इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको प्रेस विज्ञप्ती


मिति २०७३ । ११ ।२७
प्रेस विज्ञप्ती

आवाज विहिनहरूको आवाजको रूपमा पहिचान बनाउन सफल नेपालका सामुदायिक रेडियोहरू जसले आदिवासी जनजातिहरूको आवाजलाई बढिभन्दा बढि मुखतरित गर्छ, तिनै रेडियोहरूको साझा संगठनको रूपमा इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क वैद्यानिक रूपमा दर्ता भएको जानकारी गराउन पाउँदा हर्षित छौं । नेपालभरिका २० वटा सामुदायिक रेडियोहरूको साझा संस्थाको रूपमा गठित यस संस्थाको उद्देश्य भनेको रेडियोको माध्यमद्धारा शान्तिपूर्ण र संवैधानिक बाटोको अवलम्वन गर्दै आदिवासी जनजातिहरूको समस्याहरूको पहिचान र समाधानको निम्ति जनचेतना अभिवृद्धि गर्नु हो भने पिछडिएका वर्ग र समुदायलाई विकासको मूलधारमा समाहित गर्न सरोकारवालाहरूलाई झकझकाउनु र उत्साहित गर्नु हो । जसले राष्ट्रिय एकता र अखण्डतालाई अझ दरिलो बनाउने छ । नेटवर्कले समुदायको आवाजलाई पहिलो प्राथमिकतामा राखेर रेडियो कार्यक्रमहरूको उत्पादन, प्रसारण गर्नुका साथै क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका कृयाकलापहरू सञ्चालन गर्ने ध्येय राखेको छ ।

यो नेटवर्क कुनै पनि संस्थाको प्रतिस्पर्धीको रूपमा नभइ आदिवासी जनजातिहरूको आवाजलाई प्रखर रूपमा व्यक्त गर्ने साझा संगठन मात्र हो । विभिन्न उद्देश्यका साथ स्थापित अन्य सामुदायिक रेडियोहरू जस्तै आदिवासी जनजातिको आवाजलाई पनि संगठित र व्यवस्थित रूपमा उठान गर्न आवश्यक भएको  महशुस गरी यस नेटवर्कको स्थापना गरिएको हो । यसले नेटवर्कमा आवद्ध रेडियोहरूको क्षमता अभिवृद्धि, भौतिक व्यवस्थापनलगायतका कार्यक्रममा सहयोग जुटाउने कार्य गर्दछ । महिला तथा  दलितहरूका आवाजहरूलाई प्रखर रूपमा उठाउने अन्य सामुदायिक रेडियोहरू जस्तै इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कले पनि आदिवासी जनजातिहरूको आवाजलाई शान्तिपूर्ण रूपमा उठाउन सदस्य रेडियोहरूलाई अभिप्रेरित गर्दछ । यस नेटवर्कको उद्दे्रश्य प्राप्तीका लागि सहयोग पु¥याउने सबै सामुदायिक रेडियोहरूको साझा संगठनको रूपमा रहने जानकारी गराउँछौं । 


अन्त्यमा पुनः आदिवासी जनजातिहरूको हकहितको लागि रेडियो कार्यक्रमहरूमार्फत् प्रखर रूपमा वकालत गर्ने उद्देश्यका साथ स्थापित इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको स्थापना भएको जानकारी गराउँदै यो प्रेस विज्ञप्ती जारी गरेका छौं । नेटवर्क सम्वन्धी अन्य जानकारीहरू संक्षिप्त यो प्रेस विज्ञप्ती प्रसारण र प्रकाशनको लागि सम्पूर्ण सञ्चारगृह र पत्रकारहरूमा हार्दिक अनुरोध गर्दछौं ।

अध्यक्ष                                              
जगत दोङ  

                                     

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top