नेपाली कांग्रेसको शोक विज्ञप्ति


चैत्र ३, २०७३
शोक विज्ञप्ति

नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्व सभापति एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको आज विहान डिल्लीबजार स्थित उहाँकै डेरामा सुतिरहेको अवस्थामा निधन भयो । उहाँको जन्म वि.सं. २०१३ सालमा रामेछापको पकरवास गा।वि।स।मा भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले संचालन गरेको संघर्षहरुमा तथा नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय ढुंगेलले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव र सभापति लगायतका विभिन्न पदमा रहेर कार्य गर्नु भएको थियो । लोकतन्त्रको पक्षमा क्रियाशील रहँदा उहाँले कयौं पटक जेलजीवन समेत व्यतित गर्नु भयो । वि।सं। २०५६ को आमनिर्वाचनमा स्वर्गीय ढुंगेल नेपाली कांग्रेसको तर्फबाट रामेछापको क्षेत्र नं. २ बाट सांसद पदमा निर्वाचित हुनु भएको थियो । स्व। गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको मन्त्रिपरिषद्मा उहाँ कृषि सहायक मन्त्री हुनुहुन्थ्यो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ । सभापति देउवाले भन्नु भएको छ— “नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनमा सक्रिय भूमिका निर्वाह गर्नु भएका नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्व सभापति एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । नेपालको संविधान कार्यान्वयनको चरणमा भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।” 

उहाँको पार्थिव शरीरलाई आजै पोष्टमार्टम गरिने कार्यक्रम रहेको छ । पोष्टमार्टम पश्चात उहाँको पार्थिव शरीर आज अपरान्ह २ः०० बजे श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा राखिने कार्यक्रम रहेको छ ।

 नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय ढुंगेलले पु¥याउनु भएको योगदानको स्मरण गर्दै उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ । 

कृष्णप्रसाद पौडेल
मुख्य सचिव

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top