कुची,रंड्ग र डि बी सारू :- बिकास थापा,हेरिसबर्ग ,अमेरिका


बिकास थापा, हेरिसबर्ग , अमेरिका

राजनीति,जात र धर्म यी तिन कुराबाट सधै परै बस्न खोज्ने चित्रकलामा पोख्त डि बि सारू चित्रकलामा नेपाली डायस्पोरामा मात्र होइन अमेरिकीहरू माझ पनि चिरपरिचित र छोटो समयमै छुट्टै आफ्नो परिचय बनाउन सफल चित्रकार मानिनुहुन्छ उहाँ । वि।सं। २०३० साल असोज १८ ( सन् १९७३ सेप्टेम्बर ३ ) मा  भुटानको बेतिनि ब्लकमा जन्मिएका हुन् डी बी सारू । बाल्याअवस्थामा राम्रो शिक्षा दिक्षा लिन नपाए पनि आफ्नै मेहनत र बलबुताले आफ्नो मन मस्तिष्क कुची ,कलम र रंड्ग तिर लगाएर अक्षरकला ,चित्रकला भित्र कुची र रंड्ग मार्फत आफ्नो भाव,संवेदना ,खुसी,आँशु र मुस्कान पोख्न पोख्त हुनु हुन्छ उहाँ । कुनै समय भुटानि  निरंकुश राज्यसत्ताको ज्यादतीको मारमा परेर १७ बर्षको कलिलो उमेरमानै शरणार्थी बन्न बाध्य बनायो उहाँलाई । आफु जन्मिएको देश भुटानमा आफ्नो हक ,अधिकार माग्दा त्यहाँका तानाशाही शासकले अधिकार दिनु त कता हो कता उल्टै शर्वस्व हरण गरेर मेचीनदी कटाई दिएको ब्याथाहरु सम्झदा कस्को आँखा रसाउन बाँकी रहला र ? सन् १९९१ देखी नेपालमा २१ बर्ष सम्म शरणार्थीको रुपमा कष्टकर जीवन बिताएर सन् २०१२ अगष्ट ६ तारिकको दिनमा देश खोज्दै तेस्रो देश पुनर्वासको सिलसिलामा स-परिवार अमेरिका आइपुग्नु भएको हो उहाँ । अहिले अमेरिकाको हेरिस बर्गमा कुची ,कलम,रंड्ग  र चित्रकलाको माध्यमबाट आफुलाई सबै माझा चिनाइ रहनु भएको छ । भुटानमा रहँदा पार्टीका मान्छे र सरकारका मान्छे दुवै तिरको चरम पेलाई र हेपाइले गर्दा आफु र आफ्नो परिवार बाध्याताबस शरणार्थि जिवन बिताउनु परेको गुनासो गर्नु हुने डि बी सारू अहिले अमेरिकामा छोटो समयमै चित्रकारिता बाट आफ्नो छुट्टै पहिचान र नाम कमाई सक्नु भएको छ ।

एउटै भाषा ,एउटै भेष ,एकै पहिचान जबरजस्ति भुटानि राजाले लाद्न खोजे पछि नै त हो हजारौ नेपाली भाषि भुटानिहरू लाई देश छोड्न बाध्या बनाइएको । भुटान बाट नेपाल आई दशकौ बर्ष बिताई रहँदा आफु जन्मिएको देश भुटान नै फर्कने अनेकौ प्रयास गर्दा गर्दै त्यो असफल प्रयासलाई पूर्ण बिराम लगाएर तेस्रो देश पुनर्वासको सिलसिलामा बिश्वकै शक्तिशाली देश अमेरिकामा सपरिवार आउनु भएको हो उहाँ । भुटानमा आफ्नो पसिना,श्रम,रगत र ज्यान समेत वलि चढाएर त्यहाँको माटोलाई हराभरा र उर्बर बनाउनेमा मुख्या देन नेपाली भाषि भुटानिहरूको थियो । सन् १९९० मा कालो राजनीति चक्रब्यूहुले सिमा नाघे पछि डि बी सारू लगाएत सबै नेपाली भाषिहरूलाई शरणार्थि बन्न बाध्या तुल्याएको पिडादायि दिनहरू थिए ती । नेपाली भाषा बोल्न जान्ने ,लगातार २० औ बर्ष नेपालमा बसोबास गरेको ,परिश्रमि नेपाली भाषि भुटानि समुदायलाई आफ्नै पूर्खाको देशले पनि उपेक्षा गर्यो । ३०/३५ लाख नागरिकता खुद्रा पसलबाट बिहारी र भारतियहरूलाई खुलेआम बाँड्न सक्ने नेपालका शासकहरूले जम्मा ९० हजारको हारहारिमा रहेका नेपाली भाषि भुटानिहरूलाई धेरै देख्यो वा बोझ सम्झियो वा नागरिता दिन आवश्यक सम्झिएन । यसमा नेपालका आफ्नै आन्तरिक  बाध्यताहरू पनि छन् र थिए होलान्। त्यो पाटोलाई अहिले म खोतल्न चाहन्न् तर संसारको जुन जुन कुनामा नेपालीभाषि भुटानिहरू पुगे त्यहाँ आफ्नो भेष भुषा ,भाषा , आफ्नो रितिरिवाज ,संस्कृति ,चालचलन पुर्याए र शताब्दियौ सम्म जीवन्त राखे र अझै राख्दै छन् पनि । आज नेपाली भाषा,संस्कृति र भेषभूषा ,धर्म लाई संसारको जुन कुनामा पुगे पनि फैलाई रहने श्रेय उहाँहरूलाई पनि जान्छ । अहिले हरेक विकसित देशहरूमा नेपाली भाषि समुदायहरू बढिरहेएका छन् । यो संसार भरकै नेपाली समुदायको लागी पनि खुसीको कुरा पनि हो ।

 कुची ,कलम ,रंड्ग र डी बी सारू यी चार चिजको अचम्मको संयोग छ । कुची सँग खेल्दै जाँदा आफ्ना मनका बहहरू पनि कुची र रंड्ग मार्फत पोख्छन् होला उनले । सत्य र मनको ईच्छालाई जर्बजस्त मार्ने खोजेर न त सत्य कहिल्यै मर्छ न त मानिसको ईच्छा नै ।  सत्यतालाई जति असत्यले छोप्न खोजे पनि युगको चेतना त सदैव बोलिरहन्छ । सायद त्यसको भाषा फरक होला ,प्रकृति फरक होला ,तरिका फरक होला तर मानिसले आफ्नो पीडा होस् वा खुसी कुनै न कुनै माध्यम बाट प्रस्तुत गरिराखेको नै हुन्छ । त्यसै क्रममा शान्त स्वभावका डि बी सारूले पनि आफ्नो अभिव्याक्तिको माध्यम चित्रकारिता रोज्नु भयो होला । त्यसैले होला उहाँका कुनै चित्रले देश र राष्ट्रीयता बोल्छन् । कुनै चित्रमा थपक्क सिड्गै गाउँ टिपेर राख्नु भएको छ त कुनैमा पहाड ,टाँकुरा,झरना त कतै तिनै बेँसीहरू समावेश छन् । उनका चित्रकारिता हेर्दै गर्दा कहिले रगत उम्लिएर पाउ देखी शिर सम्म पुग्छ त कहिले शरिरमा काँढा उम्रन्छ । कहिले प्राकृतिको सुन्दरता चित्रमा पोतिएको र पोखिएको देख्दा नेपालको हिमाल र गाउँतिर पुग्छ मन । त्यसैलेत हेरुहेरु लाग्छ उहाँको कुची र रंगको संयोजन । उनले कसरी सिड्गो समाजलाई नै टप्पक टिपेर कुची र रंड्गको माध्यमबाट आफ्नै गुप्त शैलिमा चित्र भित्र राखिदिनुहुन्छ त्यो कला उहाँमा अनौठो र अदभुत छ ।  उहाँले चित्रमा चित्रमात्र बनाउनु हुन्छ की अरु केही त्यो म सहजै भन्न सक्दिन । तर उहाँका प्रत्येक चित्रकलाले देश,समाज ,गाउँ ,प्राकृतिक सुन्दरता ,माया ,प्रेम ,बैंस वा अरु केही न केही बोलिरहेका हुन्छन् चाहे त्यो हाँसोमा पोखिएको खुसी होस् ,चाहे त्यो दुस्खमा पोखिएको आँशुमा होस् ,चाहे त्यो प्राकृतिले पोखेको सुन्दरता होस वा बैसालु नानिको बैंस र कोमलता सबै सबै कुराहरू म उहाँको चित्रकलाभित्र देख्छु ।

प्रचिनकालमा नेपाल ,भारतका गुफाहरूमा जति महत्वपूर्ण चित्रहरू कोरिएका छन् त्यसको तुलनामा सायद संसारमा अन्त कतै त्यति धेरै चित्रहरू कोरिएका होलान् ।  पाषाण कालमा पनि मानिसहरूले गुफामा शिकार,शिकार गर्ने मानिस ,पशु पंक्षि आदिका असंख्या चित्रहरू भेट्टिएका छन् । ती सबै चित्रहरूमा चित्रकलाका ६ महत्वपूर्ण अंड्ग मध्ये रूपभेद,प्रमाण ( सही नाप वा संरचना ) ,भाव ( भावना ) ,लावण्य योजना ,सादृश्य विधान,वर्णिकाभड्ग भेटिन्छ । यसबाट पनि पौराणिक कालदेखिनै नेपाल ,भारतमा चित्रकलाको ठूलो महत्व र बिकास भएको थियो । जसलाई संस्कृतिको यो स्वलोकले पनि थप प्रष्ट पार्छ ।
                                   रूपभेदास् प्रमाणनि भावलावण्ययोजनम् ।
                                   सादृश्यं वर्णिकाभंग इति चित्र षंड्गकम् ।।

डि बी सारूका चित्रकला भित्र पनि संस्कृतिको माथिको स्वलोक भित्र रहेका सबै अंड्गहरू भेटिन्छन् । तसर्थ उहाँको चित्रकला प्रतिको लगाव,ज्ञान ,शैलि निपूर्ण देखिन्छ । अहिले दक्षिण एसियामै पनि चित्रकारिता निक्कै बिकसित भइसकेको परिप्रेक्षमा अमेरिका जस्तो बिकसित मुलुकमा त यसको महत्व झन् बढी छ । भारतमै महँड्गो मूल्यामा बिक्रिभएको तेल पेटिड्ग सायद भारतिया चित्रकार वासुदेव एस गायतोडेको तेल चित्र नै हुनुपर्छ । जुन करिब ३० करोड भारूमा बिक्री भएका नजिरहरू पनि हाम्रा अगाडी छन् । तसर्थ मैले यसको बजार ,महत्व र भविष्यको बारेमा यो भन्दा बढी केही लेख्नु नपर्ला । चित्रकारिता भित्र कुची,रंड्ग र छाया प्रकास सिद्धान्तको प्रभाव कति शक्तिशाली र संयमपूर्ण हुन्छ त्यो त चित्रकलामा गहिरो ज्ञान हुनेलाई मात्र यसको महत्व र अर्थ बारे थाह हुन्छ । सूक्ष्म यथार्थता ,सजीव गति तथा रेखाको प्रवाह प्रत्येक चित्रकलामा कति अनुशासित ढंगले रहेको हुन्छ । त्यो त मैले शब्दमा कसरी बर्णन गरौ । अचम्म लाग्छ !  के छ त्यस्तो त्यो चित्रकलाभित्र त्यो अदभुत शक्ति र मान्छेलाई हेरिरहुँ बनाइदिन्छ। घटौ देखी बर्षौ सम्म मानिस त्यही एउटै चित्रभित्र कसरी एकोहोरो भुलिरहन सक्छ ?  के अदभुत छ अदृश्य शक्ति छ यसमा रु गाउँको कुनै कुना तिर कतै बज्न धुन पर्खिरहेको त्यो बाँसुरी होस् वा नागरिता र राहदानि बोकेर आफ्नो प्रेमिका सम्झँदै बिमान स्थलमा झोक्राइ रहेको युवक वा दिनहुँ सडक किनारमा नुनिलो आँशु पोख्ने भरिया वा मतिष्कमा आएर कागजमा कविता पोख्न नसकेको कवि सबै सबैलाई क्षणभरमा आफुतिर तान्न सक्ने शक्ने शक्ति छ यस भित्र र त डि बी सारूलाई पनि निरन्तर........................... निरन्तर आज सम्म तानिरह्यो त्यसले । अझै जीवन भर तानिरहने छ पनि ।

एउटा गीतकारलाई एउटा गीतले,एउटा कलकारलाई एउटा नृत्य ,एउटा कवि लाई एउटा कविताले र एउटा चित्रकारलाई एउटा चित्रकलाले नै बिश्व प्रसिद्ध बनाएको तथ्यहरू हाम्रा अगाडी छन् । यो अचम्मको बिधा छ । यस भित्र पसे पछि बाहिर निस्कन कति गाह्रो छ त्यो डि बी सारू  लाई नै सोध्नु पर्छ ? चित्रकला मार्फत संसार हल्लाउने चित्रकारहरू मध्ये चाहे ती लिओनार्डो दा भिन्ची हुन वा भारतिया चित्रकार वासुदेव एस गायतोडे ,अवनिद्र नाथ टैगोर ,मकबूल फिदा हुसैन । अमेरिकाका महान चित्रकार एंडी वारहोल,विनस्लो होमर,मार्क रोथल । फ्रान्सका महान चित्रकार हेनरी मतिसी ,क्लाद मोने,निकोलस पाऊसिन । यी सबै चित्रकारिता भित्र गरेको अथक मेहनेत र परिश्रमबाट माथि उठेका महान चित्रकारहरू नै हुन । जस्ले चित्रकारिताको माध्यम बाट पटक पटक संसार हल्लाए । उनीहरू चित्रकलाको माध्यमले मानिसहरूको मनमुटु सम्म पुगे । अव डि बी सारूले पनि जुन उदेश्यले उनलाई चित्रकार बन्न ,यो बाट हिड्न प्रेरित गर्यो र आज सम्म कोर्न बाँकी रहेको कुनै "मोनालिसाको" सुन्दर तस्वीर दिलभित्रै बाट कोरेर अव एक पल्ट संसार हल्लाउन सक्नु पर्छ । त्यो खुबि र संभावना उहाँ पनि छ । उहाँले त्यो चित्रकोर्ने समय पनि आइसकेको छ । त्यसैले समयमै उहाँले त्यो गर्न सक्नु भयो भने उहाँको प्रसिद्दिको गन्तव्य त्यति टाढा छैन । त्यसले हामीलाई फेरी एकपल्ट गर्व गर्ने ठाउँ अबश्य दिनेनै छ । त्यो एकदिन हामी र हाम्रो समाजको लागी नै गौरव र प्रतिष्ठाको बिषय बस्तु पनि बन्ने छ ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top