म थाकेको छैन, म हारेको छैन :- विश्वमान आङ्गदेम्बे


अमेरिकावासी सम्पूर्ण एन.आर.एन.दाजु-भाई, दीदी-बहिनी, तथा बुवा-आमाहरूमा हार्दिक नमस्कार !

निर्वाचन हुनुनै सबैको जीत ! भर्खरै सम्पन्न एन.आर.एन, अमेरिकाको निर्वाचनमा सर्वप्रथम मलाई आशा, माया, तथा विश्वास गरेर मत दिनुहुने करिब ३,००० एन.आर.एन. सदस्यहरुलाई म भित्र हृदयदेखिनै धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्न चाहन्छु।  निर्वाचन जित्नु भएका मेरा प्रतिपक्षी पवन योञ्जन जीलाई बधाई दिन चाहन्छु। जित्नुहुने पून निर्बाचित अध्यक्ष डा. केशव पौडेल लगायत ३१ जनै नव-निर्वाचित एन.सी.सी. र आई.सी.सी.का पदाधिकारी तथा सदस्यहरु तथा २० वटा च्याप्टरका अध्यक्ष तथा पदाधिकारीहरुलाईलाई बधाई दिन चाहन्छु ।  साथै, विभिन्न बाधा-अड्चन पार गरेर अन्तत: सफलतापूर्वक निर्वाचन गराउन सफल हुनु भएकोमा प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहाल तथा निर्वाचन आयोगलाई धन्यवाद तथा बधाई दिन चाहन्छु । अनि आफ्नो अमूल्य मत खसाली यो लोकतान्त्रिक अभ्यासबाट संस्थालाई अगाडी बधाउन सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद तथा बधाई दिन चाहन्छु ।

लामोसमयदेखि अवरुद्ध यो निर्वाचन हुनुनै हामी सबैको जीत हो " व्यक्तिले हारे पनि संस्थाले हार्नुहुदैन " संस्थालाई संस्थागत गर्दै प्रणालीमा लानेर दीगो बनाउन आवधिक निर्वाचनको अत्यन्त जरूरी छ " व्यक्तिभन्दा संस्था र संस्थाभन्दा नेपाली समुदाय ठूलो हो  "निर्वाचित सदस्यहरु ले एन.आर.एन अमेरिका एक संस्थाको दीगो हीतको लागि काम गर्नु पर्छ भने एन.आर.एन. अमेरिका एक संस्थाले सम्पूर्ण नेपाली समुदायको दीगो हीतको लागि काम गर्नुपर्छ ।

लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न यो निर्वाचनको नतिजालाई आफू अनुकुल व्याख्या नगरी आत्मसात गर्न तथा कुनै पूर्वाग्रह नराखी अब बन्ने नयाँ बोर्डलाई सहयोग गर्न म मजस्तै निर्वाचित हुन नसकेका सबै उम्मेदवार साथीहरुलाई आव्हान तथा आग्रह गर्दछु । हार-जीत बिनाको निर्वाचननैहुँदैनक्ष् १००५ लाई स्वीकार्य निर्वाचन कहीं पनि हुँदैन । हामी सबैका थोर-बहुत कमि-कमजोरी छन्क्ष्एकै चोटी सबै सुधारको अपेक्षा गर्न सकिन्न । क्रमिक रूपमा सुधार हुदै जानेछा तपाई-हामी आफू नसुध्रे सुधार न आकाश बाट न धरती बाट आउने छक्ष्हामी प्रत्येकोको सोच(विचार र आचरणमा सुधार आउनु पर्नेछ । भित्रबाट सुधार नआए बाहिरबाट केहि हुनेवाला छैन । पहिलेको भन्दा अहिलेको निर्वाचनमा  बढी सुधार भयो क्ष् अर्को निर्वाचनमा अझ बढी सुधार गर्नुपर्नेछ, तपाई-हामी मिलेर नै ।  निर्वाचनको हार-जीतको खेलले व्यक्तिगत सम्बन्ध नबिगारौं अनि ब्यकिगत पूर्वाग्रहले संस्थालाई नै हानी हुने काम नगरौंक्ष्संस्था रहे पो निर्वाचन अनि हामी संस्था नै नरहे के को निर्वाचन अनि के को हामी ? निर्वाचनको नतिजालाई शीरोधार्यगरी संस्थालाई अगाडी बढाउन सबैले सहयोगी भूमिका खेलौं ।

म एन.आर.एन.मा निर्वाचनको लागि आएको मान्छे हैनक्ष्निर्वाचन अघिपनि म सक्रिय थिएँ र  निर्वाचनपछि हारेपनि म सक्रिय रहनेछु   ।  काम गर्नेलाई पद भए अवश्य सजिलो हुन्छ । तर काम गर्नलाई पद नै चाहिन्छ भन्ने छैन । तर, यो निर्वाचन लगायत अन्य क्षेत्रीय संगठनको निर्वाचनले के बार-बार पुष्टि गरेको छ भन्दा "काम गरेर मात्र हुँदैन रहेछ संस्थामा, संगठन विशेष गरी सदस्यतामा पकड हुनुपर्दो रहेछू। नत्र, जति नै कम गर्ने मान्छे पनि हार्ने पक्का रहेछक्ष्अनि पद ओगटेर काम नगर्ने, यहाँ सम्म कि मिटिंग पनि उपस्थित नहुनेहरु निर्वाचित हुँदा रहेछनक्ष् अनि, संस्था जहींको त्यहीं हुँदो रहेछ ।

म एन.आर.एन अमेरिका यसरि चल्नुपर्छ भन्ने द्रिस्तिकोन, मार्गचित्र, र सिद्दान्त बोकेर आएको मान्छे हुँक्ष् एउटा नयाँ अभियान बोकेर आएको मान्छे हुँ । कुनै रहरले हैन। तसरर्थ म मलाई विश्वास गर्नुहुने ३,००० मतदाताहरुलाई के भन्न चाहन्छु भने, तपाइको विश्वासलाई मैले तोड्ने छैन । यो निर्वाचन हारे पनि मैले हरेश खाएको छैन ।  मैले मैदान छाडेको छैन । यो   निर्वाचनमा विविध कारणले हारेसंगै यो निर्वाचनबाट पाठ सिक्दै अत्यन्त विश्वासिला, नैतिक विचार बोकेका, मूल्य-मान्यतामा चल्ने, अनि उस्तै सोचाई राख्ने साथिहरुसंग मिलेर अहिले देखिने २०१९ को निर्वाचनको लागी सोच बनाइ अगाडी बढ्ने सोच बनाएको छु। म लडेको हुँला तर मेरा दृष्टि गन्तव्यमै छन्क्ष् उठेर मेरा कदम अगाडी नै बढ्ने छन् । युद्दको मैदानबाटविचमै भाग्ने म योद्दा हैन । यो अभियानलाई गन्तव्यमा नपुर्याई म थकाइ मार्ने छैनक्ष्यो मेरोअभियान जारी छ । म फेरी फर्कने छु २०१९ मा ।

विश्वमान आङ्गदेम्बे,
सह-कोषाध्यक्षका भूतपूर्व उम्मेदवार,
अत्लान्ता,जर्जिया  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top