथा सिमान्तकृत लगायतका समुदायले उठाउदै आएको मागहरु र विगतमा सरकारसंग भएका समझदारी सहमति र सम्झौताहरुलाई ठाडै लत्याउदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले सरकार समक्ष राखेको ११ र  लिम्बुवान सहितको १०ं१ प्रान्त सुनिश्चित गर्न संबिधानलाइ अर्थपूर्ण संसोधन गरिनुपर्छ तबमात्र निर्वाचन हुनुपर्छ भन्ने संघीय गठबन्धनको २६ बुदे मागलाई समेत किनारा लगाउदै सरकारले स्थानिय निकायको चुनाव घोषणा गरी एकात्मकबादी, यथास्थितिबादी चरित्र देखाएको छ  ।

अव यी जायज मागहरु पुरा गराउन आन्दोलनको विकल्प नरहेकोले आन्दोलनका कार्यक्रमहरु तय भएको छ ।

जनताको कठोर त्याग संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु पहिचान र अधिकार सहितको संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेसी समानुपातिक प्रतिनिधित्व लगायतलाई हालै दर्ता भएको संशोधन विधेयकले समाप्त पार्ने षडयन्त्र गरेको छ । 

हालैको संविधान संशोधन प्रस्तावमा स्थानिय तहको संरचनालाई क्षेत्राधिकार अन्तर्गत नराख्ने, संघीय तहमा बहुभाषिक निती नअपनाउने, प्रदेशमा भाषा प्रयोगमा केन्द्रमा बन्ने भाषा आयोगको सिफारिस चाहिने, राष्ट्रियसभाको संरचना विभेदकारी पार्ने, संघीय आयोगलाई अधिकार सम्पन्न नबनाउने, संविधानको धारा २७४ को संशोधन प्रस्तावले नयाँ प्रदेशको सृजना र सिमांकन हेरफेर असम्भव बनाउने, प्रदेश नं ४ र ५ को सिमांकन हेरफेरको प्रस्ताव फिर्ता लिने, स्वायत्त क्ष्ोत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रहरुलाई विशेष संरचना तहको मान्यता नदिने, क्षेत्राधिकारको अनुसुची संविधानमा नराख्ने जस्ता गलत कार्यहरु गरेको छ । 

यस अघिनै स्वायत्त क्षेत्र, संरक्षित क्षेत्रको संख्या र सिमा निर्धारण नगरी स्थानिय तहको चुनाव घोषणा गरेर पहिचान र अधिकार सहितको संघीयतामा कुठाराधात गर्ने प्रपञ्च गरेका छन् ।

सरकारको यो गलत कार्यको संघीय समाजबादी फोरम नेपाल, प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच, प्रवास समिति (संघीय लिम्बुवान सामाजिक मंच कतार) को संयुक्त गठबन्धन “संयुक्त संघीय मंच” कतार घोर निन्दा र भत्र्सना गर्दछ ।

यस्ता गलत कार्यहरु बन्द गरेर संघीय संसद, प्रादेशिक विधायिकाको निर्वाचन गरेर मात्र प्रदेश सरकारको मातहतबाट स्वायत्त क्षेत्र, विशेष क्षेत्र, संरक्षित क्षेत्र गाँउपालिका नगरपालिका सहित स्थानिय तहको चुनाव गरिनुपर्दछ । तर यसो नगरेको हुनाले र पुरै सत्ता र शक्तिको आडमा जवरजस्ती एकात्मकबादी शैलीमा पेलेर जाने निती सरकारले लिएकोले पहिचान र अधिकार सहितको संघीयता, लोकतान्त्रिक मुल्य र मान्यताको रक्षाका लागि आन्दोलनको विकल्प नभएकोले लोकतान्त्रिक मधेसी मोर्चा÷संघीय गठबन्धनको आन्दोलनलाई ऐक्यवद्दता जनाउदै सम्पुर्ण न्यायप्रेमी आदिवासी जनजाति संघीयता र पहिचानको पक्षधरहरु अव नेपालदेखि प्रवाससम्मै ऐक्यवद्ध भएर यस्ता धिनौना प्रवृति र अनुहारहरुको घोर निन्दा र भण्डाफोर गर्दै प्रवासमा समेत एकढिक्को रहन जरुरी भएको छ ।

कुनैपनि किसिमको अलमलबाट आदिवासी जनजाति संघीयवादी पहिचानवादी नेपाली समुदायहरु अव नअल्मलिन समेत अनुरोध गर्दै संघीय समाजबादी फोरम नेपाल प्रवास समिति (नेपाली संघीय समाज कतार), संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रवास समिति ( संघीय लिम्बुवान सामाजिक मंच कतार) को संयुक्त गठबन्धन “संयुक्त संघीय मंच” कतारद्धारा यो संयुक्त प्रेस विज्ञप्ती जारी गरिएको छ ।

यस गठबन्धनले तय गरेका आन्दोलनका सबै कार्यक्रमहरुलाई जस्तोसुकै मूल्य चुकाएर पनि पुरा गरि छाड्न देश विदेशमा रहनु हुने सबै तह र तप्काका पहिचानमा आधारित संघीयताका पक्षधर नेता, कार्यकर्ता, शुभेच्छुक र आमजनताहरुमा हार्दिक अनुरोध गर्दछौ । 

आन्दोलनका कार्यक्रमहरु :-

१. २०७४ बैशाख ५ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुस 

२. २०७४ बैशाख ७ गते – जिल्लाका प्रमुख स्थानहरुमा लाठि रसिटि जुलुस 

३. २०७४ बैशाख ९ गते – जनकपुर, उदयपुर, बिरगंज र काभ्रेमा आमसभा 

४. २०७४ बैशाख १० गते – बिराटनगर, भैरहवा र पाल्पामा आमसभा 

५. २०७४ बैशाख ११ गते  – नेपालगंज, बिर्तामोड र काठमाडौँ आमसभा 

६.२०७४ बैशाख १२ गते – धनगढी, धरान र पोखरामा आमसभा 

७. २०७४ बैशाख १३ गते – गाउ, शहर र मतदान केन्द्रहरुमा लाठि जुलुस 

८. २०७४ बैशाख १४ गते – जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुस 

९. २०७४ बैशाख १५ गते – मधेश र थरुहट र लिम्बुवान बन्द 

१०. २०७४ बैशाख १६ गते – नेपाल बन्द 

११. २०७४ बैशाख १९ गते – मतदान केन्द्रहरुमा लाठि जुलुस प्रदर्शन 

१२. २०७४ बैशाख २६ गते – जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन 

१३. २०७४ बैशाख २७ गते – आमहडताल एवं अनिश्चितकालिन नेपाल बन्द 

१४.मूल आन्दोलनलाइ सहयोग पुग्ने गरि स्थानीय स्तरमा पनि आन्दोलन का थप कार्यक्रमहरु तय गर्न सकिनेछ ।

आदरणीय जनसमुदायहरु,पहिचान,परिवर्तन,प्रगति चाहने र नचाहने शक्तिहरु बिचको यो निर्णायक लडाई हो  । त्यसैले सम्पूर्ण पहिचानबादी, संघीयबादी, धर्मिनरपेक्षबादी, गणतन्त्रबादी, समानुपातिकबादि, जातीय मुक्तिबादी जनसमुदायहरु यस निर्णायक आन्दोलनलाइ सफल बनाउन सडक आन्दोलनमा उत्रन समेत यसै संयुक्त प्रेस विज्ञप्ती मार्फत हार्दिक अपिल गर्दछौं ।

जय संघीय नेपाल ।
जय १०ं१ प्रान्त  
                     

“संयुक्त संघीय मंच”

तिलविक्रम थेवे                                    चन्द्रसेर राई                                    डीएन मगर                            
कार्यवाहक अध्यक्ष                                   संयोजक                                       अध्यक्ष                                  
संघीय लिम्बुवान सामाजिक मंच, कतार     संयुक्त संघीय मंच” कतार       नेपाली संघीय समाज, कतार          

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top