शिक्षाको ब्यापार,अग्रेजी सपना र निजीकरण हुदै छ शिक्षा :- लक्ष्मण सिटौला


लक्ष्मण सिटौला 

त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ बिभिषण श्रीलंकाली जनताको नजरमा देश द्रोही हुन। आफ्नै सहोदर दाजु लन्काधिपती रावणको  विरुद्धमा लागेर बध गराउने गुप्त योजनाको योजनाकार थिए बिभिषण। सत्य समय सापेक्ष हुन्छ कि हुन्न भनेर सोच्न बाध्य गराउने एउटा त्रासदीपुर्ण घटना थियो त्रेता युगको रावण राम बिचको युद्ध । अहिले हामी जुन शैक्षिक योग्यताको डिग्री लिइरहेका छौ त्यस्ले देशभक्त नागरिक  होइन असंख्य बिभीषणहरु जन्माइरहेको छ। र अहिलेको शिक्षण बिधि र बोर्डिङ स्कुलहरुलाइ म बिभीषणहरु जन्माउने कारखाना भन्छु। 

एउटा बच्चा लगभग जन्मेको तीन बर्ष बाट अहिलेको आधुनिक  बोर्डिङ स्कुल धाउन थाल्छ । उसलाई सुरु देखि अग्रेज र अग्रेजी ठुलो हो भनेर घोकाउन थालिन्छ।स्कुल प्रवेश पछि उस्ले आफ्नो मातृभाषा बोल्न पाउदैन मानौ स्कुल भनेको एउटा अ्मेरिकि भाषा सिक्ने  ईन्स्टिच्युट हो । अग्रेजी भाषाको लोभ देखाएर अभिभावक लुट्नु नेपाल अधिराज्यमा खोलिएका प्राय सबै स्कुलहरुको अभिस्टता हो। चाहे सुदुर पुर्व पाँचथरमा खोलिएको बोर्डिङ स्कुल होस वा चाहे सुदुर पश्चिम् कैलाली कंचनपुरमा खोलिएको बोर्डिङ स्कुल होस । अग्रेजीमा बोल अग्रेजीमा निदाउनु अग्रेजीमा सपना देख अग्रेजीमा खाउ अग्रेजीमै प्रेम गर र अग्रेजीमै बाच भन्ने गुरुमन्त्र नेपाली बिद्यार्थीको जन्मजात देखि रगतमा घोलिन थाल्छ। यात उस्को पाठ्यसामग्रीमा भारतको बिषय सामाग्री हुन्छ या अमेरिकि । अनि गौतम बुद्द नेपालमा होइन भारतमा जन्मिएका हुन भनेर तिनै बिदेश प्रभावित बोर्डिङ स्कुललेनै सिकाउन थाल्छ्न। बिहान ८ बजे देखि बेलुकी ४ बजेसम्म तपाईका नानीहरूलाई अग्रेजीको दबदबा रहन्छ र बेलुकी होमवर्क पनि अग्रेजीमै हुन्छ। अनि अभिवाकहरुलाइ पनि तपाईंका नानीहरू सग बोल्दा  अग्रेजी भाषामै कुरा गर्नुस है नत्र बिग्रीएलान बच्चा भनेर बशिकरणमा पारिन्छ। यी सबै बिभिषण तयार पार्ने गुरु योजना हुन अरु केहि होइन। अधिकाम्श बोर्डिङ  पढ्ने बच्चाहरु घरमा अभिबावकहरु सग नेपाली बोल्दा पनि आधा आग्रेजी मिसाएर बोल्छन र अब यसो हुँदै जाने हो भने नेपाली भाषा पुस्तान्तर हुदा लोप भएर जाने अवस्थामा पुगिसकेकोछ। आगन्तुक शब्दको भरमार उपयोग र तत्सम शब्द्को उपयोग लोपुन्मुख रहनुले नेपाली भाषाप्रती राज्यले चिन्ता लिनुपर्ने अवस्था आइसकेको छ। बिगत बिसौ बर्षदेखि नेपाली भाषिहरु मुलुक बाहिर काम गर्नजाने र उतैको स्थानीय भाषा जान्नुपर्ने बाध्य रहेकोले पनि नेपाली भाषा माथी प्रत्यक्ष आक्रमण प्रत्याक्रमण भैरहेको छ यो आफैमा चिन्ताको बिषय हो।

शिक्षा सेवा होकि ब्यापार होरु स्वस्थ्य सेवा हो कि ब्यापार हो ? यदि सरकारले जिम्मेवारी लिने हो भने यी दुवै सेवा हुन र यदि दुवैलाई सरकारले नियन्त्रणमा नलिने हो भने यो पुर्णरूपमा ब्यापार हो।ब्यापार भैसकेको अवस्थामा यो नाफामुखी प्रबृत्ति बाट धमिलिन्छ । युरोपेली मुलुकमा स्वस्थ्य र शिक्षा सरकारको मातहत हुन्छ । त्याहा स्वास्थ निसुल्क छ शिक्षा पनि निशुल्क छ । जब नागरिकले काम गर्छ अनि त्यसबाट उस्ले कर लिन्छ र त्यही करको बाबजुद त्याहाको जनताले शिक्षा र स्वस्थ निशुल्क उपयोग गर्न पाउँछन् । युग जतिसुकै परिवर्तन भए पनि हाम्रोमा त्यो दिन आउन सकेन।हाम्रोमा शिक्षा ब्यापारको रूपमा फस्टाएर गयो । दिनानुदिन बोर्डिङ स्कुलहरुको दादागिरी फ़ैलिने अवस्थामा छन। सरकारी स्कुलहरुलाइ नियोजित ढंग बाट सिध्याउन लागि परेका छन बोर्डिङ स्कुल चलाएर बसेका ब्यापारीहरु । बोर्डिङ स्कुलका ब्यापारी लाई शिक्षामा लगानी  गरेको सेवा गरेको सामाजिक काम गरेको भनेर सभासद बनाइन्छ जवकी उस्ले लाखौ अभिवावकलाई घरबारबिहिन बनाइसकेको हुन्छ । अहिले नयाँ शैक्षिकसत्र सुरु भयो । सबै बोर्डिङ स्कुलहरुलाइ बाली भित्र्याउन भ्याइ नभ्याइ छ।बाली भित्र्याइ पनि एक लाख देखि डेढ लाख सम्मको हुन्छ एकजना बाट । बिचरो पहाडको एउटा किसानले बर्षभरी खेतमा प्राण मिसाउदा पन्ध्र हजार बचाउन सक्तैन तर बोर्डिङका जिम्मुवालहरु एकैपटक एक सिजनमा एक दुई करोडको लाभ लिन्छन यो कस्तो दादागिरी हो सरकार !  किन दिउसै लुटिन्छ यहाँ ? के निति निर्माण बनाउन सकिदैन ? बिद्यार्थी बाट लूटने आफू चिल्लो गाडी चढ्ने दैनिकी भोज गर्ने मोज गर्ने तर बिद्यार्थीले पानी खाने जारमा लेउ लागेको, प्रोजेक्टरको रिमोट बिग्रेको मेच भाचिएको  शौचालयमा दुर्गन्ध  फैलिएको समेत नबनाउने र विद्यार्थीलाई धम्क्याउने प्रबृती फैलिदो छ। स्कुलको कर्तुत बाहिर आउदैन बाहिर आयो भने तिनै निरीह बिद्यार्थी लाई निष्कासन गरिदिन धम्की हुन्छ ।, क्यानटिन बाट समेत कमिसन उठाउने चलन छ यहाँ तर सबै जना शव भएर बसेका छन अभिवावक । बिद्यार्थी लाई भेदभावपूर्ण व्यवहार गरिन्छ यहाँ । बिधालय र कलेजमा युनिफर्मको नाउमा समेत कमिसन चलिरहेको छ । शैक्षिक सत्रदेखि नै यहाँ दलालीको दलदलमा लाखौ अभिवावक फसिरहेका छन । किताब देखि टाइ सम्म युनिफर्म देखि ब्याच सम्म कमिसन खान्छन नेपालका निजि बोर्डिङ र कलेजहरुले  । कलेजले कलेजो खाइरहेको हेरिरहेछ सरकारले । कहि कतै नियन्त्रणको ,नियमनको बिधि छैन ।लुट्नु सम्म लूटने अनि कलेजका प्रीन्सिपल भाइस प्रीन्सिपल फुटने फेरि ठग्ने अर्कै स्कुल खोल्ने यो श्रृङखला अनवरत छ ।

 पैसा तिरे अनुसारको भौतिक सुबिधा उपलब्धता गराउन नसक्नु अर्को एउटा थप दादागिरी हो । यो उहाँहरुले जानाजान गराइरहनु भएको छ । किताब उहाँहरुले भनेको स्टेशनरि बाट किन्नुपर्ने , युनिफर्म उहाहरुले तोकेको टेलरिङ बाट सिलाउनु पर्ने र घरैबाट आफ्ना अभिवावकले बनाएर पठाइ दिएको खाजा खान नपाउने नियम बोर्डिङ स्कुलहरुले राखेका छन यो अर्को दादागिरी हो। लुगाफाटो किताब कापी खाना पानी सबैमा उहाँहरुकै नियमन उहाँहरुकै दादागिरी गजब छ बा !

यो लेखकले केही कलेज र निजि बोर्डिङ स्कुलमा त्याहाको प्रशासन र त्याहाको ब्यवस्थापन सम्बन्धि अध्यन गरेको थियो। एउटा राम्रो सग आफ्नै लुगा लगाउन नसक्ने निरीह बिद्यार्थी बाट हरेक महिना तीनहजार कम्प्युटर फि भनेर उठाउनु कति अपराध हो ?  जवकी त्यो बच्चालाई माउस पनि चलाउन आउदैन। पुस्तकालय शुल्क भनेर हरेक महिना पच्चीस शय रुपैयाँ शुल्क लिइएको छ जवकी त्यहाका पुस्तकालयमा इशाइ धर्मका पुस्तक बाहेक केही देखिएन। मोजा जुत्ता पेटी देखि ओखतिका नाउँमा उठाइएका अतिरिक्त शुल्क हेर्दा धिक्कार्न मन लाग्छ यहाँको ब्यथिती प्रशासनलाई । निजि बोर्डिङ र निजि कलेजले नेपालीको अस्मिता माथी धावा बोलिरहेका छन। धर्म परिवर्तन गराउने गैर संबैधानिक क्रियाकलाप सम्म त्यहा हुने गर्छन। हामी शिक्षामा अरबौ लगानी गरेर किन मुलुक विरुद्ध उद्द्त हुने बिभिषण जन्माइरहेका छौ सबैलाई चेतना हुनु जरुरी भैसकेको छ। हामी लाई रास्ट्रसेवक चाहिएको छ नकि जान्ने बुझ्ने ज्ञान प्राप्त पछि बिदेशीको गुलाम बन्न जाने बिभिषण।

अहिलेका बोर्डिङ स्कुलका सबै उत्पदनहरु नेपालमा कोहि छैनन किनकि उनीहरू लाई नेपाल बसेर केही हुदैन तिमीहरूको भविस्य भनेको अमेरिका हो वा अस्ट्रेलिया वा युरोप नै हो भनेर रगतमा इन्जेक्सन हालिएको हुन्छ र एस एल सि सकिना साथ उ बिदेशको लागि तयारी गर्न थाल्छ । उ नेपाल प्रती यति वाक्क हुन्छ कि नेपाल भनेकोत गरीब बस्ने कहिले पनि बिकास नहुने कुनैपनी  सुबिधा नभएको  आदिवासी बस्ने ओडार हो भनेर उसलाई हिजो देखि नै त्यही शिक्षा दिइएको हुन्छ। बाहिर एक्छिन लाइनमा राखेर " सयौं थुङा फूलाका हामी एउटै भाषा नेपाली " गाउन लगाइन्छ तर कक्षा कोठाभित्र पसेपछि भारतको रास्ट्रपति ,अमेरिकी रास्ट्रपति र भगवान एसुखृस्टको बारेमा अध्यन हुन थाल्छ । अनि त्यही बाट बिभीषणको अवतार हुनथाल्छ। हिन्दुराज्य नभनेर धर्म निरिपेक्ष रास्ट्र बनाइनुको पछाडी अग्रेजी धर्म सस्कृतिको दबाब  पनि एक कारक हो र बोर्डिङ स्कुल त्यही स्स्कृती उत्पादन गर्ने करखाना हुन। नेपालीहरुको अस्मिता लोपोन्मुख हुदैजानुको पछाडी बोर्डिङ स्कूलरुको बुर्जुवा शिक्षा मुख्य कारक हो।नेपाली भावना नेपाली सस्कृती माथी आफ्ना नानीहरू लाइ माया गर्न सिकाउन सकिएन भने आफ्नै लासको सदगती गर्ने मानिस पनि नहोला भोलि याद गरु। मेरो एउटा साथी छन । एस एल सि मा तीन पटक अनुत्तीर्ण भएर पछि भारत बाट प्रमाणपत्र आयात गर्नुभो र पछि राजनीति शास्त्रमा एम ए गर्नु भो।अहिले बोर्डिङ स्कुलका मालिक। हरेक बोर्डिङ स्कुलले कुनै न कुनै राजनैतिक पार्टीको छाता ओढेका हुन्छन र भोलि केहि अप्ठ्यारो स्तिथी पर्यो भने तिनै पार्टीका नेताले बचावट गरिदिन्छन।

हामीले अहिले हाम्रा छोराछोरी लाई दिइरहेको शिक्षा भनेको बिदेश जान सिकाउने र उतै बस्न मनाउने गुरुमन्त्र हो । बिद्यालय शिक्षा र प्लस टु उतिर्ण गरेका लगभग ६५ प्रतिशत बिध्यार्थी बिदेश पलाएन भैरहेका छन । शिक्षा मन्त्रालय लाई नो अब्जेक्सन लेटर दिन भ्याइ नभ्याइ छ। सरकारले शिक्षा क्षेत्रमा बर्सेनि लगानी वृद्धि गर्नुको पछाडी के यहि नतिजाको लागि थियो त ?  इन्जिनियर पाइलोट र डाक्टरको मात्रै सपना देख्ने अभिवावक समय सगै एक्लिन थालेका छन हिजोआज । सबैलाई बिदेशी मोहले एकान्की बनाउदै लगेको छ र अब बेलैमा नसोच्ने हो भने हाम्रो खोलामा झुलुङे पुल बनाउने सामान्य ओभरसिएर पनि नहोलान भन्ने त्रास भैसकेको छ। बाउ आमा बिमार भएर मरणासन्न अवस्थामा पुग्दा पनि अमेरिकामा अध्ययन गर्न गएका छोराछोरी नफर्केका उदाहरण थुप्रै छन।बिदेश अध्ययन गर्न गएका करिब ८५ प्रतिशत बिध्यार्थी नेपाल फर्केर आउदैनन। उनीहरू लाई आफ्नो घर आफ्नो थर आफ्नो थाक थलो चाहिन्न ,अझ नेपालको दस बर्शे जनयुद्ध पछित यो संख्यामा भारी वृद्धि भएको छ । बाबू आमा पनि आफ्ना छोराछोरीले अमेरिकाकै ग्रीनकार्ड अस्ट्रेलियाकै पासपोर्ट लिइदे हुन्थ्यो भनेर पुकार गर्छन तर तिनै अभिवावक कालान्तरमा एक्लो हुन्छन । शिक्षित हुनु भनेको स्वार्थी हुनु हो र ?  शिक्षित हुनु भनेको आफ्नो मुलुक बाट अर्को देशमा सरणार्थी बन्न जानू हो र ?  शिक्षित हुनुभनेको आफ्नो पिता मातालाइ पाखान्ड देख्नु होररु तर हामीले सिकाएको शिक्षाले हाम्रा छोरा छोरीलाई यस्तै स्वार्थी बनाइरहेको छ । हो यहि हो बिभिषणको रुप। स्कुल देखिनै हाम्रा नानीहरूलाई स्वार्थी बन्न सिकाइएको हुन्छ । दया माया आदर सेवा  सत्कार भक्तिभाव प्रती अनिच्छित बनाइन्छ बिद्यार्थीलाई। सस्कार सिकिएन भने एकदिन सस्कृत बिहिन होइन्छ र त्यही दिन देखि हाम्रो परिचय गुम्छ । अभिवावक प्रती उत्तरदायी नहुने छोराछोरी आजको युगको माग होइन। देश प्रति जिम्मेवार नहुने नागरिक जन्मेको भन्दा नजन्मेकै राम्रो । नेपालका बोर्डिङले पाइलोट जन्माउलान डाक्टर जन्माउलान इन्जिनियर जन्माउलान तर देश भक्त नागरिक इमान्दार नागरिक, नेपाल र नेपालीलाई माया गर्ने नागरिक यतिखेर आवश्यकता छ त्यस्ता विद्यार्थी जन्माउन सकुन भनेर प्रार्थन गरौ हामी । असल नागरिक जन्मनु भनेको देश समुन्नत हुनु हो। बुद्ध जन्मियुन सीता जन्मियुन पृथ्वीनारायण शाह जन्मियुन भृकुटी जन्मियुन महाकवि देवकोटा जन्मियुन । जन्मियुन पुन पुन वीर गणेशमान बिपि जन्मियुन मनमोहन जन्मियुन ,भानु जन्मियुन । त्यस्तै मान्छे जन्मियुन फेरि पनि जो सग अ्मर माया छ नेपाल र नेपाली प्रती।

उपत्यकाका सबै बोर्डिङ स्कुलले अग्रेजी भाषाको बिज्ञापन गरेर अभिवाक लुटिरहेका छन र अभिवावक जग्गा जमिन बेचेर बैक बाट ऋण लिएर आआफ्ना छोराछोरीलाई बिभीषण बनाइरहेछन । सरकारी स्कुलहरु लोप हुँदै गइरहेको र अलि अलि बाकी रहेपनि अव्यवस्थित ढंगबाट संचालित छन र ती अभिवावक पनि छोरा छोरीलाइ बिभिषण बनाउन बाध्य भैरहेका छन। यहाँ आर्जित ज्ञान् यहाँ उपयोग गर्न सकिदैन ।यो वातावरण कस्ले मिलाइदिनेरु यहाँ कसैले जिम्मेवारी लिदैन। नत सरकारले नत अरु सस्थाहरुले।ज्ञान बाट बिभुशीत ब्यक्तिहरु पलाएन हुन्छन।एउटा बिद्यार्थी बिधालय बाट दिक्षित भएर निस्कदा करोड भन्दा बढी लगानी भैसकेको हुन्छ।अझ कलेजको शैक्षिक डिग्रीकोत हिसाब नै नगरु। अनि त्यत्रो लगानी गरेको ब्यक्ती कसरी यहाँ बेरोजगारी भएर बस्छरु । अनि समय र परिस्थितिले उसलाई बिभिषण बनाइदिन्छ।

सबै स्कुलमा र कलेजमा  यो प्रवृत्ति नहोला। कुनै असल पनि  शिक्षण बिधि अपनाउनु जरुरी भैसकेको छ।परम्परा धान्ने निहुँमा सस्कृत शिक्षा पढ्न प्रेरित गर्न खोजिएको होइन । शिक्षित हुन सस्कृतनै पढ्न जरुरत छैन । दया माया सुसभ्य सनातनी अभिभावक प्रती उत्तरदायी र मुलुक प्रती बफादार नायकहरुको जरुरी छ आज यो देशलाइ नकि देश बेच्ने बिभिषण । रावण होस या सद्दाम हुसेन देशभक्ति ज्युदो राख्ने वीर र देश प्रती इमान्दार रहने र जननी लाई लात नहान्ने बिद्यार्थी जन्माउन सक्नुपर्छ आजको शिक्षा नितिले। पढेपछी परतन्त्र हुने पशुहरु काम छैन । 
    
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top