अमेरीकाको ग्रिनकार्ड सपरिवारलाई पाचलाख डलरको लगानीमा :- विनोद रोका, एर्टनी एट ल, न्युर्योक


विनोद रोका, एर्टनी एट ल, न्युर्योक

अमेरीकाको अद्यागमन विभागले स्थानीय स्तरमा रोजगारी श्रृजना र आर्थिक विकासहेतु स्वीकृत दिएका ईबी ५, रिजनल सेण्टरहरुमा धेरै लगानीकर्ताको आवस्यकता पर्छ। यस्ता आयोजनामा कुनै विदेशी लगानीकर्ताले कानुनी रुपबाट आर्जन गरेको ५ लाख अमेरीकी डलर लगानी गरेमा लगानीकर्ता र निजको श्रीमान वा श्रीमती अनि २१ बर्ष ननाघेका अविवाहित छोराछोरीले अमेरीमीकाको ग्रिनकार्ड पाऊन सक्दछन। 

ईवि ५ रिजनल सेण्टर भनेको अमेरीकी अद्यागमन विभागले विदेशी लगानीकर्ताको लागि भनि छुट्याएको पाचौ कामदारको श्रेणीको प्राथमिकता पर्ने ग्रिनकार्ड पाऊनका लागि सेवा प्रदान गर्ने एजेण्ट वा कम्पनीहरु हुन। यस्ता कम्पनीहरु लिमिटेड पार्टनरशीप वा लिमिटेड ल्यावलिटी कम्पनी हुने गर्दछन। जस्मा लगानीकर्ताले आफुले लगानी गरेको रकमसम्मको दायित्व लिनु पर्दछ। यस्ता सेण्टरहरुले आफुद्धारा तयार पारीएका धेरै पुजीको आवस्यकता पर्ने आयोजनाहरु  अद्यागमन विभागबाट स्वीकृत गराऊछन। यी सेण्टरहरुले लगानीको माध्यम बाट स्थानीय स्तरमा आर्थिक बिकास, रोजगारीको श्रृजना, उत्पादनको बृद्धि, र आर्थिक सम्मुन्नतीको लागि काम गर्ने लक्ष्य राखेका हुन्छन। यस्ता क्षेत्रीय लगानीका निकायहरु ५ लाख डलर लगानी गरी शेयरहोल्डरको रुपमा रहेर अमेरीकाको ग्रिनकार्ड मात्र लिन चाहाने विदेशी लगानीकर्ताको लागि उपयुक्त मानीन्छन। किनकि लगानीकर्ताले प्रत्यक्ष रुपबाट कम्पनीको कार्यमा संलग्न हुनु पर्दैन। 

रिजनल सेण्टरले लगानीकर्ताका लागि भनेर ईनभेष्टमेण्ट फण्ड खोलेको हुन्छ। लगानीकर्ताले त्यो फण्ट रहेको रकम वापतमा शेयर अर्थात ईक्युटी पाऊने गर्दछ। त्यो जम्मा भएको रकमबाट सेण्टरले स्थानीय स्तरमा आर्थिक विकाश र प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट रोजगारी श्रृजना गर्ने आयोजनाहरुमा लगानी गर्दछ। यसरी लगानीका लागि तय गरिएको आयोजनाहरु सार्बजनीक गरिएको हुन्छ। किनकि क्षेत्रीय स्तरको सेण्टर स्थापना गर्नका लागि अमेरीकी अद्यागमन बिभागमा निवेदन दिदाकै अवस्थामा आयोजनाको सम्भावीत Operational Business Plan, Corporate Structure agreements for ownership of the regional center, (a) sample project business plan, (b) economist report for the project, and sample management agreement between the regional center and the project. लगायतका कागजातहरु पेश गरेको हुन्छ ।

विदेशीले अमेरीकामा इबी५ अन्र्तगत लगानी गरेर ग्रिनकार्ड पाऊने दुई किसिमका व्यवस्था छन। पहिलो व्यवस्था अनुसार लगानीकर्ताले १० लाख अमेरीकी डलर लगानी गर्नु पर्दछ। यस्मा लगानीकर्ता कम्पनीको व्यवस्थापन र संचालनमा संलग्न रहनु पर्दछ। र २ बर्षमा प्रत्यक्ष रुपबाट १० जना अमेरीकी कामदारहरुलाई पुर्णकालीन रोजगारी दिनु पर्दछ। तर क्षेत्रीय स्तरमा रहेका लगानी केन्द्रले प्रस्तावीत गरेका योजनामा भने प्रत्यक्ष अर्थात पेरोलमै रहने गरी अमेरीकी कामदारहरुलाई काम दिनु पर्दैन। यस्मा रोजगारीको संख्या अप्रत्यक्ष रुपबाट पनि गणना गर्न सकिन्छ। अर्थात धेरै लगानीकर्ताहरुको रकमबाट होटल स्थापना भएको कारणले छेऊछाउमा साना व्यवसाय संचालन भै रोजगारी श्रृजना भएमा त्यस्लाई पनि कामदारको संख्यामा गणना गर्न सकिन्छ । त्यसैगरी लगानीकर्र्ता विदेशीले कम्पनीको व्यवस्थापन र संचालनको कार्यमा संलग्न रहनु पर्दैन। लागानीकर्ताको हैसियतबाट ग्रिनकार्ड पाएपछि लगानी कर्ता विदेशीले अन्यत्र पनि काम गर्न र लगानी गरिएको क्षेत्र भन्दा बाहिर गएर आफनो अरु व्यवसाय पनि संचालन गर्न सक्दछ।

लगानीकर्ताले अमेरीकामा लगानीका लागि ल्याएको रकम कानुनी रुपबाट आर्जन गरेको हुनु पर्दछ। लगानीका लागि बैक मार्फत अमेरीकामा ल्याईएको रकम २ बर्षको अस्थायी ग्रिनकार्ड स्वीकृत नहुन्जेलसम्म धरौटी खाता अर्थात ईस्क्रो एकाण्टमा राखिन्छ। ग्रिनकार्ड स्वीकृत गर्नु अगाडी अद्यागमन विभागले लगानीकर्ताबाट लगानीका लागि अमेरीकामा आएको रकमको श्रोत र कानुनी तवरबाट आए नआएको जाचबुझ  गर्दछ। लगानीको लागि आएको रकम कानुनन आएको प्रमाणीत भएमा ग्रिनकार्डको निवेदन स्वीकृत हुन्छ। अस्थायी ग्रिनकार्ड स्विकृत भएपछि मात्र ईस्क्रो एकाण्टमा रहेको रकम तोकिएको आयोजनाका लागि खर्च गरिन्छ।

२ बर्षको अस्थायी ग्रिनकार्डको म्याद सकिनु भन्दा ३ महिना अगाडी नै लगानीकर्ताले सेण्टर मार्फत रोजगारीताको मापदण्ड पुगी सकेका प्रमाणहरु राखेर अमेरीकी अद्यागमन विभाग समक्ष स्थायी ग्रिनकार्डको लागि निवेदन दिनु पर्दछ। यसरी प्राप्त भएको निवेदनमा तोकिएको लगानी आएकोे र आयोजनामा रोजगारी लगायतका मापदण्ड पुरा भएको प्रमाणित भएमा अद्यागमन विभागले अस्थायी ग्रिनकार्डको ठाऊमा स्थायी ग्रिनकार्ड प्रदान गर्ने निर्णय गर्दछ। ग्रिनकार्ड पाएको मितिले ५ बर्ष पछि अमेरीकाको नागरिक्ता पाऊने योग्यता पुग्दछ। 
  
लगानीकर्ताले रिजनल सेण्टरद्धारा आहवान गरेको आयोजनामा लगानी गर्दा खेरी अमेरीकी अद्यागमन कानुन अन्र्तगत ईवि५को लगानी सम्वन्धि बिषयमा दक्षता हासिल गरेका कानुन व्यवसायी मार्फत काम अगाडी बढाऊनु राम्रो हुन्छ। कुन रिजनल सेण्टर मार्फत लगानी गर्दा लगानीकर्ताको हैसियतबाट पाऊने अमेरीकाको ग्रिनकार्ड स्वीकृत भएको रेर्कड बढी छ त्यो बिषयमा पनि जानकारी लिनु पर्दछ। किनकि अमेरीकी अद्यागमन विभागले राम्रा क्षेत्रिय स्तरका निकायहरुमा लगानी गरेको भए मात्र लगानीकर्ताको ग्रिनकार्ड स्वीकृत गरेको हुन्छ। अमेरीकी अद्यागमन विभागले हाल सम्म इबि ५ का ३२५ भन्दा रिजनल सेण्टरलाई स्वीकृत प्रदान गरेको छ। यसरी स्विकृत भएका निकाय मध्ये नियमानुसार काम नगरेका कतिपय सेण्टरको ईजाजत खारेज पनि गरिएको छ।सेण्टरको विवरण पाऊन तलको लिंकमा क्लिक गर्नुहोस।
https://www.uscis.gov/working-united-states/permanent-workers/employment-based-immigration-fifth-preference-eb-5/immigrant-investor-regional-centers
  
(बिनोद रोका, एर्टनी एट ल, लामो समय देखि कानुन व्यवसायमा संलग्न हुनुहुृन्छ। रोकाको ल अफिस न्युर्योक शहरको ऊडसाईड क्वीन्समा रहेको छ । प्रस्तुत लेख पाठकको सामान्य जानकारीको लागि मात्र हो सल्लाहको लागि होईन। तपाईको कुनै कानुनी समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको फोन ७१८ ६०६ ९७३३ मा सम्पर्क राख्नृ होला। अरु जानकारीका लागि  www.binodlaw.com मा क्लिक गर्नुहोस।) 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top