धनिँया खेती प्रबिधि :- मनिष कुमार पाल


 

मनिष कुमार पाल
कृ.प.बि.अ.सं,लम्जुङ

धनिँया खेती प्रबिधि :-
नेपालमा गरिने मसलाबाली खेति मध्ये धनिँया पनि एक हो। धनिँया एकवर्षिय बाली हो, यसलाई अग्रेजीमा कोरिएन्डर भनिन्छ। एपिएसि परिवार अन्तर्गत पर्ने धनिँया को बैज्ञानिक नाम कोरिएनडम साटिभम हो।  नरम प्रकृति भएको धनिँयाको बोट हो जुन ५० से मि सम्म अगलो हुन्छ। यसमा बिभिन्न किसिमको फाइटोकेमिकल्सहरु पाइन्छ जसले  खानामा प्रिजरभेटिभको काम गर्दछ। 

धनिँयामा पाइने पोषण तत्व :-
धनिँयाको पातमा प्रचृर मात्रामा भिटामिन ए ,भिटामिन सि, भिटामिन के पाइनृको साथै  डायटरि खनिज समेत पाइन्छ। धनिँयाको दानामा पातको तुलनामा भिटामिनको मात्रा कम भए पनि यसमा प्रशस्त मात्रामा डायटरी फााइबर ,क्याल्सियम ,आइरन, म्यागनेसियम तथा म्यान्गेनिज पाइन्छ।

हावापानि तथा माटो :-
धनिँया खेतीका लागि उष्ण हावापानि उपयुक्त हुन्छ। यसले बिशेष गरि फल पल्ने र दाना लाग्ने समयमा तषारो सहन सक्दैन। सिचाइको सुबिधा तथा पानिको निकास भएको दोमट माटोमा धनिँया खेति राम्रो हुन्छ। पि एच मान ४ देखि ६ भएको माटोे उपयुक्त हुन्छ। क्षारिय तथा लवण माटो धनिँया खेतीको लागि उपयुक्त  हुँदैन । 

मलखाद :- 
धनिँयालाई राम्ररी पाकेको कम्पोस्ट मल ४० देखि ५० डोका प्रति रोपनीका दरले जमिन तयारीको बेला माटोमा मिलाइन्छ। प्रती रोपनीमा युरीया ६ के जी, डी ए पि ६ के जी र पोटास ३ के जी  हालिन्छ। ज्मिन तयारीको बेला ३ के जी युरिया मात्र दिनृ पर्दछ भने बाँकी युरीया पहिलो गोडमेलको  बेलामा दिनृ पर्दछ।
 

नेपालमा सिफारिस गरिएका धनिँयाका उन्नत  जातहरु 

*    लोटस

*  सुरभि 

*  अमेरिकन लडग स्टयान्डीड

*  रामसेस फ १

*  एक्स एम एल ओ ४६५ एफ १

प्रसारण तथा लगाउने तरीका  :-
धनिँयाको प्रसारण बिउबाट गरिन्छ। ध्निँया सिधै जमिनमा छरिने बाली भएकोले धनिँया लगाउने जमिन २ देखि ३ पटक राम्रो सगँ जोतेर तयार गर्नृ पर्दछ।
१ रोपनी जमिनको लागि २ के जी बीउलाई  दुई भागमा फोरेर रोपिन्छ। बिँउ छर्नु भन्दा एक रात अगाडि नै बिँउ पानिमा भिजाउनु पर्छ। धनिँया प्राय जसो सिधै जमिनमा छरिन्छ। यदि  लाइनमा रोप्ने हो भने धनिँयालाइ २० देखि २५ र २ देखि से मि को दुरी मा रोपिन्छ। ध्निँया रोप्नको लागि असोज कार्तिक महिना उपयुक्त समय मानिन्छ। ध्निँयाको बिँउ ४ देखि ५ से मि अग्लो भएपछि २० से मि को दुरीमा राखी  बेडाउनु पर्छ।

झारपात नियन्त्रण:-
झारपात नियन्त्रण झारको अवस्था अनुसार गनुर्पछ। साधारणतया झारपात  नियन्त्रण निम्न दिनमा गर्दा उपयुक्त मानिन्छ।

*   पहिलो पटक ३० दिनमा

*   दोस्रो पटक ५० देखि ६० दिनमा

सिंचाई :-

हावापानि माटोको चिस्यान तथा जातको आधारमा सिचाईको मात्रा तय गरिन्छ । साधारणतया धनियामा ४ देखि ५ पटक सम्म सिंचाइ दिनु पर्दछ। सिचाइ क्रमश घाममा रोपेको ३० देखि ३५, ६० देखि ७०,८० देखि ९०,१०० देखि १०५ र ११० देखि १५० दिनमा दिनु पर्छ।

टिपाई :-

यदि धनिँयाको प्रयोजन दानाको लागि हो भने दाना पुर्ण विकसित भएपछि र करिब ५०५ दाना पहेलो  भएपछि धनियाको बोट काटनु पर्दछ। बोटलाई घाममा राम्ररी सुकाउन पर्छ र लठीले चुटेर दाना झारेर केलाउनु पर्दछ।यदि पात प्रयोजन को लागि हो भने रोपेको ७५ दिन भित्र करिब २० से मि अग्लो भएपछि जरा सँगै उखाल्नु पर्दछ। 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top