अमेरीकी सरकारले थपेको टिपिएसको सुविधा लिन पाऊने नेपालीहरु :- विनोद रोका, एर्टनी एट ल, न्यूर्योक


विनोद रोका, एर्टनी एट ल, न्यूर्योक
अमेरीकी सरकारको होमल्याण्ड सेक्युरीटीका सचिवले नेपाललाई पुन जुन २४, २०१८ सम्म अर्थात १८ महिनाका लागि टिपिएसको  Temporary Protected Status (TPS) सुविधा दिने देशको सुचिमा राखेका छन। यस कुराको जानकारी अक्टोबर २६, २०१६ मा प्रकाशित गरिएको सुचनामा जना इएको छ।

यो टिपिएसको सुबिधा पाऊनका लागि आजका मितिदेखि ६० दिन अर्थात अक्टोबर २६ देखि डिसेम्बर २७, २०१७ सम्म पहिला टिपिएस पाइ सकेका व्यक्ति हरुले नविकरणका लागि नियमानुसार निवेदन दिनु पर्दछ ।

त्यसैगरी नियममा तोकिएको मापदण्ड पुगेका तर विविध कारणले सुरुमा टिपिएसको सुविधाका लागि निवेदन दिन छुटेका व्यक्तिहरुले पनि केही अवस्थामा टिपिएस पाऊनका लागि निवेदन दिन सक्दछन।

https://www.uscis.gov/humanitarian/temporary-protected-status/temporary-protected-status-designated-country-nepal टिपिएसको भनेको अमेरीकामा जुन २४, २०१५ सम्ममा आई त्यस समयदेखि लगातार रुपबाट अमेरीकामा बसीरहेका नेपालका नागरिक वा राष्ट्र्यिता गुमाई नेपालमा अन्तीम थलो बनाई बसोबास गरेका। अपराध गरे वापतमा सजाय नपाएका व्यक्तिहरुलाई दिइएको अस्थायी सुविधा हो। यो अस्थायी सुविधा पाएका व्यक्तिहरुले अमेरीकामा २४ जुन २०१८ सम्म बस्न र काम गर्न पाऊछन । अनि टिपिएस पाएकाले एडभान्स पेरोल लिएर नेपाल वा अन्य मुलुकमा गै फर्किएर अमेरीकामा आऊन पाऊने एडभान्स पेरोल पनि पाऊदछन।

सुरुमा नियमले तोकेको मापदण्ड पुगेर पनि टिपिएसका लागि निवेदन नदिएका व्यक्तिहरुले तल उल्लेख भए मध्येको कुनै एऊटा अबस्था रहेको देखाऊन सकेमा यो बढाईएको अवधिको टिपिएसको सुविधा पाउन निवेदन दिन सक्छन। 

१. कुनै अस्थायी भिषामा रहेको, स्वेच्छाले देश फर्कन पाऊने सुविधा अदालतबाट पाएको, वा अन्य कुनै सुविधा पाएको,

२. आफुले अद्यागमनको सुविधाका दिएको निवेदन बिचाराधिन रहेको अबस्था। अर्थात change of status, adjustment of status, asylum, voluntary departure, or any relief from removal which was pending or subject to further review or appeal.

३. पेरोलीको सुविधा पाएको वा पुन पाऊनका लागि दिएको निवेदन बिचाराधिन रहेको अबस्था।

४. टिपिएसको सुबिधा पाऊने हैसियत पुगेको व्यक्तिको श्रीमान वा श्रीमती भएको अवस्था । वा टिपिएसको सुविधा पाऊन योग्यता पुगेको समयमा २१ बर्ष भन्दा कम ऊमेर भएका अविवाहिता छोराछोरी भइएको अवस्था। 

टिपिएसको सुविधाका लागि सुरुमा आफै वा अद्यागमन वकिलको सुपरिवेक्षण बेगर शुल्क लिने वा नलिनेहरुबाट फाराम भरेर पठाऊने कतिपय व्यक्ति हरुको निवेदन रित नपुगेको कारणले फर्किएर आएको । त्यस्तै सुविधा पाऊनका लागि पठाऊनु पर्ने प्रमाणहरु नपठाएको कारणले अद्यागमन विभागबाट कागजातहरु पेश गर्नु भनि सुचना पठाएको तर सेवा दिनेहरु त्यो ठाऊमा नभेटिएको। कतिले अहिले सम्म सुविधा पाऊन नसकेको । कतिले टिपिएसको समय सकिने बेलामामात्र सुविधाको कागज पाएको । कतिसंग फाराम भरिदिनेहरुबाट आफुले पठाएको कागजातको प्रतिलिपि नपाएको कारणले जवाफ फर्काउन गाह्रो परेको पनि देखियो । तसर्थ टिपिएसको सुविधा पाऊनका लागि निवेदन दिदा अद्यागमन कानुनका वकिल वा त्यस्ता वकिलको निगरानीमा निशुल्क सेवा प्रदान गर्ने संस्था मार्फत तोकिएको समयमा प्रकृया पुरयाई आऊदो डिसेम्बर २७, २०१७ सम्म टिपिएसको सुविधाका लागि नविकरण वा नया निवेदन दिनुहोला। स्मरण रहोस टिपिएसको सुविधा पाऊनका लागि पुग्नुपर्ने अन्य मापदण्डका अतिरिक्त २४ जुन २०१५ सम्ममा अमेरीकामा आई निरन्तर रुपबाट अमेरीकामा बसोबास गरिरहेको हुनु पनि पर्दछ । 

(बिनोद रोका, न्यूर्याेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा एर्टनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकी ईमिग्रेशन बार एशोसियसन एवं न्यूर्योक ईमिग्रेशन बार एशोसियसनका सदस्य। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षण रहोस भन्ने ध्येय पनि यहा राखिएको छ। यहाहरुलाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ । तसर्थ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दा इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ। 

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा  binodlawnyc@gmail.com/ www.binodlaw.comमा सम्पर्क राख्न सक्नुहुने छ। )

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top