Press Release


अन्तर्राष्ट्रिय नेपाली एकता समाजको प्रेस विज्ञप्ति

मिति : २०७४ असार ११ प्रेस वक्तव्य विदेशस्थित नेपालीहरुको प्रतिनिधि सङ्गठनको हैसियतमा अन्तर्राष्ट्रिय नेपाली एकता समाजले नेपाल र विश्वभरिका लोकतान्त्रिक तथा जनवादी आन्दोलनलाई लामो समयदेखि सहयोग, समर्थन गर्दै आई रहेको छ । त्यस क्रममा नेपालको लोकतान्त्रिक तथा जनवादी आन्दोलनलाई सम्बन्धित देशमा नै सघाउनेदेखि लिएर यस मातहत रहेका सबै देशका सङ्गठनका सदस्यहरु भौतिक रूपमै नेपाल फर्केर आन्दोलनमा सहभागी हुने गरेका छन् । नेपालको लोकतान्त्रिक संविधान २०७२ लाई संस्थागत गर्नका लागि हुन थालेको स्थानीय निर्वाचनको पहिलो चरणको चुनाव ९२०७४ वैशाख ३१ गते० मा पनि अन्तर्रा...

नेपाली कांग्रेसको प्रेस विज्ञप्ति

असार ५, २०७४ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेसका नेता मा. रामचन्द्र पौडेलको संयोजकत्वमा आज बसेको समितिको बैठकले देहाय बमोजिमको निर्णयहरु गरेको छ ।  १. सम्वत् २०७४ असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन देहायका जिल्लाहरुमा केन्द्रीय प्रतिनिधिहरु खटाउने निर्णय गरियो ।  जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरुको नामावली   १. ताप्लेजुङ    भीमसेनदास प्रधान (काठमाडौँ) २. पाँचथर    अर्जुनप्रसाद जोशी (पर्वत) ३. इलाम    श...

गैर आवासीय नेपाली संघ, मलेसियाको प्रेस विज्ञप्ती

प्रेस विज्ञप्ती   मिति : १६ जुन २०१७ पत्रकार मित्रहरु,  गैर आवासिय नेपाली संघ मलेसियाका अध्यक्ष विश्व राई, आईसिसि सदस्य खगेन्द्र न्यौपाने र सल्लाहकार प्रेम पाण्डे लगाएत एनआरएनए जस्तो पवित्र संस्थासंग जोडिएर सामाजिक सञ्जाल लगायत मिडियाहरुमा आएका समाचारहरु सत्यतथ्य नभएको जानकारी गराउदछौ   । नेपाली काग्रेस जनसम्पर्क समिति मलेसिया तथा पीडित भनिएका निज टेक बहादुर घर्तीले आफ्नो व्यक्तिगत रिसिवी साँध्ने उदेश्यले दुतावासमा निवेदन दिई आफु स्वयम नेपाल पुगी सकेको वुझिएको छ । संघको आज वसेका वैठकले आरोपितहरुसंग स्पष्टिकरण लिएको र नीज घर्तीले दिएको निवेदन...

वीपी विचार राष्ट्रीय समाजको प्रेस वक्तव्य

१९ जेष्ठ २०७४, काठमाडौं प्रेस वक्तव्य वीपी विचार राष्ट्रीय समाजका सभापति मा. कुलबहादुर गुरूंगको नेतृत्वमा गएको एक शिष्ठ - प्रतिनिधि मण्डलले नेपाली काँग्रेसका सभापति श्री शेरबहादुर देउवालाई आज विहान भेटी पार्टी संगठन र राष्ट्रीय राजनीतिका विविध पक्षमा छलफल गरी सुझाव दिएको छ । प्रचण्डको नेतृत्वमा नेपाली काँग्रेस संलग्न रहेको वर्तमान सरकारले गरेको विभिन्न निर्णयका कारण पार्टीको लोकप्रियतामा पारेको नकारात्मक प्रभाव र पहिलो चरणको निर्वाचनमा पार्टीले पार्टी प्रतिवद्ध एवम् लोकप्रिय व्यक्तिलाई टिकट नदिएको कारणबाट पहिलो चरणको स्थानीय तहको निर्वाचनमा ...

Press Release From ANTA

Press Release From ANTA

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को वक्तव्य

वक्तव्य आर्थिक वर्ष २०७४–७५ को बजेट वक्तव्य यही २०७४ साल जेष्ठ १५ गते जारी संसदमा प्रस्तुत भयो । स्थानीय तहको दोस्रो चरणको चुनावभन्दा पहिले बजेट प्रस्तुत गर्न निर्वाचनको आचार संहिताका विरुद्ध हुने भएकाले २०७४–७५ को बजेटमा नयाँ योजनाहरू पेश नगर्ने गरी बजेट प्रस्तुत गरिएको छ । त्यसरी जुन प्रकारको स्थितिमा यो बजेट प्रस्तुत गरियो, त्यो स्थितिको सिर्जना स्वयं सरकारको अदुरदर्शी नीतिका कारणले नै भएको हो । बजेट प्रस्तुत गर्न संविधानमा निर्धारित जेष्ट १५ गतेको मीतिभन्दा पहिला नै दोस्रो चरणको चुनावको मिति ठेगान गर्न सकिन्थ्यो, त्यसो गरिएको भए सरकारले अगाडि पहिल...

राष्ट्रिय जनमोर्चा जिल्ला समिति, प्यूठानको प्रेस विज्ञप्ति

मिति : २०७४÷२÷१५ राष्ट्रिय जनमोर्चा जिल्ला समिति, प्यूठान : प्रेस विज्ञप्ति स्थानीय तहको दोस्रो चरणको निर्वाचन २०७४ को सन्दर्भमा राष्ट्रिय जनमोर्चा र ने. क. पा. ( एमाले ) बीच चुनावी तालमेल गरेर जाने सहमति भई २०७४ जेष्ठ ८ गते संयुक्त वक्तव्य जारी भएको कुरा सर्वविदितै छ । दुई दल बीचको धेरै लामो छलफल र वार्तापछि जिल्लाका विभिन्न गाउँपालिका, नगरपालिका र वडाहरू समेत विभाजन गरेर गरिएको तालमेलको निर्णय भएको थियो । तर त्यस लगत्तै एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूबाट व्यापक विरोधको सुरुवात भयो । त्यसले गर्दा जिल्लाव्यापी ठेगान गरिएका संयुक्...

नेपाली कांग्रेसको शोक विज्ञप्ति

जेष्ठ १६, २०७४ शोक विज्ञप्ति दाङ लमही निवासी नेपाली कांग्रेसका क्रियाशील सदस्य, साहित्यकार एवं पत्रकार मेदिनीकुमार केवल (तिवारी) को ६० वर्षको उमेरमा गत शनिबार विहान हृदयघातबाट निधन भयो । दार्जिलिङ र सिक्किममा आयोजना हुन लागेको साहित्य सम्बन्धी कार्यक्रममा सहभागी हुन त्यसतर्फ जाने क्रममा अचानक अस्वस्थ भएपछि वर्दिवासको शुभ स्वस्तिक अस्पतालमा उपचारको लागि उहाँलाई लगिएको थियो । स्वर्गीय केवलले नेपाली जनसम्पर्क समिति, भारतको विभिन्न पदमा रहेर कार्य समेत गर्नु भएको थियो । नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापना तथा लोकतान्त्रिक आन्दोलनहरुमा स्वर्गीय केवल...

नेपाल कम्युनिष्ट पार्टी (मसाल) को वक्तव्य

वक्तव्य सरकारले पूर्व निर्धारित जेष्ठ ३१ गतेको दोस्रो चरणको स्थानीय निर्वाचनलाई असार ९ गते गर्ने निर्णय गरेको छ । सरकारको यो निर्णयलाई सामान्य रूपले बुझ्नु सही हुने छैन । त्यससित जोडिएका समस्या र जटिलताहरूमाथि सरसरी प्रकारले पनि विचार गर्दा असार ९ गते पनि त्यो चुनाव हुन सक्ने कुरामा शङ्का गर्ने ठाउँ छ । मधेशवादीहरूलाई चुनावमा सामेल गराउनका लागि नै बैशाख ३१ गते हुने भनिएको चुनावलाई दुई चरणमा बाडेर दोस्रो चरणको चुनावलाई जेष्ठ ३१ गते गर्ने भनिएको थियो । अहिले पनि उनीहरूलाई चुनावमा सामेल गर्ने वातावरण तयार पार्न नै असर ९ गते चुनावको मिति सारिएको भनिएको छ । तर मध...

नेपाल डे परेड २०१७ को प्रेस विज्ञप्ति

न्युयोर्क शहरमा नेपालीहरुको गौरव एवंम् पहिचानको रुपमा स्थापित हुदै गरेको नेपाल डे परेड आज यहाँहरुको विशेष सहयोग र सहभागितामा भव्य रुपमा सफल भएको छ । यो सफलता तपाई हामी सम्पूर्ण नेपालीहरुको सफलता हो । बुद्ध जयन्ती तथा गणतन्त्र दिवसको अवसरमा सम्पन्न आजको यस दोश्रो नेपाल डे परेड २०१७ प्रवासमा नेपलीहरुको पहिचान र डायस्पोराको ऐक्यबद्दता को रुपमा परिचित गराउदै नेपालीहरुलाई अमेरिकी मुलधारमा समाहित गराउनु रहेको छ । नेपाली डायस्पोरालाई अन्य अमेरिकी समुदायमाझ चिनारी गराउदै हाम्रो मातृभूमिलाई पर्यटन मार्फत प्रबर्धदन गराउनु यो नेपाल डे परेडको पबित्र उद्धेश्य रह...

आपराधिक कृत्यलाई प्रोत्साहन नगर्न सरकारलाई आग्रह : प्रेस बिज्ञप्ति

प्रेस बिज्ञप्ति  गत हप्ता नेपाल सरकारले विभिन्न आन्दोलनका सिलसिलामा घटेका हिंसात्मक एवं  आपराधिक घटना सम्बन्धि मुद्धा फिर्ता लिने सैद्धान्तिक निर्णय गरेको भन्ने समाचार प्रति मानव अधिकार तथा शान्ति समाजको गम्भीर ध्यानाकर्षण भएको छ । त्यस्तो निर्णय कानुनी शासन, लोकतान्त्रिक विधि र मानव अधिकार को शाश्वत मूल्य विपरित भएको हुँदा मानव अधिकार तथा शान्ति समाज उपरोक्त निर्णयको निन्दा गर्दै आपत्ति ब्यक्त गर्दछ । एकातिर विभिन्न समयमा सरकार मा बस्नेहरुले मानव अधिकार उल्लघनकर्ता त्यसमा पनि २०६२।०६३ को जन आन्दोलन दमनमा संलग्न हरुलाई पुरस्कृत गर्दै आएका छन् भने अ...

मानव अधिकार संरक्षण मञ्च (मासम) को प्रेस वक्तव्य

 ।  प्रेस वक्तव्य मतदान शान्तिपूर्ण रुपमा सम्पन्न नयाँ संविधान जारि भएपछि २०७४ वैशाख ३१ गते बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचन केही छिटपुट घटनाहरु बाहेक समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्पन्न स्थानीय तहको यो निर्वाचनमा जनताको उत्साहप्रद सहभागिता रहेको पाइयो । निर्वाचन अघि दोलखा, गोरखा, पोखरा लगायतका केही ठाउँमा भएको झडपका घटना र निर्वाचनको दिन अत्यन्त नजिक रहँदा पनि राजनीतिक वृत्तमा बढेको तनाबले निर्वाचन हुनेमा जनता विश्वस्त हुन सकेका थिएनन् । अन्यौलका बीच पनि निर्वाचन तुलनात्मक रुपमा शान्तिपूर्ण...

स्थानीय तहको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक समीक्षा : प्रेस विज्ञप्ति

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल (संकल्प) स्थानीय तहको निर्वाचन पर्यवेक्षणको प्रारम्भिक समीक्षा : प्रेस विज्ञप्ति मुलुकमा नंया संविधान जारीपश्चात बैशाख ३१, २०७४ मा प्रदेश न. ३,४ र ६ मा सम्पन्न प्रथम चरणको स्थानीय तहको निर्वाचन मतदाताहरुको उल्लासपूर्ण सहभागितामा सम्पन्न भएको छ । विभिन्न अवरोध र छोटो समयमा ब्यवस्थापन गर्नुपर्ने बाध्यताका बावजुत निर्वाचन आयोगले सफलतापूर्वक यो पहिलो चरणको निर्वाचन सम्पन्न गरेको पाइयो । यसवाट आम मतदाताले आफ्नो अभिमत प्...

आम निर्बाचन पर्यबेक्षण समिति ( जियोक ) को प्रेश विज्ञप्ति

२०७४ बैशाख ३१   प्रेश विज्ञप्ति प्रदेश नं ३ , ४ र  ६ का ३४ वटा जिल्लामा भएको पहिलो चरणको स्थानीय तहको निर्बाचनमा जनताको उत्साहजनक सहभागिता रहेको छ । २०४६ सालको परिबर्तन पश्चात सबै निर्बाचनहरुको पर्यबेक्षण गर्दै आएको आम निर्बाचन पर्यबेक्षण समिति (जियोक)ले निष्कर्ष निकालेको छ ।  सबै मतदान केन्द्रमा खटिएका जियोकका पर्यबेक्षकहरुले दिएको  प्रारंम्भिक प्रतिबेदनका आधारमा स्थानीय तहको पहिलो चरणको निर्बाचन केही स्थानमा भएका छिटुफुट घटना बाहेक शान्तिपुर्ण  वाताबरणमा सपन्न भएको छ ।  ३४ जिल्लाका २ सय ८३ स्थानीय तहको निर्बाचनमा ६ हजार ६ सय ४२ मतदान केन्द्रको ...

नेपाली जनसम्पर्क समिति अमेरिकाको प्रेस विज्ञप्ति

आदरणिय साथिहरू  जय नेपाल ! करिब दुईदशक पछि हाम्रो देश नेपालमा हुन लागेको स्थानीय  चुनावको मुखैमा आईपुग्दा मुलुकको विभिन्न क्षेत्रहरूमा लोकतन्त्रका धरोहर, नागरिक सर्वोच्चताको पक्षधर, जिम्मेवार राष्ट्रवादी पार्टी नेपाली काँग्रेसका नेता तथा कार्यक्रताहरूलाई नेकपा एमालेका कार्यकर्ताहरूले गरेको दुर्व्यवहार र आक्रमण प्रति हाम्रो गम्भीर ध्यान आकर्षण भएको छ । लामो समय पश्चात नेपाल देशमा हुनलागेको यो स्थानीय चुनावमा सबै राजनीतिक दलहरू सहभागि भएर शान्तिपुर्ण ढंगले निर्वाचन सम्पन्न होस भन्ने हामी प्रवासमा बस्ने सारा नेपालीहरूको असीम  चाँहना र कामना हो । ...

प्रवासि नेपाली एकता समाज, न्युर्याेक च्याप्टरको प्रेस रिलीज

प्रवासि नेपाली एकता समाज, न्युर्याेक च्याप्टरको  प्रेस रिलीज

पत्रकार महासंघ काठमाडौंको प्रेस वक्तव्य

प्रगतिशील पत्रकार संघ नेपाल काठमाडौ“ जिल्ला समिति मिति : २०७४ वैशाख १७ प्रेस वक्तव्य नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाको दशौं अधिवेशनका सन्दर्भमा प्रगतिशील पत्रकार संघ, नेपाल काठमाडौं शाखाको गम्भीर रूपमा ध्यान आकर्षित भएको छ । उक्त अधिवेशनका सन्दर्भमा महासंघको विधान विपरीत देखिएका कतिपय क्रियाकलापप्रति हाम्रो संगठनको धारणा स्पष्ट गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ । १. महासंघ काठमाडौं शाखाको दशौं अधिवेशनका सन्दर्भमा हामीले प्रेस चौतारी नेपाल समेतस“ग गठबन्धन गरेका थियौं । तर निर्वाचनको परिणामले हामीबीचको पदीय बाडफा“डको आन्तरिक सहमतिप्रति...

“संयुक्त संघीय मंच” कतारको संयुक्त प्रेस - विज्ञप्ती

मिति : १७ अप्रिल, २०१६ “संयुक्त संघीय मंच” कतारको संयुक्त प्रेस  विज्ञप्ती फाष्ट ट्रयाकको नाममा तीनदलका केही नेताहरुले अलोकतान्त्रिक प्रक्रिया र विधीबाट संविधान घोषणा गरी पहिचान र अधिकार सहितको संघीयताको पक्षमा आन्दोलनरत मोर्चा, संघीय गठबन्धन लगायतले उठाउदै आएको माग र आन्दोलनलाई अलमलाउदै, आश्वासन दिदै नेपाल सरकारले मिति २०७३ चैत्र २९ गते व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक प्रस्तुत गरेर मधेसी, आदिवासी जनजाति, खस, थारु, मुस्लिम, शिल्पी दलित, अल्पसंख्यक तथा सिमान्तकृत लगायतका समुदायले उठाउदै आएको मागहरु र विगतमा सरकारसंग भएका समझदारी सहम...

नव वर्ष २०७४ को अवसरमा हार्दिक शुभकामना !

नव वर्ष २०७४ को अवसरमा हार्दिक शुभकामना ! गैरआवासीय नेपाली संघले २०७३ सालमा महत्वपूर्ण कार्यहरु संचालन गरेको र नयां वर्षमा पनि यसको निरन्तरता रहिनै रहने छ । २०७२ सालमा गएको महाभूकम्पबाट ध्वस्त भएको लाप्राक गाविसलाई नेपाल सरकार र संघवीच सम्झौता भए अनुसार गुप्सीपाखामा वस्ती स्थानान्तरण गरेर करीव ५७३ वटा भवनहरु निर्माणका लागि नेपाली सेना, गैरआवासीय नेपालीहरु, स्वदेशी तथा विदेशी स्वयंसेवकहरु र स्थानीय समुदायको सहकार्य र सहयोगमा तिव्र रुपमा निर्माण सम्बन्धि कार्यहरु भईरहेका छन्। यसका साथ साथै संघको भवन निर्माण र एनआरएन शंखमुल परियोजना सम्बन्धि कार्यहरु भईर...

नेपाली कांग्रेसको प्रेस विज्ञप्ति

चैत्र १३, २०७३ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी.पी, नगर, ललितपुरमा आज बस्यो । बैठकमा प्रस्तुत प्रस्तावहरु र देशको समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, खुमबहादुर खड्का, डा . रामशरण महत, अर्जुननरसिंह के.सी., नरहरि आचार्य, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, एन।पी। साउँद, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, भीष्मराज आङ्दम्वे, डा. शेखर कोइरा...

नेपाली कांग्रेसको शोक विज्ञप्ति

चैत्र ३, २०७३ शोक विज्ञप्ति नेपाली कांग्रेस रामेछापका महासमिति सदस्य, पूर्व सभापति एवं पूर्व कृषि सहायक मन्त्री रामहरि ढुंगेलको आज विहान डिल्लीबजार स्थित उहाँकै डेरामा सुतिरहेको अवस्थामा निधन भयो । उहाँको जन्म वि।सं। २०१३ सालमा रामेछापको पकरवास गा।वि।स।मा भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसले संचालन गरेको संघर्षहरुमा तथा नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । स्वर्गीय ढुंगेलले नेपाल विद्यार्थी संघ र नेपाली कांग्रेस रामेछापको सदस्य, सचिव र सभापति लगायतका विभिन्न प...

मानव अधिकार तथा शान्ति समाजको प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति : सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी एवं दण्डहीनताको अन्त्यका लागि चैत १७ गते कार्यक्रम मानव अधिकार तथा शान्ति समाजले २०७३ चैत १७ गते सद्भाव प्रवद्र्धन, हिंसा र घृणाको खारेजी र दण्डहीनताको अन्त्यको आग्रहसहित सद्भाव अभियानका रुपमा देशका विभिन्न जिल्लाहरुमा कार्यक्रम आयोजना गर्ने भएको छ । यस क्रममा अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विधानलाई नेपालले शिघ्र अनुमोदन गर्न समेत आग्रह गरिन्छ ।  सद्भाव अभियानकै क्रममा चैत १७ गते शान्ति समाजका जिल्ला शाखा तथा सदस्यहरुले विभिन्न जिल्लामा छलफल÷अन्तरक्रिया÷प्रदर्शन÷दीप प्रज्वलन लगा...

संयुक्त विज्ञप्ति

संयुक्त विज्ञप्ति  २०७३÷११÷२६ यो साता नेपाल कप्युनिष्ट पार्टी एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्र्तगतको कार्यक्रममा सप्तरी, सिराहा लगायतका तराईका केही जिल्लाहरुमा भएका घटनाप्रति हामी नागरिक संगठनहरुको गम्भिर ध्यान आकर्षण भएको छ । राजनैतिक भेला तथा आमसभाहरु शान्तिपूर्ण ढंगबाट गर्न पाउँदछ र यसलाई निषेध गर्ने प्रयास राजनैतिक मुल्य विपरित हो । मानिसको ज्यानै जानेगरी कुनैपनि दुखद घटना आम नेपालीका लागि कहिल्यै सुखद समाचार हुन सक्दैन । सप्तरी जिल्लामा निरर्थक ज्यान गुमाउन पुगेका नेपाली नागरिकहरु र उनीहरुका परिवार प्रति हाम्रो गहिरो सहानुभूति ...

इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कको प्रेस विज्ञप्ती

  मिति २०७३ । ११ ।२७ प्रेस विज्ञप्ती आवाज विहिनहरूको आवाजको रूपमा पहिचान बनाउन सफल नेपालका सामुदायिक रेडियोहरू जसले आदिवासी जनजातिहरूको आवाजलाई बढिभन्दा बढि मुखतरित गर्छ, तिनै रेडियोहरूको साझा संगठनको रूपमा इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क वैद्यानिक रूपमा दर्ता भएको जानकारी गराउन पाउँदा हर्षित छौं । नेपालभरिका २० वटा सामुदायिक रेडियोहरूको साझा संस्थाको रूपमा गठित यस संस्थाको उद्देश्य भनेको रेडियोको माध्यमद्धारा शान्तिपूर्ण र संवैधानिक बाटोको अवलम्वन गर्दै आदिवासी जनजातिहरूको समस्याहरूको पहिचान र समाधानको निम्ति जनचेतना अभिवृद्धि गर्नु हो भन...

NRNA अध्यक्ष शेष घलेद्वारा अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा शुभकामना व्यक्त

 गैरआबशीय नेपाली संघका अध्यक्ष शेष घलेद्वारा अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा शुभकामना व्यक्त अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा सबै आमा दिदि बैनीहरुमा हार्दिक शुभकामना । आजको यस बिशेष दिनमा उन्नत भविष्य, शिक्षा र रोजगारीको शिलशिलामा संसार भर रहनु भएका एबं नेपाल मै रहेर घर, परिवार, देश र समुदायमा सधै योगदान पुराउदै आउनुभएका सम्पूर्ण महिलाहरु प्रति हृदय देखि कदर गर्दै उच्च सम्मान ब्यक्त गर्न चाहन्छु । यस बर्षको नारी दिबसको संदेश "बि बोल्ड फ​र चेञ​" अनुसार आफुलाई शिप शिक्षाले अझ निखार्दै आत्मनिर्भर बन्ने सबैमा पेरणा मिलोस भन्दै गैर...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top