NRNA को अध्यक्षमा भवन भट्ट नै किन ? - विश्वमान आङ्गदेम्बे, MBA in Finance Life Member, NRNA, अत्लान्ता, जर्जिया, अमेरिका


NRNA को अध्यक्षमा भवन भट्ट नै किन ?
-विश्वमान आङ्गदेम्बे, MBA in Finance
Life Member, NRNA, अत्लान्ता, जर्जिया, अमेरिका

अहिले नेपालमा संसारभरिका ७३ वटा देशबाट एन.आर.एन प्रतिनिधिहरु एन.आर.एन.हरुको सबै भन्दा ठूलो जमघटमा भेला भएका छन् I यसपालीको जमघटले २ वर्ष अघिकोभन्दा किन बढी महत्व राख्दछ भने शेष घलेको २ कार्यकाल सकिएर यसपाली नयाँ नेतृत्वको चयन हुँदैछ I अमेरिकाबाट खगेन्द्र जी.सी जस्ता दिग्गज देखि जापानबाट भवन भट्ट जस्ता उद्धमी र समाजसेवीहरु विभिन्न पदमा लड्दैछन I  पूरानो तरिकाबाट चलिरहेको एन.आर.एन.ए. लाई नयाँ  तरिका बाट चलाउन सक्ने खुबी भएका केहि आशालाग्दा अनुहारहरु उम्मेदवार छन् I  यस्तामध्ये एक अनुहार हुन् जापानका नेपाली उद्धमी अनि समाजसेवी भवन भट्ट, जो अबको एन.आर.एन.ए को अध्यक्षको पदमा लड्दैछन I  एन.आर.एन.ए. लाई पहिलोपटक एक युवा नेतृत्व पाउने अवसर आएको छ I परिवर्तनको एउटा आशा पलाएको छ. मैले भवन भट्टलाई राम्रो संग चिनेको छैन I  हुन त, खगेन्द्र जी.सी. बाहेक अरु उम्मेदवारलाई मैले राम्रो संग चिनेको छैन I  भवन भट्टलाई मैले एक चोटी मात्र भेटेको छु I  अत्लान्तामा जुन १०-१४ मा भएको "अन्तर्राष्ट्रिय रोटरी सम्मेलन २०१७" मा जापान बाट भाग लिन आउदा र म पनि यहींको "रोटरी क्लब" बाट भाग लिंदा भेट भएको हो I  त्यतिबेला उनीसंग मेरो एक-डेढ घण्टा जति एन.आर.एन सम्बन्धि गहन कुरा भयो I  मैले उनले एन.आर.एन जापानमा गरेका काम हरु र उनको अबको एन.आर.एन.ए.को भविष्य सम्बन्धि दृस्टीकोण बुझ्ने मौका पाएँ I त्यसैको आधारमा आज म अबको एन.आर.एन.ए.को अध्यक्षमा भवन भट्ट नै किन भन्ने प्रश्नमा आफ्नो विचार राख्दैछु I

१. अध्यक्षमा राष्ट्रिय च्याप्टरको भूमिकाबाट पहिलो उम्मेदवार
अहिलेसम्म एन.आर.एन.ए.को अध्यक्षमा उपेन्द्र महतो देखि शेष घले सम्म कोही पनि "च्याप्टर" को भूमिकाबाट आएका छैनन् I यसपालीको चुनाव जिते भने भवन भट्ट "राष्ट्रिय च्याप्टर" को अध्यक्ष भएर "अन्तराष्ट्रिय एन.आर.एन.ए" को अध्यक्ष हुने पहिलो व्यक्ति हुनेछन I यो चानचुने कुरा होइन I यो एउटा इतिहास हुनेछ I एउटा नयाँ अध्यायको सुरुवात हुनेछ I पहिलोचोटी फेदैबाट आएको नेतृत्वले एन.आर.एन.ए हाँक्ने छ I च्याप्टरहरुको "अलंकारिक" जीत हुनेछ I च्याप्टर नेतृत्वहरुमा हौसला बढ्ने छ I

२. "बटम-अप अप्रोच" को प्रश्रय
भवन भट्ट आफै च्याप्टरबाट आएकाले उनले च्याप्टरहरुलाई प्राथमिकतामा राखी प्रभावकारी बनाउन पहल गर्न सक्नेछन् I राष्ट्रिय तथा स्टेट च्याप्टरहरुको सल्लाह-सुझाव समेटी योजना कोर्ने तथा कार्यान्वयन गर्न सक्नेछन् I "टप-डाउन" को साटो "बटम-उप" अप्रोचलाई प्रश्रय दिन सक्नेछन I यसले साँच्चिकै संसारभरिका ७३ वटा च्याप्टरहरुमा नयाँ लहर अनि जोश-जागर ल्याउने छ I यसले एन.आर.एन.ए. लाई बलियो बनाउनेछ I

३. व्यक्ति हैन पद्दतिको बढावा
मैले कुरा गर्दा भवन भट्ट साँच्चिकै व्यक्ति भन्दा पद्दतिलाई बढावा दिने मान्छे पाएँ I यसमा उनी इमान्दार देखिन्थे I एउटा उदाहरण के भने उनि आफै एक सफल धनि उद्धमी भएर पनि एन.आर.एन.ए. लाई धनि भन्दा पनि कसरी सक्षम नेतृत्व आउन सक्ने प्रणाली बनाउन सकिन्छ भन्ने ध्याउन्नमा रैछन I  एन.आर.एन.ए.मा एउटा कोष खडा गरि निर्वाचन लड्न चाहने उम्मेदवारहरुलाई निर्वाचन खर्च दिई लड्नलाई "आर्थिक तगारो" हटाउने तथा निर्वाचित उम्मेदवारमध्ये बढी घुम-घाम र भेटघाट गर्नु पर्ने पधाधिकारिहरुको खर्च सोही कोषबाट बेहोर्ने तरिकाको परिकल्पना गरेका रैछन. त्यसको लागि  कडाइका साथ् खर्च "अडिट" गर्ने र "आचार-संहिता" निर्माण गरि लागू गर्ने सोच बनाएका रैछन I

४. एन.आर.एन.ले गर्नु पर्ने उदाहरनिय कामका धनी
उनि एन.आर.एन. जापानका अध्यक्ष हुँदा धेरै उदाहरनिय काम गरी एउटा राम्रो परिपाटी बसालेका रैछन जापानमा I नेपाली समाजलाई संगठित गरी "गुणस्तरीय" एन.आर.एन आई.डी. कार्ड लागू गर्ने काम गरेका रैछन I सो कार्डले नेपालीहरुको विभिन्न रेस्टुराँ देखि ग्रोसरी स्टोरमा ५ % देखि २०% सम्म छुट पाउने हुनाले "एन.आर.एन. सदस्य" बन्दा वर्षमा $२०० देखि $२००० सम्म सजिलै बचाउन सकिने रैछ I यस्तो आइडियाले पनि मानिसहरु "एन.आर.एन. सदस्य" बन्न आकर्षित हुने रैछन I हालसालै एन.आर.एन जापानले "त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल" मा २४ वटा जति आअधुनिक सौचालय निर्माण तथा मर्मत-सम्भार गर्ने जिम्मा लियो I यस्तो उदारहनिया काम गर्न विभाजीत समाजले गर्न सक्दैन I एन.आर.एन. जापानले साँच्चै संगठित भएर एन.आर.एन. ले के गर्नु पर्ने हो सांचिकै गरेर देखाएको छ I

५. अहिलेका राम्रा कामहरुको निरन्तरता
भवन भट्टले हालका र पहिलेका नेतृत्वले शुरु गरेका राम्रा कामहरुलाई निरन्तरता दिने प्रतिबद्दता जनाएका छन् - (१) गोर्खाको लाप्राकमा भूकम्प-पिडितको लागी घर बनाउने योजना, (२) एन.आर.एन भवनको निर्माण, र (३) विजन २०-२० र सामूहिक लगानी I साथै उनले थप दोलखामा भूकम्प-पिडितको लागी घर बनाउने योजना, वैदेशिक रोजगारीमा गएका खाडीदेखि अमेरिकासम्मका नेपालीहरुको बीमा, साना तर रचनात्मक उद्धमिहरुको लागी सहयोग गर्ने 'स्टार्ट-अप" फण्ड, तथा प्रविधियुक्त "स्मार्ट एन. आर.एन." बनाउने योजनाहरु अघि सरेका छन् I

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top