मानव अधिकार तथा शान्ति समाजको प्रेस विज्ञप्ति


प्रेस विज्ञप्ति : सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि चैत १७ गते कार्यक्रम

मानव अधिकार तथा शान्ति समाजले २०७३ चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी र दण्डहीनताको अन्त्यको आग्रहसहित सद्भाव अभियानका रुपमा देशका विभिन्न जिल्लाहरुमा कार्यक्रम आयोजना गर्ने भएको छ । यस क्रममा अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले शिघ्र अनुमोदन गर्न समेत आग्रह गरिन्छ । 

सद्भाव अभियानकै क्रममा चैत १७ गते शान्ति समाजका जिल्ला शाखा तथा सदस्यहरुले विभिन्न जिल्लामा छलफल÷अन्तरक्रिया÷प्रदर्शन÷दीप प्रज्वलन लगायतका कार्यक्रमहरु आयोजना गर्ने छन् । तीन वर्ष अघि अर्थात २०७० चैत १७ गते हिंसाको खारेजी, दण्डहीनताको अन्त्य एवं अन्तराष्ट्रिय फौजदारी अदालतको विधान अनुमोदन गर्न आग्रहसहित सत्याग्रह प्रक्षेपण गरिएको पृष्ठभुमीमा शान्ति समाजले प्रत्येक वर्ष चैत १७ गते सद्भाव प्रवद्र्धनमा जोड दिदैँ सद्भाव अभियान सञ्चालन गर्दै आएको छ ।

घृणाको होइन सद्भावको राजनीति गर्न, हिंसाको होइन अहिंसाको संस्कृति निर्माण गर्न, दण्डहीनतालाई प्रोत्साहन होइन अन्त्य गर्न र स्थायी शान्तिका लागि योगदान गरी समृद्धिको मार्ग प्रशस्त गर्न शान्ति समाज सम्वद्ध सबैलाई पुनः आग्रह गर्दछ । 

समाजका तर्फबाट
उत्तम पुडासैनी
महासचिव
मानव अधिकार तथा शान्ति समाज
२०७३÷१२÷०१

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top