शब्दको कम्पन :- प्रेमबहादुर शाही


प्रेमबहादुर शाही 

लेख्न, पढ्नु भनेको कुनै अपराध गर्नु हैन । जीवनमा कतिसम्म लेख्नु पढ्नु पर्दछ भन्नेमा न यसको न सीमा हुन्छ, न उम्मेर हुन्छ । शिक्षा एउटा अनन्त ज्ञान पनि हो । त्यसैले राम्रो शिक्षाले ब्यक्तिदेखि राष्ट्रलाई समेत ठूलो योगदान पु¥याएको हुन्छ । पढेलेखेका ब्यक्तिको वोलि ब्यवहारदेखि हरेक कुराहरुमा अन्य सामान्य ब्यक्ति भन्दा फरक हुन्छ । त्यसैले पछिल्लो समयमा मासिको बौद्धिक क्षमता यति धेरै वृद्धि भएको छ कि जसले छिनछिनमा विश्वमा एउटा चहलपहनै ल्याईदिन्छन । उनीहरुले लेखेका चोटिला र गहकिला विषय वस्तु यति शक्तिशालि हुन्छन ।

जसले त्यसको अध्यन उनीहरुले युद्धको विषर्ण र आगोको लाप्कामा रमाउच चाहन्छन । कुनै यति पुस्तकहरु छन जुन पुस्तक पढ्यो भने पाठकहरुको जीवनमा केही नै केही परिवतन ल्याईदिन्छन । हाम्रो समाजमा विद्यमान सामाजिक कुरुति र अमानविय ब्यवहारदेखि राष्ट्रध्यक्ष कर्सीमा आसिन हुने सम्मलाई यति तिखो वर्ण प्रहार गरिरहका हुन्छन ।

मानिसहरुसँग यति धेरै क्षमता रहेछ भन्ने वारेमा विगत केही वर्ष यतादेखि प्रकाशनमा आएका पुस्तकहरुले पनि पुष्ट¥याई गरिरहेको छन । आम पाठकहरुको मन यतिसम्म जित्न सफल भए कि जसले पहिला प्रकाशित संख्याले नपुगि पुनः त्यहि संख्यामा त्यहि किताव प्रकाशन पुर्नु पर्ने बनायो । हाम्रो देशमा कहाँबाट कति पुस्तकहरु प्रकाशन भ एभने सवै स्थानहरुको विवरण राख्ने एउटा माध्यम नहुदा लेखकहरु निकै पीडित हुने गरेका छन ।

जसले जे मन लागेको छ, जहाँबाट पनि प्रकाशन गर्न सकिन्छ भनेर गलत पद्दतिको बाटोलाई आत्मसाथ गरेका छन । यो उनिहरुको जीवनमा एकपटक प्रकाशन गरिएको पुस्तक लागि त राम्रो होला तर दर्जनौ पुस्तकहरु प्रकाशन गरिरहेका लेखको लागि नराम्रो हुन्छ । नेपाली लेखकहरुले जति पनि पुस्तकहरु लेखेका छन ती पुस्तकहरु एउटा निकायबाट संकलन गरी त्यसको विवरण राख्न सकियो भने पाठकहरुले जुन वेला जुन किता चाहन्छन त्यो किताव सहज पाउने थिए । यतिमात्र हैन भावि पुस्ताको लागि इतिहास हुने छ ।

देशमा सयौं पुस्ताकलयहरु पनि नभएका हैनन् । ठाउँ ठाउँमा पुस्ताकलयहरु पनि स्थापना गरिएका छन । तर ती पुस्ताकलहरुका केही समय अघि प्रकाशन भएका पुस्तकहरुमात्र छन । केही सीमित लेखहरुले लेखेका पुस्तकहरु छन । लेखकहरुलाई आत्मसाम्मान चाहिएको छ भने त्यहो हो, राज्यले एकद्धार प्रणालीबाट पुस्तकहरु प्रकाशनको ब्यवस्था मिलाई सवै पुस्तकहरुको पुस्तक संग्रहलय चाहिएको छ । जुन पाठकले जुन पुस्तक पढ्न चाहेको छ त्यहि पुस्तकहरु पाठको हातमा थपाउन सक्नु पर्दछ । त्यो नै लेखहरुको लागि सवैभन्दा ठूलो गौरवको विषय हुने छ । वि.स. २०७३ सालमा नेपालमा करिव दुई हजार पुस्तकहरु प्रकाशित भएका छन भन्ने जानकारी मात्र निकालिएको छ, यो तथ्यांकले प्रकाशनमा आएका सवै पुस्तकहरुलाई समेटिएको छैन । एउटा तथ्य सकैले सार्वजनिक गर्नु स्वाभाविक पनि मानिन्छ किन  की त्यति गर्नु लेखकहरुलाई हौसल्ला दिनु पर्ने हो । हामीले कलम चलाईरहदा त्यसलाई कसैले पच्छाईरहेको छ भनेर सजक र सर्तक रहनु पनि हो ।

पछिल्लो समयमा शारदा शर्मा, शुक्रराज शास्त्री, कुमार नगरकोटी, उमा सुवेदी, चित्रप्रसाद वाग्ले र पूजा पराजुली वाग्ल, नवीन विभास सुशान्त, किशोर नेपाल, नवराज सापकोटा, नवराज लम्साल, सुधीर शर्मा,  खगेन्द्र संग्रौला लगाएका अन्य धेरै लेखकहरुले लेखेका पुस्तकहरुले बढी चर्चा पाउने गरेका छन । यी लेकहरुले लेखेका किताहरु आम पठाको मन जित्न सफल भएका छन । दैवी प्रकोप, मानवीय स्वभाव, मिथ, नारी प्रति गरीने अमानविय ब्यवहार, राजनीति, सामाजिक कुरीतिको पर्दाफास गरी नेपालको राष्ट्रयता, राष्ट्रभाव, भूराजनीतिकलाई यथार्थ चित्रण गरिएका छन । आम पाठकहरुको मन मस्तिष्कमा वसिरहका हुन्छन र विश्व जगतलाई हल्लाईरहेका हुन्छन । 
                                      
लेखक ‘दैलेखपत्र’ राष्ट्रिय दैनिकका प्रकाशक हुन ।
इमेल :- newsdailekh@gmail.com    
   

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top