सन्दर्भ नेजा साधारणसभाः हामी सिकाउने वर्ग, तर विचरा आफै जान्दैनौ :- शिव विष्ट


संसारकै सामान्य यथार्थ तथ्य के हो भने अरुलाई सिकाउनेले व्यक्ति आफु जान्ने हुनु पर्दछ । जो व्यक्तिले आफु नजानी अरुलाई सिकाउन खोज्दछन त्यतिखेर सिक्ने र सिकाउने दुवै दुर्घटनाको सिकार हुन्छन । यहि अवस्थाले यतिखेर संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा बस्ने नेपाली पत्रकारहरुको संस्था (नेजा) मा आर्कषण भन्दा विकर्षण बढ्दै गएको मेरो ठहर छ । सामान्यतय पत्रकारहरुले सम्प्रेशण गर्ने समाचार पुर्णत तथ्यपरक हुन्छ र जनताको विश्वास त्यसैमा अडेकै हुन्छ । पत्रकारले सम्प्रेशण गर्ने समाचारकै आधारमा जनताले विचार बनाउँछन । तर विडम्बना अमेरिकामा बस्ने नेपाली पत्रकारहरु किन पटक पटक अपमानित हुने गरेका रहेछन भन्ने कुरा म आफु स्वयम् उपस्थित साधारण सभामा गरिएका व्यवहारले पुष्टि भयो । की हामी आफु नजानी अरुलाई सिकाउँदै आएका रहेछौ र यस्तो हुने रहेछ । त्यसैले मलाई लाग्यो की हामी पत्रकारहरुले पनि पहिला आफु जान्न पर्यो अनी अरुलाई सिकाउँदा ठीक हुन्छ, अन्यथा अरुलाई नजानीकन सिकाउँदाको परिणामले व्यक्तिगत खराबीका कारण संस्थामाथी दाग लाग्ने रहेछ ।

प्रसंग भर्खरै सम्पन्न नेजाको साधारणसभामा देखिएको असन्तुलित सन्चालन र कार्यक्रमको व्यवस्थापनले म आफै पुर्वउपाध्यक्षसमेत भएर हाल साधारण सदस्य रहँदा रहँदै पनि केहि नलेखी मन मानेन । अरुलाई सुधार गर्ने हो भने आफैबाट शुरु गर्नु पर्दछ भन्ने मेरो धारणा हो । मेरो यस्ता लेखले आगामी दिनमा नेजाका साथीहरुलाई कार्यक्रम सन्चालन गर्दा अपनाउनु पर्ने सामान्य जानकारी कि आफै जान्नु हुन्छ की भने अरुसंग सिकेरै भएपनि सच्याउन मदत पुग्नेछ भन्ने आशय केन्द्रित छ । व्यक्तिगत रुपमा सबै मानिस सबैलाई मन पर्दैन । त्यो मानवीय स्वाभाव हो तर त्यसमा पनि हामी प्रवासमा वस्ने नेपाली समुदायको त यस्ता असन्तुलित व्यवहार प्रदर्शन गरी अरुको हुर्मत नलिदासम्म खाएको पनि नपच्ने दैनिकी बन्दै गएको छ । यसबाट हामीले कहिले छुट्कारा पाउने हो त्यो त निश्चित छैन, तर पनि हामीले गल्तीबाट सिक्नु पर्दछ यदि ति कुराहरु नियतबश भएका होईनन भने । यदि हो भने मेरो यो लेखले खासै अर्थ राख्दैन होला पनि ।

विषय वस्तुको सिधा प्रवेशलाई जोड्नु पर्दा वांिसटन डिसीमा सम्पन्न साधारणसभा केवल भेला भएर विदालाई रमाईलो बनाउने भन्दा खासै अर्थपुर्ण रहेन भन्ने मेरो ठम्याई छ । कारण जहाँ साधारण सभा भयो त्यहाँ प्रवासमा वस्ने पत्रकारका समस्या र चुनौतिका विषयमा केही शब्द पनि खर्चिएन । कारण के हो मैले पनि साधारण सदस्यका हैसियतले जान्न चाहेको हुँ । जसले जे उदेश्यका लागि साधारणसभाको आयोजना गरिएको हो त्यो साधारणसभा एनआरएन अमेरिकाको जस्तो लाग्यो । एनआरएन अमेरिकाको बारेमा छलफल हुनु पर्दछ किनकी हामी पत्रकारिता गर्नेहरु समय सन्र्दभ र प्रवासका विषयबाट अछुतो रहन सकिन्न । तर मुल विषयलाई नै छाँयामा पारेर निम्त्याईएका विषयमा यतिधेरै महत्व दिनुमा केही व्यक्तिको व्यक्तिगत नाफा घाटामा सम्बन्धित हो की जस्तो बुझ्न खासै कठिन थिएन । अर्को महत्वपुर्ण कुरा अतिथिका लागि निम्त्याइएकाहरु माथी गरिएका अनादर निकै पीडादायी देखियो । सामान्यतय हामी नेपालीको मौलिक चलन नै (अतिथि देवो भव) भन्दै अतिथिलाई भगवानको दर्जा दिन्छौ तर नेजाको साधारणसभामा ठीक विपरित कसैको हुर्मत लिने जस्तो व्यवहार कार्यक्रममा उपस्थित सबैले महसुस गरेकै हुनु पर्दछ ।

त्यति मात्रै होईनकी रजिष्ट्रेसनमा गरिएका लाज लाग्दा व्यवहारले निम्त्याईएका निम्तालुहरु कार्यक्रममा बसौ की जाउको अवस्थामा देखिए । त्यहाँ उठाइएका रकम तोकिएको ३५ डलर तर अनुहार हेर्दै १०० डलर उठाइएको थियो । त्यसको कुनै मापदण्ड नै थिएन । त्यसरी उठाइएको रकमको हिसाव त के सार्वजनिक होला त्यो आसा पनि नगरौ । हामी पत्रकारिता गरेर अरुलाई सिकाउन खोज्दछौ तर आफैले त्यस्तो गर्दा अरुलाई कस्तो महसुस होला एक पटक सोचौ । आवश्यक छैन भने त्यस्ता व्यक्तिलाई नबोलाउँदा केही फरक पर्दैन । अतिथिका लागि निम्त्याइएका महावाणिज्यदुत प्रेमराजा महतले कस्तो अनुभव गरे उहाँलाई नै थाहा होला तर त्यो भन्दा बढी कार्यक्रममा उपस्थित अरुले अपमानित महसुस गरेको हुनु पर्दछ । मेलै मात्र चरित्रको कुरा गरेका हुँ र अर्को पटक यस्ता व्यवहार नदोहोरियोस भन्नका खातिर लेख केन्द्रित छ । जुन व्यवहार त्यहाँ प्रर्दशित भयो नेजाको साधारण सदस्यका हैसियतले मैले निकै अपमानित महसुस गरे । कि आफु जान्नु पर्दछ की अरुले भनेको मान्नु पर्दछ भन्ने हाम्रो मान्यतालाई पनि वेवास्ता गर्दै आसनग्रहण कार्यक्रम कुनै कमेडी भन्दा कम थिएन । त्यतिमात्र कहाँ हो र थुप्रै अमेरिकामा रहेका पुराना नेपाली संस्थाबाट प्रतिनिधित्व गर्ने गन्य मान्यहरुलाई पनि संझना पनि गरेनौ भने पनि हामीलाई मान्नु पर्छ हामी नै सर्वोपरी हौ भन्दै विगुल फुक्ने हामीले भात खान नपाएको निहुमा पत्रकार सम्मेलन समेत गर्यौ । यस्ता कुराले हामीलाई लाज लाग्नु पर्ने होइन र ? आज मलाई महसुस भो की हामी र हाम्रो स्तर कहाँ रहेछ र हामीमाथी त्यस्तो व्यवहार किन गरिदो रहेछ जान्ने मौका पनि भयो । नेतृत्वले सामान्य विवेक गुमाउँदा संस्थाप्रति हुने व्यवहार हामी पटकपटक व्यहोरेकै हौ त्यो आज पनि दोहोरियो । त्यसैले आगामी दिनमा यस्ता नसुहाउने र अरुलाई हसाँउने काम कम गर्दै जाँदा संस्थालाई हित होला की भन्ने मेरो लेखको आशय हो ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top