नव वर्ष २०७४ को अवसरमा हार्दिक शुभकामना !


नव वर्ष २०७४ को अवसरमा हार्दिक शुभकामना !

गैरआवासीय नेपाली संघले २०७३ सालमा महत्वपूर्ण कार्यहरु संचालन गरेको र नयां वर्षमा पनि यसको निरन्तरता रहिनै रहने छ । २०७२ सालमा गएको महाभूकम्पबाट ध्वस्त भएको लाप्राक गाविसलाई नेपाल सरकार र संघवीच सम्झौता भए अनुसार गुप्सीपाखामा वस्ती स्थानान्तरण गरेर करीव ५७३ वटा भवनहरु निर्माणका लागि नेपाली सेना, गैरआवासीय नेपालीहरु, स्वदेशी तथा विदेशी स्वयंसेवकहरु र स्थानीय समुदायको सहकार्य र सहयोगमा तिव्र रुपमा निर्माण सम्बन्धि कार्यहरु भईरहेका छन्। यसका साथ साथै संघको भवन निर्माण र एनआरएन शंखमुल परियोजना सम्बन्धि कार्यहरु भईरहेका छन्।

गैरआवासीय नेपाली संघको अभियानलाई निरन्तरता दिदै संघको संजाल विस्तार, वैदेशिक रोजगार, पर्यटन प्रवद्र्धन, परोपकारी कार्यहरु, खुला विश्व विद्यालय, ज्ञान र सीपका कार्यहरु, नागरिकता निरन्तरता, महीला तथा युवा सम्बन्धि कार्यहरुका साथै अन्य सरोकारका विषयहरुमा नेपाल सरकार र सरोकारवालाहरुसंग सहकार्य र समन्वयहरु भईरहेका छन्।

संघको गतिलाई निरन्तरता दिन विदेशमा रहेका गैरआवासीय नेपालीहरुले जुन सहयोग गरिरहनु भएको छ त्यस प्रति म सबैमा आभार प्रकट गर्दछु।
अन्त्यमा, नव वर्ष २०७४ को सुखद उपलक्ष्यमा विदेश र स्वदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुको उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना गर्दछु।

शेष घले
अध्यक्ष,

अन्तर्राष्ट्रिय समन्वय परिषद
गैरआवासीय नेपाली संघ   
मिति स् २०७४ बैशाख १ गते

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top