" जनप्रतिनिधि बन्नु भनेको तपाईंलाई जनता शोषण गर्ने लाइसेन्स दिएको होइन :- लक्ष्मण सिटौला


लक्ष्मण सिटौला 

सुनिदैछ काठमाडौं महानगरका मेयर उपमेयर र कार्यलय कर्मचारीहरु बिच झगडा सुरु भयो । द्वन्द प्रतिद्वन्द सुरु भयो । बिसौ बर्षदेखि जनप्रतिनिधि बिहिन थिए गाउँपालिकाहरु नगरपालिकाहरु । तालमेलका आधारमा उम्मेदवारी उठाउनु नै गलत थियो । किनभने एउटै पार्टीका नेताकार्यकर्ता त  खुकुरी हानाहान गर्छन भने दुई भिन्न ध्रुवका मेयर र उपमेयर कसरी मिल्छन ? हामी नेपालीहरुको ठुलो रोग नै मिलेर काम गर्न नसक्नु हो । मिलेर काम गरेको भए यो देश दश बर्से मावोवादी द्वन्द्वमा जादैनथ्यो । पन्चायतका हनुमानहरुको अत्याचार यति बढयो कि फूलका गमला भित्र सुनका धाउहरु फल्न थालेका थिए । अहिलेको भन्दा बिकास जरुर भयो होला तर भित्र भित्र धेरै असन्तुष्टि बढीरहेको थियो । सिमान्तकृत बर्गहरु शोषण मुक्त हुन सकेका थिएनन । तात्कालिन प्रजातान्त्रिक राजा बीरेन्द्र ले विविध चरणमा पन्चायत सुधारे आफुमा अन्तर्निहित शक्ति पनि छोडेर सेरेमोनियल राजा भएर बस्न चाहे अन्तत अन्तर घात भयो ऊनीमाथी र उनका सकल वंशनै बिनास गरियो ।

 हामी यति धेरै शक्तिशाली भएछौ कि आफ्नै देशका राजा मार्यौ । आज १७ हजारको बलिदानी बाट उपलब्ध भएको गणतन्त्रको यस्तो उपहास छ १ हामी बोस्निया हजगोबिना सिरिया र मध्यपुर्वका झगडालु देश भन्दा कम झगडालु छैनौ । अबत हुदाहुदै आठ शयको हाराहारीमा साम्सद चुनिदै छन । तिनका खुराकिमा र भत्तामा देश कसरी रित्तिएला अनुमान लगाउनुहोस । त्यही प्रकारले नगरपालिका र गाउँपालिकामा हजारौं  मुख्याहरु थपिएका छन । सबले सुबिधा र भत्ता ताकेका छन । सबले ठेक्का ताकेका छन । चुनाव जितेको भोलिपल्ट बाट जनता लाई सुबिधा दिने कुरा होइन आफैलाइ मोबाइल र गाडीको प्रबन्ध तिर लागे भुरे टाकुरे राजारानीहरु । 

धेरै पार्टीको जन्म हुनुनै यो मुलुक द्वन्द्वमा जानू हो । अहिले पार्टी फुट्ने काम तिब्र गतिमा बढीरहेको छ । नेताहरु पार्टीको संगठन बिस्तारमा र कार्यकर्ता भित्र्याउने आत्मरतिमा ब्यस्त भएका छन । भुइचालो आवोस नाकाबन्दी होस आगलागी होस बाडिपहिरोले देश अक्रान्त होस सिमा मिचियोस कुनै नेतालाई मतलब छैन उनीहरू केवल आफ्नो पार्टीमा भित्रिने कार्यकर्ता लाई अबिरको टिका लगाउन ब्यस्त हुन्छन सधैंभरी । कुकुर लाई पनि बैँस कार्तिकमा मात्रै आउँछ तर हाम्रा नेताहरुलाइ कार्यकर्ता भित्र्याउने बैँस सधैं आइरहेको हुन्छ ।

 अहिले ज्ञात भयो आखिर यो देशको समुन्नतिका लागि राजा कहिले पनि बाधक रहेनछन भनेर । देखियो अहिले झगडामा भागबन्डामा मिलिभगतमा घुसमा अनैतिकतामा बलात्कारमा देश कसरी अक्रान्त बन्दै गइरहेको छ भनेर । पहाड र तराईको उन्नतिका कुरा त परै जावोस नेपालको राजधानी कति अविकसित छ भनेर हेर्नु यस्को लथालिङे चालामाला । जनप्रतिनिधि पाइसके पछिको महानगर र पहिलेको महानगरमा कुनै परिवर्तन आएको छैन । महानगरका जनप्रतिनिधिहरु मोजा बुन्ने  होजियारी देखि मसाज र पार्लर उधघाटनमा ब्यस्त देखिन्छन । सधैं भोजभतेरमै रमाइलो गरिरहेका हुन्छन । बुढो धरहरा ढलेको दुई बर्ष भैसक्यो तिन्लाइ उठाउने जिम्मेवारी पाएको महानगर आफै अशौच बारेर बसेको जस्तो  छ । रानीपोखरीको उत्तानो हेरेर हासिरहेछन निरोहरु ।

 कार्यक्रमहरु केवल घोषणामै सिमित छन । अक्षरमै सिमित छन । सिसडोलवासी लाई सामान्य चित्त बुझाउन नसकेर न्युरोड डङडङ्ति गन्हाइरहेको छ । अहिले महानगरका बासिन्दा लाई घर बहाल कर ,जग्गा कर, पसल कर  करैकरको उल्लेख्य वृद्धिले रुवावासी बनाइरहेको छ । नगरपालिकाले धारोको टुटिमा हावा पठाउछ पानीको बिल तिराउछ , फोहोर बारिमा खाल्डा खनेर पुरिरहेका छौ । फोहोर ब्यवस्थापनको कर लगाउछ ,सवारी गुडाउने सडकमा नदी हिडिरहेको छ बर्सेनि बिसौ हजार कर तिराउछ,जनतालाइ करैकरको भारी बोकाएर अक्रान्त पार्न लाई पो जवर्जस्ती नगरपालिकाहरु घोषणा गरिएका रहेछन भन्ने कुरा अब बल्ल बुझिन थालियो ।

 जनतालाई राहत होला भनेर नगरपालिका घोषणा गरियो तर आहत दिनपो रहेछ । नगरपालिका हुन को लागि पुर्वाधार खोइरु के के चिज र सुबिधाहरु परिप्राप्ती भएको खण्डमा नगरपालिका घोषणा गर्न सकिने भनेर आधार तय हुनै सकेन ।नगरपालिकाका जनता एक गाग्रो पानी लिन तीन घन्टा हिंड्न् पर्छ, एउटा सिटामोलको चक्की र जीवन जल लिन एक बिहान बिताउन पर्छ त्यस्ता बिकट ठाउ पनि नगर पालिका घोषणा भएकोमा र जनता लाई जवर्जस्ती करको भारी बोकाइ दिनु त्यो भन्दा ठुलो अपराध के हुन सक्छरु केवल करमा चासो छ सरकार लाई तर बिकास बजेट खर्च गर्न नसकेर मुलुक झनै अवनति तिर गैरहेको ध्यान छैन । आर्थिक बिज्ञहरु सल्लाहकार हुदाहुदै पनि किन देश लाइ अध्यारोमा राखेको रु। गुन्द्रुके सोचाइले मात्रै देश चल्ने भए युनिभर्सिटी किन खोल्नुपर्योरु

महानगरले मेयर उपमेयर प्राप्त गरिसकेपछि चार कुराको आशा राखेको थिए मैले -

१ काठमाडौंको सडकमा नदी बग्न बन्द 
२ सडक पेटि मिचेर पसल थाप्ने दादागिरीको अन्त
३ सडकमा परेका खाल्डाखुल्डी पुर्ने कार्य
४ ट्राफिक लाइट जडान र जामको अन्त ।

 न्युरोड सडक गेटमा दादागिरीको पसल उस्तै छन। सडक नै हडपेर यात्रुलाई तथानाम गाली गरिरहेको दृश्य उही छ । आधा किलो स्याउलाइ एक किलो भनेर बेचिरहेका काला ब्यापारीहरुको कर्तुत उस्तै छ,बिश्व रेडक्रस बाट दानमा आएको कपडा किन्ने र बेच्नेहरुको जन्ती उस्तै छ,सडकको फोहोर उस्तै छ । बेलाबेलामा भ्यान लिएर आउने नगर प्रहरीको नाटक उस्तै छ । अनि हप्ता असुलिरहेका गुन्डाहरुको नर्सिङ फुक्ने र बाली उठाउने बानी उस्तै छ । असनको आगनमा हरीया झिगाहरुको बिहे उस्तै छ । बार्है महिना देउसी खेल्ने र निदाउने कार्यकर्ताको चन्दा आतंक उस्तै छ, रत्नपार्कमा ओठमा रातोमाटो र मुखमा कमेरो पोतेका नेपाल सुन्दरीहरुको देहब्यापार उस्तै छ अनि त्यही गन्दगीमा झुम्ने नपुंसक पुरुषहरुको लिङे जात्रा बिचित्रको छ ।  त्यही वृत्ति र प्रवृत्ति  बाट पदोन्नति  खोज्ने र फुली लगाउने सुरक्षा निकायको आत्मरती उस्तै छ, अनि खोइ कहाँ छ परिवर्तन रु अनि खोइ नगरपिता र नगरआमा पाएर पो के गर्नु रु नन्दी भिरिङी चौसट्ठी योगिनीहरुको रत्यौली कहिले बन्द हुने होला र यिन्का चराचरणमा फूलप्रसाद बर्सिरहन कहिले छोडने होला १

आफू पार्टी अध्यक्ष बन्न नपाए पार्टी नै परित्याग गर्ने र अर्को पार्टी खोल्ने रोगले प्रत्येक बरिस्ठ नेतालाई गाजेको छ । मन्त्री हुन नपाए हुन्कार गर्ने धम्की दिने परिपाटी बसेको छ । दिपक बोहराले राप्रपा पार्टीमा त्यही हर्कत देखाउनु भो । समानुपातिक ब्यवस्थापन खारेज गर्नुपर्छ । प्रत्यक्ष चुनाव जितेर आउनुपर्ने अनिवार्यता राखियो भने जनता प्रती उत्तरदायी हुनुपर्ने हुन्छ र नेता लाई लगाम लाग्द्थ्योकी होइन भने समानुपातिकमा साम्सद बन्ने टिके परम्पराले झन भ्रष्टाचार मौलायो। थ्रेसहोल्डका कुरा नगर आरक्षण र सुरक्षणका कुरा नगर । सक्छौ गर सक्तैनौ मर । काम गर। कर्म गर । जनता लाई दुख नदेउ । धर्म गर । पाप नगर । जनप्रतिनिधि बन्नु भनेको तपाईंलाई जनता शोषण गर्ने लाइसेन्स दिएको होइन । सधैं माला र अबिर पहिरेर हिड्ने आदत बाट टाढा रहनुस । जनताले जिताए पनि आफै हार्दै र आफै गिर्दै गएको कुराको अनुभुती गर्नुहोस किनभने जनप्रतिनिधिको चुनाव पछिको लामो मौनता सुहाउँदैन । देशत कमाउन सकेनौ तर अरु कसैले कमाइदिएको अस्तित्व लाई बन्दकमा नराख । किनभने भोलिको सन्तती लाई यो देश सके बनाएर फलाएर फुलाएर सुम्प तर बिगारेर भत्काएर छोडेर हिड्ने र भाग्ने  अधिकार तपाईं लाई छैन ।

शुभ बिहानी ।

२०७४/०५/२३

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top