कुलमान घिशिंङ्गलाइ यु.ए.इ.बाट अनुरोध :- मीन बहादुर पण्डित, हाल दुबई युएइ


संसारमा यस्ता पनि  व्यक्ति जनमिन्छन, जसले कहिले पनि आफ्नो नैतिकता, इमान्दारिता र  धर्यतालाइ  गुमाउदैनन । कहिले पनि लोभ  लालचमा पर्दैनन्, अरुको सम्पतिमा कहिले आँखा लगाउदैनन ।  देश सेवा र  समाज सेवा  उनीहरुको  रगतमै  बगेको हुन्छ । यस्ता इमान्दार र कर्तब्य निस्ट व्यक्तिलाई समाजका सबै बर्गले  चिन्न र  बुझ्न सकेका हुदैनन् । भनिन्छ हरेक मान्छेका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन  ।  कशै कशैको त् सकारात्मक पक्ष यति बलियो हुन्छ कि  त्यसले उसको नकारात्मक पक्षलाइ नै छायामा पारिदिन्छ,  त्यस्तो व्यक्तिका रुपमा उर्जा मन्त्रि जनार्दन सर्मालाई लिन सकिन्छ । तर कुलमान घिशिंगका ज्यु को नकारात्मक पक्ष भेट्न गारै पर्ला ।  जसरि मनमोहन अधिकारि र मदन भण्डारीको नैतिकता र इमान्दारिता माथि कशैले पनि प्रश्न उठाउन सक्दैनथ्यो  । कुलमान घिशिंग पनि त्यस्तै व्यक्ति हुन् भन्ने कुरामा कुनै संखा छैन ।

इमान्दार र कर्तब्य निस्ट भएर सिंगो नेपाललाइ लोड शेडिंग मुक्त बनाउने अभियानमा लागेका कुलमानको गुन आम  नेपालीले कहिले पनि बिर्सन सक्दैनन् । त्यशैले कुलमान घिशिंगको नैतिकता र इमान्दारिता  माथि शंखा  गर्नु  अन्याय पूर्ण हुन् जान्छ । यदि उनले चाहेको भए दुइ तिन  घण्टा लोडशेडिंग गराएर पनि करोडौ कमिसन खान सक्ने होला ।  दुर दरारका  गाउका मान्छेले  पनि कुलमानको नैतिकता राम्रै संग बुझेका छन । त्यशैले केहि  अबुझ व्यक्तिहरुले आरोप लगाउदैमा दुस्ख मान्नु पर्ने  स्थिति  बिल्कुल छैन ।  कुलमान बिसुद्ध निजामति कर्मचारी हुन्,  उनलाई राजनीतिक पार्टी संग लिना दिना केहि छैन । सरखारी कर्मचारीले राजनीति गर्न हुदैन भनेर उनले राम्रो संग बुझेका छन् । एदी उनलाई कुनै पार्टी प्रति आस्था छ भने त्यो उनको व्यक्तिगत कुरा हो । त्यशैले यो बिषयलाइ लियर कशैले पनि राजनीतिक फाइदा लिन खोज्नु हुदैन । र कुलमान कुनै राजनीतिक पार्टीको ब्रान्ड एम्बेसीडर पनि होइनन र दाइजो पनि होइनन । जसले कुलमानको प्रतिभालाइ  चिनेर ठाउ दियो, त्यो व्यक्ति जुन पार्टीको भए पनि तारिफ गर्ने पर्छ ।

 नेपालको सार्बजनिक खरिद  ऐनुु कि परिमार्जन गर्नुपर्दछ,  कि खारेज नै  गरिनु पर्दछ । बिध्यमान  सार्बजनिक खरिद  ऐन मार्फत लामो टेन्डर प्रक्रियामा जादा छ महिना देखि एक बर्ष सम्म लाग्न सक्छ, जसले गर्दा एक बर्ष सम्म चाहिएको समान प्रयोग गर्न नपाउदा करोडौ घाटा त लाग्छ नै  त्यो भन्दा पनि ठुलो  घाटा छ महिना पछि बजार भाउ बडेर हुने गर्दछ । त्यशैले यो सार्बजनिक खरिद ऐनलाइ समय सापेक्ष बनाइनु  नितान्त जरुरि छ । बिगतमा सराखारले बिना टेन्डर ठुला रकमको समान खरिद गर्न खोग्दा सार्बजनिक खरिद  ऐन अन्तर्गत अदालतमा रिट परेर त्यस्ता खरिद रद्द भएको थुप्रै घटनाहरु छन् । त्यशैले सरखार संग केहि बिसेस अधिकार छ भने मात्र यो खरिद प्रक्रिया अगाडी बढ्न सक्छ । नत्र भने देश र जनताको हितमा हुदा हुदै पनि अदालतमा रिट परेर यो खरिद प्रक्रिया नै रद्द हुन सक्ने स्थिति छ । किनकि नेपालमा गर्ने भन्दा गर्नेको खुट्टा तानेर बिगार्ने धेरै छन ।  कुनै पनि बुझ्ने नेपालीहरुले अदालतमा रिट हाल्नु हुदैन र रिट परि हाले पनि परिस्थिति बुझेर अदालतले  देश र जनताको हितमा फ़ैशल्ला गरिदिनु पर्दछ ।  कुरा सहि हो बिना टेन्डर खरित गर्दा प्रतिसप्रधा हुन पाउदैन र केहि महँगो पर्न जान पनि सक्छ,  तर त्यसमा पनि २ वटा कुरा छन् । एउटा ठुलो परिमाणको समान  खरिद  गर्ने हुनाले सके सम्म डीसकाउन्ट माग्ने,  डीसकाउन्ट पाउने स्थीति रहे नरहेको जानकारी जनतालाई गराउने ।  दोश्रो सामानको  मुख्य उत्पादक कम्पनि संग सिधै सम्पर्क गरेर  किन्ने  कोशिस गर्ने ।  यो दुवै प्रयास सम्भब भएन, त्यशैले भारतीय कम्पनि संग नै किन्नु पर्ने बाध्यता भयो भनेर जनतालाइ कुरा बुझाउने । टेन्डर गर्दा पनि भस्टचार भएका धरै घटनाहरु छन्,  त्यशैले टेन्डर गर्दा चाँही भस्टचार हुदैन भन्ने के ग्यारेन्टी छ ?  टेन्डर गर्दा कम्पिडिसनले  अलि सस्तोमा पाहिन्छ भन्ने कुरा मात्रै हो   । टेन्डर गर्दा सस्तोमा पाउने परिस्थिति छ कि छैन, सरखारले बिबेक प्रयोग गरेर अगाडी बढ्ने कुरा हो । तर बिसेस परिस्थितिमा बाहेक अन्य खरिदारी  वा ठेक्का पट्टामा  टेन्डर  गर्नुको बिकल्प छैन । टेन्डर गर्न नपर्ने हो भने त जसलाई जतिमा ठेक्का दिए पनि भयो । यसले त् मनपरी गर्नेलाई सजिलो पारिदिन्छ र कम्पिडिसन हुन् नपाउदा  महँगोमा सम्झौता हुने डर रहन्छ ।

टेन्डर गर्दा गुणस्थरिय समान नपर्न पनि सक्छ । एदी समान गुणस्थरिय भएन भने एक बर्ष टिक्ने बल्ब छ महिना पनि नटिक्न सक्छ । त्यशैले क्वालिटीमा कुनै सम्झौता गर्नु हुदैन । फिलिप कम्पनि लाइटका लागि बिश्वाशिलो र बिश्व प्रसिद्ध छ । अर्को  कुरा  एदी नेपालमा बर्षको चार अरबको  एलईडी बल्बको माग छ भने,  फिलिप कम्पनि वा त्यस्तै कम्पनि संग कुरा गरेर नेपालमै कारखाना खोलेर  यहीँ  उत्पादन किन नगर्ने ? सके आफैले एलईडी बल्ब उत्पादन कम्पनि खोले पनि झन् राम्रो हुन्छ ।  सुरुमा बिदेशी प्राबिधिक र प्रबिधि  ल्याएर कम्पनि खोल्ने,  पछि त् नेपाली प्राबिधिकले पनि काम सिकी हाल्छन ।  एदी यशो गर्न सके अरबौ  रकम बिदेसिन बाट बच्ने थियो र रोगजारी पनि सृजना हुने थियो ।

बर्षौ देखि घाटामा चलेको नेपाल बिधुत प्राधिकरण कुलमान घिशिंग ज्यु कै कारणले नाफामा जाने स्थितिमा पुगेको छ । र  केहि बर्षमा  बिजुली निर्यात गर्ने स्थितिमा पुगेको छ । कुलमान सर अब बिधुत प्रयोग गरेर खाना ग्यास बाट पकाउने तिर लाग्नु पर्छ । त्यसको लागि नेपाल बिधुत प्राधिकरनले नै एलईडी बल्ब किने जस्तै  इन्डक्सन चुलो किनेर जनतालाई सस्तोमा दिलाउनु पर्छ । सस्तो  र सुलभ भए जसले पनि किन्नेछन । यशो गर्दा अर्बौको ग्यास जोगिने छ । मेट्रो रेल र सबारी साधन पनि बिजुली बाट नै चलाउने तिर लाग्नु पर्छ जसले गर्दा अर्बौको पेट्रोल जोगिन्छ ।  चीन बाट  आउने भनेको ३० वोटा बिदुतीय बस किन आएन । त्यो ल्याउने तिर सरखारको ध्यान आकर्सण गराउनु होला । बिस्तारै कल कारखाना खोलेर बिधुतिय समान र इन्डक्सन चुलो नेपालमै बन्ने बाताबरण बनाउनु पर्छ । सधै बिदेशी समान किन्दा किन्दा देश र जनता गरिब भए । अब नेपाली रुपैया बिदेसिन दिनु हुदैन ।

अर्को एउटा महत्वपूर्ण कुरा के भने धेरै अरब देशले आफ्ना नागरिकलाइ फ्री मा ल्याण्ड लाइन टेलिफोन सुबिधा, फ्रीमा बिजुली र रासन दिन्छन । हामि पनि गरिब नेपालीलाई सित्तैमा बिजुली दिन सक्छौ । त्यो कसरि भने, एदी हामीले विदेशीलाई हजार मेगावाटका ५ वटा आयोजना मात्र बनाउन दिने हो भने पनि हाम्रो नदि र ठाउ उपयोग गरे बापत पाउने २ छ ५फ्री बिजुलीले  नेपाल भरिका सर्बसाधारणलाइ सित्तैमा दिन सकिन्छ । त्यशो गर्दा गरिबी ह्वातै घट्छ । साएद  २० ५ जति बिजुली मात्र सर्बसाधारणले प्रयोग गर्छन होला । 

कुलमान सरले  गर्दा नै सारा नेपालीले  उद्योग धन्दा चलाएर गरि खान पाएका छन्, । उज्यालोमा पडन र  खाना खान  पाएका छन्,  न त्र बेलुका खाना बनाउने बेलामै बत्ति काटिन्थ्यो  । पहिले  विदेश बाट मोबालमा फोन गर्न पर्थ्यो , इमो वा इस्काइप चलाउन बत्ति नभएर  इन्टरनेट नै  चल्दैन  थियो । अहिले विदेश बाट फोन गर्ने हाम्रो  धेरै  पेशा बचेको छ ।  ६० लाख बिदेशी मध्य ७५ ५ नेपालीले इन्टरनेटका मध्यमले नेपालमा परिवार संग कम्युनिकेसन गर्छन होला ।  यदि लोड सेडिंग भै रहेको भए महँगो सुल्क तिरेर फोन नगरी कुनै उपाए नै थिएन । त्यशैले  कुकुर भुक्दै गर्छ हात्ती चल्दै गर्छ । कुकुर भुक्दैमा हात्ती रुदैन । नबिराउनु न डराउनु भन्ने नेपाली उखान छ । ३ करोड नेपाली हजुरको साथमा छन् । त्यशैले अलिकति पनि   बिचलित नहुनु होला । इमान्दार मान्छे रुदा देश रुन्छ,  सत्य रुन्छ,  त्यशैले झिना मसिना कुरा गर्नेहरुको कुरामा चित्त नदुखाउनु होला ।  हजुरले जे गर्नु भयो,  त्यहि ठाउमा अरु पुगेको भए , बजेट छैन, साधन छैन,  मेनापावोर छैन आदि अनेक बाहना गरेर तलब खाएर विदेश भ्रमण गरेर बस्ने थिए । गर्ने मान्छेलाई श्रोत र साधनको कमि हुदैन भन्ने उदारण हजुरले देखाउनु भएको छ । एदी  हजुर जस्तो मान्छे सबै क्षेत्रमा हुदो त् ६० लाख नेपाली बिदेशिनु पर्ने थिएन । र देश सम्पन्न भै सक्थ्यो । हजुरको कामले देशमा परिबर्तन सम्भब छ  है भन्ने ठुलो आसा जगाएको छ । हजुरले यो आशलाई कदापि मर्न दिनु हुदैन, किनकि यो आशा हरेक गरिब नेपालीहरुको भबिश्य संग जोडिएको छ ।  यो बास्तबिकता हरेक नेपालीहरुले बुझ्न जरुरि छ । 
 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top