विचार


बैकल्पिक राजनीतिक ब्यबस्थामा गैरराजनीतिक पृष्ठभूमिको सम्भावना :- सन्तोष खडेरी

सन्तोष खडेरी   ​राजनीतिमा पछिल्लो समय मौजुदा राजनीतिक ब्यबस्थालाई अर्थहीन किटान गरि बैकल्पिक राजनीतिक धारका नाममा गैरराजनीतिक पृष्ठभूमिका ब्यक्तिहरुको जमात नयाँ दल सहित राजनीतिमा प्रवेश गर्नेको लर्को नेपालमा मात्र होइन संसारभर जारी छ । छिमेकी देश भारतमा सन् २०११ मा भ्रष्टाचार बिरोधि अन्ना नेतृत्वको आन्दोलन बाट निस्किएको एउटा समूहले दिल्लीमा आम आद्मी पार्टी गठन गरि छोटो समयमा लोकप्रियता हासिल गरि सदनमा प्रतिपक्षी बिना नै सत्तारोहण सम्म गरेपछि नेपालमा समेत यसको बहसले जोड समात्यो र अन्ततः विभिन्न चरणमा बैकल्पिक राजनीतिक दलका रुपमा नयाँ शक्ति खुले झन्...

NRNA US चुनाब, हावाको दौड, ढुंगा पिट्ने के सी, फुर्सदमा पछुताउने जन्ती

कृष्ण के.सी. क्यालिफोर्निया हाम्रो बानी भनेको कुनै पनि कुराको जरो र चुरोमा आफैं नहेर्ने अनि हावामा दौडने, पढ्न भन्दा सोध्न तिर लाग्ने त्यो पनि तीन न तेह्रका नेता भनाउँदा संग। अनि तिनै नेता भनाउदाहरुले आफ्ना स्वार्थ अनुरुप जे व्याख्या गर्छन त्यही मानेर हिंड्ने। वास्तविकता एकातिएर हुन्छ, हामी भने तेसै-तेसै हावामा उफ्रने र ढुङ्गा जस्तो सारो चिजलाइ पनि मुड्कीले पिट्ने प्रयास गर्छौ। कालन्तरमा नतिजा आउँदैन र पछुताउनु पर्छ । यहि हो हामी नेपाली अमेरिकी समाजको नियति।

"परिवर्तन कि यथास्थिति" :- प्रतिक पान्डे

चितवनको स्थानीय र अमेरिकाको NRN निर्वाचनलाई तुलना गर्न मन लाग्यो। नेपाली काँग्रेसले एकलौटी जित्न सक्ने ठाउँमा अप्राकृतिक, अस्वाभाविक र अलोकप्रिय गठबन्धन गर्यो, एक ऐतिहासिक भुल। एउटा सच्चा काँग्रेसीलाई पाखा लगाइयो, अर्को ऐतिहासिक भुल। र अन्य सच्चा काँग्रेसीहरुलाई घाँटी निमोठेर माओबादीलाई भोट हाल भन्ने बाध्य बनाइयो, अर्को ठुलो ऐतिहासिक भुल। स्मरणीय छ, जेष्ठ २३, २०६२ मा त्यहि चितवनमा माओबादीले सर्वसाधारण जनता चढेको बसमा बम बिस्फोटन गराएर करिब ४० जनाले ज्यान लिएको थियो भने ७० भन्दा बढी घाइते भएका थिए। त्यो पिडा ति चितवनका जनताहरुले कसरि भुल्न सक्थे? निर्दोष सर्...

प्रधानमन्त्री तहबाट वैदेशिक रोजगारीका समस्यामा कुनै उपलब्धि नभए अन्यबाट के आश गर्ने नागरिकले ?

सन्तोष खडेरी    "काबूलमा भएको घटनामा तत्कालीन प्र.म. ओलीको पहलकदमीबाट वैदेशिक रोजगारीको क्षेत्र ब्यबस्थित हुने आशा जगाएका जनतामा ओली नेतृत्वको सरकारले बिवादास्पद छविका मेनपावर व्यावसायिलाई नै राजदूत सिफारिस गरि नागरिकका समस्यामा झन् समस्याको मूल फुटाई बढाईदिए । बिदेशका जेलमा रहेकाको तथ्यांक संकलन गर्ने , मृत्युदणडको सजायको हकमा "ब्लड मनी" बाफतको रकममा सरकारले बीउ पूँजी उपलब्ध गराउने , पासपोर्टको शुल्क कटौती , विमा रकममा वृद्धि लगायतका स-साना प्रयास द्वारा वैदेशिक रोजगारका समस्याहरुमा जनताको मनमा उनको गम्भीरताको आभाष हुँदै गर्दा उनले पनि ओली ...

अन्तराष्ट्रीय नेपाली साहित्य समाजको २०४ भानु जयन्ति :-- बिष्णु सिंह (बैजु)

बिष्णु सिंह ( बैजु )   साहित्यिक संस्थामा  खेत जोत्ने, हली गर्ने, गाई गोठाला देखी बरीष्ठ्तम बौधिक हैशियत बोकेका  ब्यक्तित्व हरु जम्घट हुने गर्छ । त्यस्तो संस्था नेतृत्व ​गर्ने समुहले  संस्थाको बनावटलाई रामृरी चिनेर्, साहित्यको बिकास गर्न सक्ने छ्मता राख्नु पर्द्छ । हिजोका दिनमा जुन ल्याकतकले नेतृत्व गर्थे आज पनि  त्यसैले गर्न सक्छ भन्नु गलत धारणा हुनेछ ।  कुनै पनि संस्थामा कोही अनिवार्य हुँदैन । केवल  संस्थाको उदेस्यलाई बढाउन सक्ने ब्यक्तिको क्षमता अनिवार्य हुन्छ । त्यसकारण  त्यस्तो क्षमता हुने जो कोही संस्थामा सजिलै आउन   सक्ने बातावरण  हु...

कमजोर होइन , संस्थालाइ बलीयो बनाउन चुनाब लडौं –राम सी पोखरेल

एनआरएन अमेरिका निर्वाचन : कमजोर होइन, संस्थालाइ बलीयो बनाउन चुनाब लडौं - राम सी पोखरेल    उमेदवारी दर्तासँगै  एनआरएन अमेरिकाको निर्वाचनले तीव्रता लिएको छ । जसले जुन पदमा उमेदवारी दिए पनि सबैको ध्यान, अब आफु कसरी बिजयी हुने भन्नेतर्फ केन्द्रित छ , जुन स्वाभावीक पनि हो । सामाजीक उत्तरदायीत्व बहन गरेर निश्चीत उदेश्य र लक्ष्यकासाथ  अगाडी बढन खोज्नुलाइ स्वागतयोग्य नै मान्नु पर्छ । 

नागपञ्चमी पर्व : महत्व र विशेषता : ज्योतिष पण्डित राजेन्द्र खनाल

ज्योतिष पण्डित राजेन्द्र खनाल हिन्दु धर्ममा लेखिएअनुसार नाग (सर्प) लाई देवताको रुपमा पुजिन्छ, परापूर्व कालदेखि नै विभिन्न पूराण तथा धर्मग्रन्थ आदिमा नागदेवताको विशेष महत्व रहदै आएको पाइन्छ । भगवान शंकरको आभुषण होस् वा भगवान विष्णुको शय्या होस्, विभिन्न स्थानमा नागको स्वरुप र आकारप्रकार सचित्र देख्न पाइन्छ ।

"जब शेरबहादुरहरु जनतालाइ हप्काउछन " :- लक्ष्मण सिटाैला

लक्ष्मण सिटाैला       आफ्नो सबै बम्शजको बिनास पछि पान्डवहरुलाइ पृथ्वी लोकमा बसिरहन गाह्रो भयो । र एक दिन धर्मराज युधिस्ठर सग ज्युदै स्वर्ग जान भनेर द्रौपती सहित पाँच पान्डव उत्तराखन्ड  लागे। बाटोमा जाँदै गर्दा अग्निदेव सग भेट भयो र अर्जुनले काधमा बोकेको धनु देखे र अर्जुनलाई भने -"स्वर्गमा कस्लाइ जित्नुछर र कस्लाइ मार्नुछर अर्जुन यो धनु बोकेर लैजादै हुनुहुन्छ यो धनु यतै फ्याक्नु" भनेर फ्याक्नु लागाए। हिड्ने क्रममा  पहिला द्रैपती हिउँमा चिप्लिएर मरिन। युधिस्ठर बाहेक सबै हिम आधिमा चिप्लिएर मरे। बाकी रहे  युधिस्ठर र कुकुर । इन्द्रदेवले कुकुर लिएर स्व...

देशको अार्थिक उन्नति नचाहि अाफ्ना नाता गोता :- माधब गैरे पाल्पा ,युएई

माधब गैरे पाल्पा  हाल युएईबाट  नेपालको सम्विधान २०७२ कार्यन्वयन गर्नका लागि आबस्यक स्थानीय तह निर्वाचन २०७४ को पहिलो तथा दोस्रो चरणको मत परिणाम सार्वजनिक भएको छ। देशको आर्थिक उन्नति नचाहि आफ्ना नाता घर परिवार लाई राजनीतिमा ल्याउने र राज्यको ढुकुटी सखाप पार्ने नियतले भरतपुर महानगरपालिका अझ अन्वल भए ता पनि दोस्रो तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ। जम्मा ७४४ निर्वाचन स्थान मध्य पहिलो चरणमा २८३ तथा दोस्रो चरणमा ३३४ स्थान निर्वाचन समाप्त भए लगत्तै अहिले सबैराजनीतिक दलले आफुलाई जनताले दिएको स्थान तुलना गरिरहेका छन। निर्वाचनहरू सरसर हेर्दा जेठो पार्...

कुची,रंड्ग र डि बी सारू :- बिकास थापा,हेरिसबर्ग ,अमेरिका

बिकास थापा, हेरिसबर्ग , अमेरिका राजनीति,जात र धर्म यी तिन कुराबाट सधै परै बस्न खोज्ने चित्रकलामा पोख्त डि बि सारू चित्रकलामा नेपाली डायस्पोरामा मात्र होइन अमेरिकीहरू माझ पनि चिरपरिचित र छोटो समयमै छुट्टै आफ्नो परिचय बनाउन सफल चित्रकार मानिनुहुन्छ उहाँ । वि।सं। २०३० साल असोज १८ ( सन् १९७३ सेप्टेम्बर ३ ) मा  भुटानको बेतिनि ब्लकमा जन्मिएका हुन् डी बी सारू । बाल्याअवस्थामा राम्रो शिक्षा दिक्षा लिन नपाए पनि आफ्नै मेहनत र बलबुताले आफ्नो मन मस्तिष्क कुची ,कलम र रंड्ग तिर लगाएर अक्षरकला ,चित्रकला भित्र कुची र रंड्ग मार्फत आफ्नो भाव,संवेदना ,खुसी,आँशु र मुस्कान पोख्न...

स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको विजयको राजनीतिक महत्व :- मोहनविक्रम सिंह

लेखक:- मोहनविक्रम सिंह स्थानीय निर्वाचनका दुईचरणका चुनावहरू सम्पन्न भएका छन् । समग्र रूपमा विचार गर्दा राजमोका त्यस प्रकारका उपलब्धिहरू सामान्य र सीमित छन् । तै पनि राजनीतिक दृष्टिकोणले तिनीहरूको तात्कालिक रूपमा मात्र होइन, दीर्घकालिन रूपमा पनि ठूलो महत्व छ । अन्य विभिन्न राजनीतिक दल वा सङ्गठनहरूले देशव्यापी रूपमा जेजति विजय प्राप्त गरेका छन्, त्योभन्दा राजमोले प्राप्त गरेको विजयको कैयौँ गुणा बढी राजनीतिक महत्व छ । राजमोले जम्मा गाउँपालिकाहरू मध्ये बाग्लुङमा १ अध्यक्ष र २ उपाध्यक्ष, प्यूठानमा २ अध्यक्ष र २ उपाध्यक्ष, गुल्मीमा १ उपाध्यक्षका उम्मेदवारहरू...

संघीयताको आभास :- प्रेमबहादुर शाही

प्रेमबहादुर शाही  देशमा संघीयता सहितको लोकतान्त्रीक गाणतन्त्र आयो । संघीय संविधान जारी भयो । तयसको कार्यान्वयन भनेको पहिलो स्थानीय तहको निर्वाच गराउनु थियो । सरकारले करिव दुई दर्शक पछि स्थानीय तहको निर्वाचन गर्न विभिन्न चरणहरु तयार ग¥यो । देश भरी एउटै चरणमा स्थानीय निकार्यको निर्वाचन गराउनु पर्नेमा त्यो काम सरकारले गर्न सकेन ।  तीन चरणमा निर्वाचन हुने गरी आफ्नो काम अघि बढायो । पहिलो चरको निर्वाचन शान्तिपूर्ण रह्यो । दोस्रो चरणको निर्वाचन सम्पन्न भयो । तर दोस्रो चरणको निर्वाचनको मदगणना कार्य जारी रहेको छ । तेस्रो चरणको निर्वाचनको मिति सरकारले तोकिस...

“खस दमाईको पंचेबाजा खसआर्य जातिको परंपरागत शान “ :- बिष्णु सिंह (बैजु)

बिष्णु सिंह ( बैजु)  आर्य खस जाती - काला जाति, मंगोलियन जाती -  भने झै पृथिविमा एक मानव जातिका हुन । आर्यखस जातिका बाहुन्,छेत्री, ठकुरि, दमाई, कामी सार्कि, गाईने युरोपबाट एशियामा आप्रवाशी हुन आएका हुन । त्यसैले त यिनको शारिरिक्, रुप रंग, भाषा,रहन्-सहन मिल्द्छ । एकै जातिका भएकाले यिनिहरु एकै क्षेत्र वा स्थानमा यि सबै जातिका मानिसहरु बस्द्छ्न । पंचेबाजा आर्य खस जाती, जो मुख्यतया पहाडमा बस्द्छ्न, पहाडियाहरुको परंपरागत बाजा हो । यिनिहरुको उत्पती थलो युरोप हो । यिनिहरु चलाक र बिवेकशिल भएकोले दक्षिण यसियाको मानिसलाई पराजित गरी शासन गर्न सफल भए । तर पछी आफ्नै जाती भित्र सा...

"अस्ट्रेलियामा पहिलो चोटि लेसबियन देख्दा " :- लक्ष्मण सिटाैला

लक्ष्मण सिटौला १९९८ तिरको कुरा हो । अर्थात आजभन्दा १९ बर्ष अगाडिको परिघटना । सिडनी सेन्टरको बकिङघाम रोडमा कोठा थियो। नेपाल बाट गएको एक दिन मात्रै भएको थियोे । हन्कङ देखि सिडनी एयर्पोट सम्मको करिब १० घन्टाको लगातार उडानले गलेको शरीरमा फुर्ती आएकै थिएन। निन्द्रा थकाइ र आलस्यले बिथोलिरहेको थियो । हङकङ बाट राती दस बजे क्याथे प्यासिफिकमा उडेपछि मौसम प्रतिकुलताका कारण  करिब पैंतालीस मिनेट सम्म आफु चढेको जाहाज हल्लिरह्यो। यो हल्लाइले पनि आत्तिएको मन शान्त हुन सकिरहेको थिएन। तर क्याथेका उडान कर्मचारीहरुको उडान ब्यवस्थापन र यात्रुसग गरिने ब्यवहारले त्यो पैंताल...

स्थानीय निर्वाचन : समस्या र सम्भावना :- मोहनविक्रम सिंह

लेखक :- मोहनविक्रम सिंह सत्तापक्ष वा सङ्घीयताका पक्षपातिहरूले स्थानीय निर्वाचन भएपछि सङ्घीयताको आधार तयार भयो भन्ने दावी गरिरहेका छन् । त्यो दावीमा सत्यता छैन । संसारका एकात्मक प्रणाली भएका देशहरूमा पनि स्थानीय निर्वाचनहरू हुने गरेका छन् । स्वयं नेपालमा पनि २०४६ सालपछि बहुदलीय व्यवस्था अन्तर्गत दुईदुईपल्ट स्थानीय निर्वाचनहरू सम्पन्न भएका थिए, जब कि त्यो बेला देशमा सङ्घीय व्यवस्था थिएन ।   

प्रतिष्ठित पत्रकार :- प्रेमबहादुर शाही

प्रेमबहादुर शाही  यो पंत्तिकारले माथि उल्लेखित शिर्षक लेख्न नहुने हो, तर संयोगले लेख्नु पर्ने भयो । प्रतिष्ठितको अर्थ इज्ज्त, मान मर्यादा, सम्मानित र पुरारुपले ​स्थापित भएको भन्ने अर्थ लाग्छ । पत्रकार पेशा पनि एउटा आफैमा प्रतिष्ठित र मर्यादित पेशा हो । राज्यले पनि पत्रकारिता क्षेत्रलाई चौथो अङ्ग घोषणा गरेको छ । पत्रकार भनेको समाजमा ऐना हो, ऐनाले जस्तो बस्तु छ, त्यस्तै देखाउछ ।  ऐनासँग कुनै स्वार्थ हुदैन । संसारमा कुनै वस्तुसँग सधै सत्यता छ भने, त्यो सत्यता ऐनासँग छ । ऐना र पत्रकार भनेका एउटै रथका दुई पांग्रा हुन । पत्रकारले आफ्नो आँखा अगाडि जे देख्छ, सधै त्...

स्थानिय सरकारले स्थानीय विकासको थालनी गर्दा ध्यान दिनुपर्ने:- डा मानवहादुर बीके

डा. मानवहादुर बीके  संघीय संरचना अनुसार स्थानीय सरकारको निर्वाचन भैरहेको छ । यही बेला पूजीगत खर्च आधा भन्दा कम हुदा पनि देशको कूल गार्हास्त उत्पादन भने करिव ७.५  % ले बृध्दी हुने भएको छ। यसले नागरिकमा ठूलो आशा पलाएको छ।  भूकम्प पीडित लाई वितरण गरिएको राहत रकम र विधुत आपूर्ति मा आएको सूधार नै यो बृध्दीको मूख्य कारक ठानिएको छ। स्थानीय तहको निर्वाचन सकिई विनियोजित बजेट अनुसार काम भएमा आगामी केही वर्ष करिव ८ ​% को हाराहारीमा आर्थिक बृध्दी कायम रहन सक्छ। यसो भएमा विश्व मै हामी अर्थिक बृध्दी बढी हुने पहिलो ( हाल तेश्रो स्थान, इथियो पिया पहिलो ) मुलुक ब...

दुराडाँडा परिबर्तनको नयाँ कोषे ढुड्गा - श्री हे शे होइतोइ बौद्ध गुम्बा :-

बिकास थापा, हेरिसबर्ग ,अमेरिका लमजुड्को दुराडाँडा भन्नसाथ दुरा जातिहरूको एेतिहासिक थाकथलो ,खजे दुरा र त्यस समयको लमजुड्गमा शाह बंशिया राज्या स्थापना गर्ने एक एेतिहासिक यूग पुरूष भनि हामी सधै इतिहास समझन्छौ । नेपालको महत्वपूर्ण इतिहास खोज्ने नै हो भने धेरै टाढा जानु पर्दैन । स्याड्जा बाट शाहबंशिया राज ल्याएर लमजुड्को सिंदुरे ढुड्गामा सिंदुर जात्रा गराई लमजुड्मा शाहवंशको स्थापना गर्ने १५ औ शताब्दिका यूग पुरुष मध्ये एक थिए खजे दुरा । सायद उनकै थाकथलो उनैका साख सन्ततिले खनिखोस्री आज सम्म हराभरा बनाएको नेपालकै एक चिरपरिचित ठाउँ हो दुराडाँडा । दुरडाँडाको फेदी प...

राजनीतिक अस्थिरता र संविधानको दोष :- बद्रिनरसिंह के.सी.

(०७४ जेठ २८ गते आइतवार राजधानी दैनिकमा प्रकाशित भएको हो।) बद्रिनरसिंह के.सी. गलत बिऊ रोपेर सही फल खोज्दा पाईँदैन । संविधानसभाले २ वर्षअघि नै बनाएर लागु गरेको संविधान आज झन्झन् विवादको भूमरीमा पर्दैछ । विवादमात्र होइन यो संविधान यसैका स्रष्टाहरूलाई घाँडो हुँनथालेको देखिन्छ । यही यथार्थलाई लेखकजस्ता कयौँ नागरिकले समयमै सचेत गराउँदै, “......मुलुकले थेग्न नसक्ने परिवर्तन र नेताहरूले बोक्न नसक्ने भारी एकैपटक लाद्नु हुँदैन......” भन्नेहरूलाई ‘प्रतिगामी’, ‘पुनरुत्थानवादी’, ‘प्रतिक्रियावादी’......जस्ता अनेक विशेषण र उपाधि दिने काम भयो । तर जतिसुकै आकाश–पात...

नेपालको कर प्रणाली संघीयता र रास्ट्र गौरवका आयोजना :- लक्ष्मण सिटाैला

नेपालको कर प्रणाली संघीयता र रास्ट्र गौरवका आयोजना :- लक्ष्मण सिटाैला   जसरी उजाड रुखमा चरिले पनि गुड लगाउदैन जसरी पानी बिनाको नदी हुदैन जसरी मुटु बिनाको शरीर  हुदैन  त्यसैगरी कर बिनाको मुलुक समृद्ध हुदैन ।    जनता बाट उठेको कर सभासदलाइ तलब खुवाउन मात्र उपयोग हुन्छ भने, नेताका असाध्य रोग निको पार्न मात्र खर्च हुन्छ भने अनि पाँच तारे होटेलमा भावी योजनाको बारेमा मिटिङमै मात्र खर्च हुन्छ भने किन तिर्नि कर जनताले सरकारलाई? 

एनआरएनएमा युवा शक्त्ति :- सर्बज्ञ वाग्ले

युवा तथा युवती भन्नाले तरुण अर्थात् जवानीले नछाडेको र बुढायाईले नछोएको व्यक्त्ति भन्ने बुझिन्छ । कुनै समयको सीमाभित्र बालक,युवा वृद्ध मानिने पुस्ता मध्ये सबै भन्दा तन्नेरी युवा तथा युवती जवान स्त्री तरुनी आदिलाई पनि युवा नै भनिन्छ । जसको उमेर सोह्र वर्ष माथि र चालिस वर्ष मुनिको कलकलाउँदो हुन्छ  । युवा शक्त्ति संसारको कुनै पनि देशमा त्यस देशको भविष्य बनेर जन्मन्छ र वर्तमान पनि त्यही हुन्छ । त्यस देशले अर्थात् समाजले आँफ्ना जन्मदै र हुर्कन्दै गरेका सन्ततिलाई हेरेर आँफ्नो सुन्दर भविष्यको कल्पना गर्न सक्छ । हाम्रो नेपाली डायस्पोराको समाजमा पनि बढदै गरेको वर्त...

सिद्धान्त र ब्यबहारको बीचमा भिन्नता :- कल्पना पौडेल "जिज्ञासु "

कल्पना पौडेल "जिज्ञासु " गैडाकोट, नवलपरासी मेरो सुरुदेखि नै बामपन्थी विचार भएका व्यक्तिहरु सँग संगत रह्यो । त्यसैले कम्युनिष्ट पार्टीका घोषणा पत्र र मार्क्स एड्गेल्स लेनिन , माओका जीवनीहरु पढे । पढी सकेपछी कम्युनिष्ट पार्टीको निर्देशनमा संगठनमा बसेर काम गर्न मन लाग्यो । मलाई देशभित्र र विदेशमा यसरी काम गर्ने अवसर पनि मिलेको थियो । त्यतिखेर मलाई कम्युनिष्ट पार्टीभित्र कम्युनिष्ट नैतिकता र प्रगतिशील सस्कृति अनुरुप काम भएको होला भन्ने लागेको थियो विदेशको बसाइ सिध्याएर नेपाल फर्केपछि नेपालका सबै कम्युनिष्ट पार्टीका प्रमुख नेताहरु संग घुलमिल हुने ...

शिक्षा सुशासन र नेताको शैक्षिक योग्यता :- लक्ष्मण सिटौला

लक्ष्मण सिटौला नेपालको साक्षरता करिब ५२ प्रतिशत पुगिसकेको छ। शय जनामा बाउन्न जना शिक्षित रहेको हाम्रो देशमा ती बाउन्न जना शिक्षित लाई बिर्सेर बाकी अठचालीस जना अशिक्षित मान्छेलाई नेता चुन्नु भन्ने सरकारको आदेश छ। नगरपालीकाको मेहरमा उठने नेताले कुनै शैक्षिक डिग्री हासिल  गर्न नपर्नु अथवा निरक्षरता उस्को चुनावमा भाग लिने योग्यता हो भने साक्षरता किन बढाउनु पर्योरु बन्द गर्नुस स्कुल कलेज युनिभर्सिटी र अरु शैक्षिक सस्थानहरु। शिक्षामा यति धेरै लगानी गर्ने सरकारी , गैर सरकारी सस्था लगाएत दातृ निकाएहरुको अभियान  सबै डुबेकै हो भन्ने कुराको प्रमाण हाम्रा  नेता ...

एनआरएन अमेरिकाको महासचिव पदमा किन निर्विकल्प उमेदवार बने महेश कुमार मल्ल

बिकाश थापा, पेन्सिलभेनिया बिगत १० बर्षदेखी अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आउनु भएका एक यूवा समाजसेवी हुनुहुन्छ महेश कुमार मल्ल । उहाँले यस गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्बाचनबाट बन्ने २०१७/२०१९ सम्मको कार्यकालको लागी महासचिव जस्तो जिम्मेवारी पूर्ण पदमा आफ्नो उमेदवारी घोषणा गर्नु भएको छ । उहाँ न्यूयोर्कमा बसेर थुप्रै सामाजिक संघ संस्थामा आबद्द रही स्वयंसेवक भएर र त केही संस्थाहरूको महत्वपूर्ण जिम्मेवारी लिएर पनि काम गरिसक्नु भएको छ । उहाँ लामो समय देखी सामाजिक सेवामा सरिक र क्रियाशील रहँदै आउनु भएको एक चिरपरिचित ब्य...

भरतपुर काण्ड :– मोहनविक्रम सिंह

लेखक :– मोहनविक्रम सिंह भरतपुरको नगरपालिकाको चुनावको मतगणनाको सन्दर्भमा घटेको घटनाले गम्भीर अर्थ राख्दछ र त्यसका कैयौँ दूरगामी प्रकारका परिणामहरू हुनेछन् । त्यसले नेपालको राजनीति, लोकतन्त्र र निर्वाचन प्रणालीमा नै गम्भीर असर पुर्‍याउने छ । यो आम रूपमा थाहा भएको कुरा हो कि भरतपुरको नगरपालिकाको चुनावमा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्न माओवादी केन्द्रका कार्यकर्ताहरूले मतपत्र च्यात्ने काम गरेका थिए । त्यसका पछाडिको उनीहरूको उद्देश्य पुनः मतदान गराउनु थियो । त्यो घटनाको तुरुन्तैपछि माओवादी केन्द्र र ने।का। ...

तराईको न्यानो बचेन भने हाम्रो अखिल अखण्डता भत्किने छ :- लक्ष्मण सिटौला

लक्ष्मण सिटौला थुप्रै मावोवादीमा बिभक्त छौ हामी - बैद्द्य, प्रचण्ड , बाबुराम, बिप्लव अनि हामी थुप्रै एमालेमा तितर बितर छौ झलनाथ ,माधवकुमार र केपी वली अनि थुप्रै काग्रेसमा टुक्राटुक्रा छौ देउवा , पौडेल , सिटौला । जसरी पार्टी चोइटिएर धुजा भएका छन त्यसगरी देश टुक्राटुक्रा पार्न पनि उद्यत छौ हामी । आची गर्न जादा खेरि लोटा लिएर जा भनेर सम्झाउन पर्छ हाम्लाइ भारतले नत्र भित्री कपडाले आची पुछ्दै फर्किन्छौ हामी आफ्नै दैलोतिर । पन्चायत ब्यावस्था नै ठिक छ भनेर ४७ सालको सम्बिधान फर्काउन तिर लागेका छौ । अहिलेको सम्बिधान बिश्वको उदाहरणमा उत्कट उत्कृष्ट भनी हामी सबैले सम्शद...

शिक्षित बिरामीका कुरुवाको त्यस्तो प्रस्तुति........:- डा. श्रेया सापकोटा

डाक्टर श्रेया सापकोटा  सायद यस्ता घटना अस्पतालमा काम गर्ने डाक्टर वा नर्स जो कोहीलाई नौलो नलाग्ला । बिरामीको कुरुवाले चर्को स्वरमा कराउने वा गाली गर्ने घटना प्राय  भइरहन्छ अस्पतालतमा । तर गालीको पनि हद हुन्छ ।  विना अर्थ बिरामीको कुरुवाहरुबाट देखाइने रिसले गम्भीर अवस्था समेत सिर्जना हुन सक्छ ।  म काम गर्ने अस्पतालमा गत मंगलवार यस्तै एउटा घटना भयो जसलाई लिपीबद्ध गर्न म बाध्य भएको छु ।  अस्पताल जस्तो संवेदनीशल ठाउँ, त्यसमाथि म काम गर्ने  क्यान्सर वार्ड ।  नम्र बोली र बिरामी प्रतिको कर्तव्य राम्रोसँग बुझेका छौं हामीले, त्यो वार्डमा काम गर्ने जो कोह...

एनआरएन अमेरिकाको अवको गन्तव्य कता ? बिकास थापा

बिकास थापा, पेन्न्सलभेनिया बिश्वभर प्रजातन्त्रको उदाहरण बनेको देश हो अमेरिका । जहाँ बसोबास गर्ने नेपाली मुलका हामी नेपाली अमेरिकनहरू। हाम्रो यति सानो जनसंख्या यति ठूलो देशमा छरिएर रहे पनि हामी हाम्रा आफ्नै बिभिन्न संघ संस्थामा आबद्द छौ । केही प्रतिशत अपवाद हौला ।  यी संस्थामा आबद्द भएर संगठित हुनु हाम्रो मुलउदेश्य भनेको हाम्रो समुदायको उन्नति,प्रगति र समुदायलाई संगठित बनाउँनु नै हो । एनआरएन अमेरिकाले अमेरिकाभर छरिएर बसेका नेपालीहरूलाई संगठित बनाउँन पक्कै पनि महत्वपूर्ण भूमिका अबश्यपनि खेलेको छ । अमेरिकामा बस्ने सबै नेपालीहरू आफ्नो हकअधिकारको लागी सब...

प्रचण्डको प्रधानमन्त्रीत्वकालको मूल्याङ्कन :– मोहनविक्रम सिंह

लेखक:- – मोहनविक्रम सिंह माओवादी, एमाले र ने।का। समेत ०६२–६३ को आन्दोलनका पक्षधर शक्तिहरू हुन् । गणतन्त्रको स्थापना, धर्म निरपेक्षता र संविधानको निर्माणमा समेत उनीहरूको महत्वपूर्ण योगदान रहेको छ । त्यसकारण हाम्रो शुरुदेखि नै यो मत रहेको थियो कि जुन राजनीतिक शक्तिहरूले आपसमा एकता कायम गरेर संविधानको निर्माण गरे, संविधानको कार्यान्वयनको बेलामा पनि उनीहरूले मिलेर काम गर्नुपर्छ । तर त्यस्तो हुन सकेन । भारतले पहिले शुशिल कोइराला लाई प्रधानमन्त्रीको प्रलोभन दिएर फुटायो भनेपछि त्यही प्रकारले प्रचण्डलाई पनि फुटायो र त्यस्तै आन्दोलन र संविधानको निर्माणको क्र...

पारदर्शी, बिधि र बिधान अनुसार चुनाव हुनु पर्छ :- बिकास थापा

बिश्वको सबैभन्दा बिकसित ,प्रजातान्त्रिक र कानुनि देश अमेरिकामा एनआरएन अमेरिकाले पैसा तिरेर सदस्यता बन्दा सदस्यहरूलाई एउटा परिचय पत्र समेत उपलब्ध गराउँदैन । बिश्वलाई प्रजातन्त्रको सबक सिकाउने,एउटा कानुनि र शिक्षित देशमा बस्नेहरू खुलमखुला फर्जि मतदाता बनाएर एउटा कोठामा बसेर एकै ब्याक्तिले हालेको भोटले एनआरएन अमेरिकाको अध्यक्ष बन्छन् र अबिर जात्रा गर्छन् अनि हामिले जितेऊ भनि मख्ख पर्छन् ,खादा ओढ्छन् । यो गर्छौ ,त्यो गर्छौ भनिदियो गर्ने बेलामा शून्य । अर्का मध्ययुगिन महान पत्रकारहरू पहिल्यै सुनिश्चित बिजयको ढोलपिट्न तमतयार भएर बसेका हुन्छन् । सुनिश्चित बि...

स्थानीय निर्वाचनमा तालमेलको समस्या :– मोहनविक्रम सिंह

लेखक :- मोहनविक्रम सिंह अहिले हुन थालिरहेको स्थानीय निर्वाचनको सन्दर्भमा ने.क.पा. ( मसाल)ले आफ्नो तालमेलको नीति स्पष्ट रूपले अगाडि ल्याएको छ । हाम्रो त्यो नीति पार्टीको संयुक्त मोर्चा र कार्यगत एकताको नीति र अहिलेको देशको तात्कालिक परिस्थितिको विश्लेषणका आधारमा नै निर्धारित भएको छ । कुनै खास बेला वा परिस्थितिको आवश्यकता अनुसार दुश्मन, प्रतिक्रियावादी वा मित्र राजनीतिक शक्तिसित पनि संयुक्त मोर्चा वा कार्यगत एकता गर्नुपर्ने आवश्यकता लाई माक्र्सवादी–लेनिनवादी सिद्धान्तले स्वीकार गर्दै आएको छ । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा पनि माक्र्सवादी–...

नेपाली नाक ( व्यंगात्मक ) :- सर्बज्ञ वाग्ले

सर्बज्ञ वाग्ले  नाक भन्नाले नेपालको उत्तरी पहाडी भागमा पाइने याकको पोथिलाई पनि नाक नै भनिन्छ । नाक त उसरी अर्को खासै शब्दमा सासै तान्ने, फेर्ने अर्थात सुँघ्ने काम पनि नाकैको दुइवटा प्वाल भएको ओठ माथिको अवयव अथवा नासिका घाणेन्द्रिय वाट गरिन्छ । त्यसरी नै अर्को शब्दाँ भन्ने हो भने चराको चुच्चो भएको अर्थात सुँघ्ने चिजलाई पनि नाक भन्निछ । यसरी एउटा शब्दको धेरै अर्थ खोज्दा व्यर्थ समय घर्कन्छ । जे जे भने पनि नाक त नाकै हो नि याकै को पोथी भने पनि मान्छेको सास फेर्ने प्वाल भने पनि अर्थात चरी चुच्चे च को चुच्चे नाक भने पनि गैंडा र हात्तीको नाकको कुरा अरे पनि भैँसिको थे...

बारपाकको घाउ : जहाँ घामले पोतेको छ पाहाडको गाला" :- लक्ष्मण सिटौला

लक्ष्मण सिटौला              अलमस्त छे धरती, यो कल कल किरण , यी बनफूल, चहचह चिरबिर ! कुहुकुहु कोइली , कति मीठो छ आहा जिन्दगी १ प्रभातको हिमाल हेरेर म अघाउदिन। हरेक बिहानीले  मल्हम भर्छ मानिसका घाउहरुलाइ। हेरत । स्वर्ण स्वतन्त्रताहरु ,  अजेयता उद्भासित भैरहेको यो बुद्द हिमालको काखमा , म यहि अवस्थित छु । म यहि उदभासित छु। बुद्ध हिमालले हेरेको बारपाकको आगनीमा फुर फुर नाचेका छन हिमालका चरीहरु । कतै घुर्मइलो छैन।सफा छ हिमाली प्रकृति  पर्दा मैजस्तो । त्यही उभिएको छु, जहाँ  घामले पोतेको छ पाहाडको गाला। कति सफा छ यहाँका मान्छेमन । मनत मान्छेहरुको अनुभुती सङ्ग्रह ग...

थाइराइड–एक जानकारी :- डाक्टर बजरंग कुमार रौनियार

डाक्टर बजरंग कुमार रौनियार  थाइराइड– एक जानकारी  थाइराइड भनेको एक विशेष प्रकारको ग्रन्थीहो । यो पुतलीआकारको ग्रन्थी हो । यो घाँटीको अग्रभागमा रहेको हुन्छ । यसको प्रमुख काम थाइराइड हर्मोन निकाल्नु हो । हर्मोन हाम्रो शरीरमाउत्पादनहुने एक तत्वहो जो रगतबाट प्रवाहित हुन्छ र अंग र कोषहरुको कार्यमा मद्दत गर्दछ जसले गर्दा शरीरले विभिन्न कार्य सम्पादनगर्दछ । थाइराइड ग्रन्थीले राम्ररी काम गरेन भने दुई प्रकारका समस्याहरु देखिन्छन् । यी समस्याहरुलाई हाइपो थाइराइडिज्म (थाइराइड हर्मोनको कमी) र हाइपर थाइराइडिज्म (थाइराइड हर्मोनको बढी) भनिन्छ । हाइपो थाइराइडिज्...

बाहुबली २ - १८ करोड र नेपाली राष्ट्रवाद :- लक्ष्मण सिटौला

लक्ष्मण सिटौला जहाबाट अहन्कारको अन्त हुन्छ त्यही बाट प्रेम टुसाउछ । यसोधराको आँसुले लेखिएको प्रेमको इतिहास जिवित छ  हामी सग , पृथ्वीनारायणले रास्ट्र एकीकरण गरेको बिहङम कथा छ हामी सग, अरनिको ( बलबाहु ) लाई चीन पठाएको दुर्दान्त कथा छ हामी सग र उन्ले नेपाली कला चीनमा बिख्यात बनाएको बिषय छ हामी सग तर हामी हाम्रा बलबाहु लाई बिर्सिएर भारतको बाहुबली लाई १८ करोड बुझाउछौ ।  बर्षको एक अरबको भात किन्छौ त्यही भारत सग र भन्छौ हामी कृषक र भन्छौ हामी रास्ट्रभक्त । फ्लाईट उडाउने पाईलट  देखि गाडी गुडाउने चालक सम्म , बसपार्क देखि रत्नपार्क सम्म,भोट हाल्न लाइन बसेका देखि पेट...

जम्मा १० करोडको खर्च गरे नेपालले निकास पाउने :- कौशल यादव

कौशल यादव  आफुलाई राष्ट्रवाद ठान्ने बहादुर राजनेताहरु यदि देशलाई निकास दिलाउन चाहन्छौ भने जनताको भावनालाई कदर गर। यदि सम्मान गर्छौ भने जनमतसंग्रहको फुकुवा गर । जनता जे चाहन्छ त्यही हुनुपर्छ । अहिले मधेशको करणले गर्दा नेपाल ले निकाश पाइरहेको छैन । यदि साच्चै देशलाई निकाश दिलाउन चाहन्छ भने मधेसको जनताको भावनालाई कदर गर।  अहिले हुन गाइरहेका स्थानीय चुनावमा मात्र एउटा बक्सा र एउटा ब्यालेट मात्र थापेर चुनाव गराउन सकिन्छ । त्यस्को लगि केही तयारी चाहिदैन ।  २ करोड जनसंख्याको हिसाब गर्दा पनि १० करोड मात्र थापे जनमतसंग्रह गराउन सकिन्छ । त्यसपछि त दुध को दूध...

आस्थाको राजनीति तथा राष्ट्रिय जनमोर्चाको चरित्र :– मोहनविक्रम सिंह

लेखक :- मोहनविक्रम सिंह गत केही दिन यता आस्थाको राजनीतिको प्रश्नमा कैयौँ लेख वा टिकाटिप्पणीहरू प्रकाशित भएका छन् । तिनीहरूमा नेपालका राजनीतिक दल वा सङ्गठनहरू राजनीतिक आस्था, मूल्य र मान्यताबाट धेरै विचलन भएको वा भ्रष्ट भएको कुराहरूको चर्चा गर्ने गरिएको छ । त्यो कुरामा धेरै नै सत्यता छ । नेपालका राजनीतिक सङ्गठनहरूको कार्य प्रणालीमाथि सरसरी प्रकारले पनि विचार गर्दा उनीहरूले मूल्य मान्यतामाथि कम ध्यान दिने गरेको र आफ्ना व्यक्तिगत महत्वाकांक्षा, फाइदा वा स्वार्थका लागि जुनसुकै प्रकारका अराजनीतिक, अनैतिक वा भ्रष्ट तरिकाहरू अपनाउने गरेका थुप्रै उदाहरणहरू पा...

गेट टुगेदर र पार्टीको नाममा युवा पुस्ताहरु होटलको बन्द कॊठाभित्र गलत कार्यमा फस्दै :- सुर्य चन्द

सुर्य चन्द, काठमाडौँ  डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र बसेर गलत कार्यमा फस्दै गरेका एक अध्ययनले बताएको छ  ।  स्वतन्त्रता हाम्रो नर्सैगिक अधिकार हो, हामीलाई हाम्रो जिबन स्वतन्त्र संग जिउने अधिकार पनि छ र स्वतन्त्र संग जिउन पाउनु पनि पर्छ । प्रसङ्ग यहाँ अहिलेका युवा जमातहरु, किशोर किशोरीहरु कुनै पनि बहानामा डिस्को, बार, गेट टुगेदर र रमाइलो पार्टीको नाममा युवा पुस्ताहरु रिसोर्ट होटलको बन्द कॊठा भित्र गएर मदिरा र जवानीको कुलतमा फस्दै नराम्रो बाटोमा त हिडिरहेका छैनन ?  हामीले हाम्रो छोरा छोरी, दाजु भ...

हङकङ ! तिम्रो समुन्द्रको नीलो पानीत नुनिलोपो रहेछ - लक्ष्मण सिटाैला

भियतनाम बाट ६ महिने वर्किङ भिसामा आएकी मिस यासिरा लाई मैले एक दिन हङ्कङ पार्कमा भेटे । तिनी लुकेर चुरोट प्युदै थिइन। साझको त्यस्तै ७ बज्दैथियो। यतिबेला दिन्भभरीको तनावग्रस्त शरीर लिएर मान्छे त्यही पार्क वरिपरि बहलाउछन। शायद तिनी पनि एक्छिन आफुलाइ बहलाउन त्यहा पुगेकी हुन। र चुरोटको सहायता लिदैथिइन।

शिक्षाको ब्यापार,अग्रेजी सपना र निजीकरण हुदै छ शिक्षा :- लक्ष्मण सिटौला

लक्ष्मण सिटौला  त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ बिभिषण श्रीलंकाली जनताको नजरमा देश द्रोही हुन। आफ्नै सहोदर दाजु लन्काधिपती रावणको  विरुद्धमा लागेर बध गराउने गुप्त योजनाको योजनाकार थिए बिभिषण। सत्य समय सापेक्ष हुन्छ कि हुन्न भनेर सोच्न बाध्य गराउने एउटा त्रासदीपुर्ण घटना थियो त्रेता युगको रावण राम बिचको युद्ध । अहिले हामी जुन शैक्षिक योग्यताको डिग्री लिइरहेका छौ त्यस्ले देशभक्त नागरिक  होइन असंख्य बिभीषणहरु जन्माइरहेको छ। र अहिलेको शिक्षण बिधि र बोर्डिङ स्कुलहरुलाइ म बिभीषणहरु जन्माउने कारखाना भन्छु।  एउटा बच्चा लगभग जन्मेको तीन बर्ष बाट ...

दुई दशक पछिको खुसी :- प्रेमबहादुर शाही

प्रेमबहादुर शाही दुई दशक पछि अर्थात वि.स. २०७४ साल बैशाख ३१ गतेका हुन लागेको स्थानीय तहको निर्वाचनले नागरिकहरुमा एक प्रकारको खुसीयाली ल्याएको छ । निकै उत्साहपूर्ण रुपमा आफ्नो अमुल्य मतदान गरी हाम्रो भन्दा राम्रो ब्यक्तिलाई जनप्रतिनिधीको रुपमा विजय गराउँदै छन । माओवादीले चलाएको दश वर्षे सशस्त्र द्धन्द्धपछि लामो समयसम्म स्थानीय निकायको चुनाव हुन सकेको थिएन । यति लामो समयसम्म स्थानीय तहको चुनाव नभएका कारण देशको विकास दुई दशकमात्र हैन सयौं वर्ष पछि धकेलीयो । आम नागरिकहरुले चाहेको र सोचेको जस्तो देशको विकास हुन सकेन । गाउँ घरमा स्थापना भएका सरकारकारी तथा गैर स...

कुलमान घिशिंङ्गलाइ यु.ए.इ.बाट अनुरोध :- मीन बहादुर पण्डित, हाल दुबई युएइ

संसारमा यस्ता पनि  व्यक्ति जनमिन्छन, जसले कहिले पनि आफ्नो नैतिकता, इमान्दारिता र  धर्यतालाइ  गुमाउदैनन । कहिले पनि लोभ  लालचमा पर्दैनन्, अरुको सम्पतिमा कहिले आँखा लगाउदैनन ।  देश सेवा र  समाज सेवा  उनीहरुको  रगतमै  बगेको हुन्छ । यस्ता इमान्दार र कर्तब्य निस्ट व्यक्तिलाई समाजका सबै बर्गले  चिन्न र  बुझ्न सकेका हुदैनन् । भनिन्छ हरेक मान्छेका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन  ।  कशै कशैको त् सकारात्मक पक्ष यति बलियो हुन्छ कि  त्यसले उसको नकारात्मक पक्षलाइ नै छायामा पारिदिन्छ,  त्यस्तो व्यक्तिका रुपमा उर्जा मन्त्रि जनार्दन सर्मालाई ...

सन्दर्भ नेजा साधारणसभाः हामी सिकाउने वर्ग, तर विचरा आफै जान्दैनौ :- शिव विष्ट

सन्दर्भ नेजा साधारणसभाः हामी सिकाउने वर्ग, तर विचरा आफै जान्दैनौ :- शिव विष्ट संसारकै सामान्य यथार्थ तथ्य के हो भने अरुलाई सिकाउनेले व्यक्ति आफु जान्ने हुनु पर्दछ । जो व्यक्तिले आफु नजानी अरुलाई सिकाउन खोज्दछन त्यतिखेर सिक्ने र सिकाउने दुवै दुर्घटनाको सिकार हुन्छन । यहि अवस्थाले यतिखेर संसारकै शक्तिशाली राष्ट्र अमेरिकामा बस्ने नेपाली पत्रकारहरुको संस्था (नेजा) मा आर्कषण भन्दा विकर्षण बढ्दै गएको मेरो ठहर छ । सामान्यतय पत्रकारहरुले सम्प्रेशण गर्ने समाचार पुर्णत तथ्यपरक हुन्छ र जनताको विश्वास त्यसैमा अडेकै हुन्छ । पत्रकारले सम्प्रेशण गर्ने समाचारकै आधारमा ...

मेलम्ची र केपी ओली :-

२०४७  सालमा कृष्ण प्रसाद भट्टराई अन्तरिम प्रधानमन्त्रि हुदा घोषणा भएको मेलम्ची खानेपानी आयोजना सुरु भएको २५ बर्ष भयो । सरखारले  आगामी दशैं अघि नै  काठमान्डौ बासीलाई मेलम्चीको पानि खुवाउने भने पनि अझै एक बर्ष पछि मात्र यो आयोजना पुरा हुने देखिन्छ  ।  त्यो बिचमा खिल राज रेग्मी र ज्ञानेन्द्र साह समेत  जोड्दा मुलुकले १० वटा प्रधान मन्त्रि पाई सक्यो । एदी योजना अनुरुप काम भएको भए सात बर्ष भित्र काम भै सक्नु पर्ने थियो । त्यशैले मेलम्ची आयोजना पुरा गर्न नसक्नुको नैतिक जिम्मेबारी दशै जना प्रधानमन्त्रीलाई जान्छ । बन्द हड्ताल, भस्टचार, कमिसन चक्र, फितलो व्यवस्थ...

महाअभियोग प्रकरण : परिणाम के हुने छ ? मोहन विक्रम सिंह

अहिले प्रधानन्यायधीश शुसिला कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरिएको छ । त्यो पारित हुन नसक्ने कुरा छर्लङ्ग छ । त्यो कुरा त्यो प्रस्तावका प्रस्तावकहरूबाट पनि लुकेको छैन । तैपनि करिब एक महिनापछि स्वतः अवकाश हुने प्रधानन्यायधीस विरुद्ध प्रस्ताव दर्ता गराउनु पर्ने आवश्यकता किन पर्‍यो रु त्यसका पछाडिको उद्देश्य उनको बाँकी रहेको छोटो कार्यकालमा सम्भावित फैसलाहरू रोक्नु नै थियो । कम से कम एक चौथाई सांसदहरूले महाभियोगको प्रस्ताव दर्ता गराएपछि उनी स्वतः निलम्बित हुने संवैधानिक व्यवस्था छ । त्यसरी त्यो महाभियोगको प्रस्तावले उनको बाँकी रहेको कार्यक...

संविधान र स्थानीय निर्वाचनबारे गैरजिम्मेवार खेलवाड :- मोहन विक्रम सिंह

लेखक :- मोहन विक्रम सिंह अहिले सत्तापक्षले जुन प्रकारको नीति अपनाउने वा कारवाही गर्ने कार्य गरिरहेको छ, त्यसबाट संविधानको कार्यान्वयन र स्थानीय निर्वाचन समेतबारे उनीहरूले अत्यन्त गैरजिम्मेवार खेलवाड गरिरहेको देखिन्छ । संविधान अत्यन्त महत्वपूर्ण दस्तावेज हो । त्यससित हाम्रा कैयौँ गम्भीर मतभेदहरू छन् । प्रथम, यो संविधान अर्धसामन्ती र अर्ध औपनिवेशिक व्यवस्थाभित्र बनेको छ । त्यसैले यसका आधारमा वास्तविक रूपमा देशमा पूँजीवादी प्रजातन्त्र पनि स्थापित गर्नु वा जनताका आधारभूत समस्याहरूको समाधान गर्नु सम्भव छैन । द्वितीय, यसले सङ्घीय प्रणाली अपनाएको छ । त्यो ने...

नेपालीले सजिलै विदेश घुम्न पाउने कि नपाउने ? मिन बहादुर पन्डित

संसार भरका हरेक मान्छेलाई  नयाँ नयाँ  ठाउ घुम्ने र देख्न्ने रहर अनि रुचि हुन्छ र यो मानबिय स्वभाब हो र तर हैसियत हुनेहरु घुम्छन, अनि  हैसियत नहुनेहरु  चाँही घुम्ने रहर गर्दा गर्दै, योजना बनाउदा बनाउदै, आर्थिक स्थिति सुधार्न खोज्दा खोज्दै सोर्ग जाने दिन आइसक्छ, अनि बिचारा के घुम्नु ? अधिकाम्श नेपालीको यहि हालत छ । फेसबुक चलाउने हैसियत भए पुग्यो नेपालीलाइ ? त्यहि हैसियत भएकोमा पनि प्रधानमन्त्रि ज्युले केहि दिन अगाडी चिन्ता जाहेर गर्नु भयो हैसियत नभएकाले कुरा काटे, बदनाम गरे भनेर र नेताहरुको पनि पहिले कुन हैसियत थियो । अहिले कुन हैसियतमा छन् ? जनतालाई प्रस्ट थाह...

स्थानीय निर्वाचन र राष्ट्रिय जनमोर्चाको भूमिका :- मोहन विक्रम सिंह

लेखक :- मोहन विक्रम सिंह राष्ट्रिय जनमोर्चाले आफ्नो घोषणा पत्रमा चुनावका लागि निम्न लिखित नाराहरू प्रस्तुत गरेको छ : प्रजातान्त्रिक विकेन्द्रीयता, संविधानको कार्यान्वयन, स्थानीय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान ¤ उक्त नाराले आजको देशको मुख्य राजनीतिक आवश्यकतालाई बताएको छ । प्रजातान्त्रिक विकेन्द्रीयताको अर्थ हो– सङ्घीयताको विरोध र एकात्मक प्रणालीको समर्थन । आज देशमा जुन प्रकारको एकात्मक प्रणाली छ, त्यसको प्रकृति प्रतिक्रियावादी, सामन्ती र केन्द्रीकृत प्रकारको छ । त्यस कारण त्यसलाई बदल्नु अहिलेको ऐतिहासिक र राष्ट्रिय आवश्यकता हो । तर ...

क्यानाडामा नेपालीको योगदानको प्रधानमन्त्रीले गरे प्रशंसा

रन्जु क्षेत्री टोरोन्टो । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडेउले आफ्नो देशका लागि नेपालीले उल्लेख्य योगदान गरेको बताएका छन् । नेपाली नयां वर्ष २०७४ को उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति, क्यानाडा मार्फत नेपाली समुदायलाई पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपालीको योगदानको प्रशंसा गर्दैै यो निरन्तर रहिरहेको समेत उल्लेख गरेका छन् ।

ईतिहास रच्ने व्यक्तित्व लायन राजेन थापा :- लायन मणी नेपाली पनेरु

कतिपय मान्छेहरुलाई थाहा नहुन सक्छ, विश्वको सबै भन्दा ठुलो सेवामुलक संस्था लायन्स इन्टरन्यास्नलले यो जुलाईमा आफ्नो ऐतिहासिक सत वार्षिक उत्सव मनाउँदै छ। अनी नेपाली जगतले एउटा अमुल्य उपहार पाउँदै छ, सेन्टेनियल डिस्ट्रिक्ट गभर्नर। हो मेरा सहकर्मी मित्र राजेन थापा त्यो ईतिहास रच्ने नाउँ हो, जोसङ्ग मिली लायन्सक्लब अफ बर्क्ली  अन्नपूर्ण जन्माउन मैले समेत अहम भूमिका खेल्ने मौका पाएको थिएँ। २००६ को अप्रिलमा चार्टर प्रेसिडेन्ट लायन राजेन थापाको नेत्रित्वमा एक ससक्त क्लब जन्मेको थियो जसले हामी सेवा गर्छौँ भन्नेलायन्स मूल मन्त्रलाई चरितार्थ गरिसकेको छ।

चुनाब अघि बजेट ल्याउनु घातक :- मिन बहादुर पन्डित

मिन बहादुर पन्डित        आकर्सक सब्दले भरिएको बजेट भासण सुनेर अब चाँही मावोबादी र कांग्रेसले देशको लागि  पक्का केहि गर्छन  भन्ने भान पारेर चुनाब जितिन्छ भन्ने रणनीतिले  बजेट भासण गरेर मात्र चुनाब गर्न खोजिएको  हो । नेपालको इतिहास साछी छ हरेक बर्ष बजेट भासण निकै नै आकर्सक हुने गरेको छ, तर काम गर्ने सैली भने पट्टकै  गतिलो छैन ।  बिगतमा पनि भ्रस्ट चरित्र भएका सरखारहरुको बजेट भासण निकै नै तारिफ योग्य र जनताको मत खिच्ने खालको थियो,  तर काम भने गतिलो केहि हुदैन थियो । अहिले पनि चुनाब अघि बजेट ल्याएर  जनतालाई ललिपप देखाएर चुनाब जित्न खोजिदै छ ...

गणत्रन्त्रले देश र जनतालाइ के दियो ? मिन बहादुर पन्डित

देशमा  गणत्रन्त्र कसरि आयो, र  गणत्रन्त्र  आएर आम जनतालाई के फाइदा भयो र के घाटा भयो भन्ने कुरा  हामीले प्रस्ट बुझ्न जरुरि छ ।  गणत्रन्त्रले जनतालाई केहि दिन नसके पनि नेताहरुलाई चाँही सब कुरा दिएको छ । गणत्रन्त्रले नेताहरुलाई पैसा, कुर्सि,  पावर, आफन्तलाई जागिर, विदेश भ्रमण, बिदेशी उपाचार आदि सबै कुरा दिएको छ । त्यशैले त् हाम्रा नेता गणत्रन्त्रको तारिफ गरेर कहील्यै थाक्दैनन् । तर जनतालाई फोश्रो कागजी अधिकार बाहेक केहि दिएको छैन, त्यशैले  हामि गणत्रन्त्रको  तारिफ किन गर्ने रु  हो गणत्रन्त्रमा सबै नेपालीलाई पुलिस र आर्मीमा जागिर खाने अधिकार दिएको छ, सर...

नेपालको विकासको अवरोधका कारणहरू : तिनीहरूको समाधान कसरी गर्ने :- मोहन विक्रम सिंह

मोहन विक्रम सिंह नेपाल विकासका लागि धेरै नै सम्भावना भएको देश हो । कृषि, उर्जा, उद्योग, पर्यटन आदि सबै क्षेत्रमा विकासका लागि हाम्रो देशमा धेरै नै सम्भावनाहरू छन् । गतकालमा सत्तामा गएको बेलामा विभिन्न राजनैतिक पार्टीका नेताहरूले नेपाललाई स्विजरलैण्ड वा सिङ्गापुर बनाउने कुरा गरे । त्यो सोचाइ विलकुल काल्पनिक पनि थिएन । वास्तवमा हाम्रो देशमा त्यस प्रकारको विकासको लागि वस्तुगत वा भौतिक आधारहरू छन् । नेपाल जलसम्पदामा धेरै नै धनी भएको हुनाले हाम्रो देशमा उर्जाको विकासको व्यापक सम्भावना भएको कुरा प्रष्ट छ । विजुलीको विकासले कृषि उद्योग,  यातायात र अरू सबै क्ष...

आज आमाको मुख हेर्ने दिन :- मनिष कुमार पाल

मनिष कुमार पाल् लम्जुङ्ग कृषी क्याम्पस्,सुन्दरबजार जननी।।जननी जन्मभूमिस्च स्वर्गदपि गरियसी। स्वर्गमा पनि कुन ठाउँ होला त्यो जहाँ आमाको काखमा झैँ शितल, शान्त, आनन्द अनि न्यानो ममता मिल्दछरु त्यसैले होला त्रिलोकेश्वर शिवले यहि धर्तिमा झरी ध्यान गरेको हुन सक्छ तेहि ध्यानपनि ममतामयी जन्मदाता आमाको। ूआमा तिमी छौ र आज म छुू । आज बैशाख कृष्ण औंसी आर्थात आमाको मुख हेर्ने दिन । आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिव...

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन :- मोहन विक्रम सिंह

अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम र विश्व समाजवादी आन्दोलन ( २०७४ वैशाख ९ गते लेनिन जयन्तीको उपलक्ष्यमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री का. मोहन विक्रम सिंहद्वारा प्रस्तुत अवधारणा–पत्र ) अहिले हामीले एक वर्षसम्म नै रूसको अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी कार्यक्रम मनाउँदै छौँ । त्यो शतवार्षिकी कार्यक्रमको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक दृष्टिकोणले पनि ठूलो महत्व छ । अक्टोबर क्रान्तिपछि नै रूसमा समाजवादी व्यवस्थाको स्थापना भयो र विश्व समाजवादी व्यवस्थाको नै निर्माण भयो । माक्र्सले समाजवादी व्यवस्थ...

सधै चर्चाको शाखा :- प्रेमबहादुर शाही

प्रेमबहादुर शाही  नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेख समय र परिस्थिति अनुसार निकै चर्चामा छाईरहने गर्दछ । कहिले आफ्नो सदस्य गुमाएकोमा, कहिले पत्रकाहरु वीच आन्तरीक द्वन्द्व, कहिले अकल्पित काम गरेर सवैको  छत्र छायाको  विषय बन्न पुगेको छ ।  १. ‘की मुक्ति की मुत्यु’ को नारालाई सामान्ति राजतन्त्रको अन्त्य गरी लोकतन्त्र सहितको गणतन्त्रको स्थापना गर्ने भनि सशस्त्र युद्धमा होमिएको समयमा तत्कालिन नेकपा माओवादीले निर्दोष पत्रकार डेकेन्द्रराज थापालाई हत्या ग¥यो । आफ्नो काम कर्तब्य र जिम्मोवारी भन्दा बाहिर गएको भनि विना प्रमाण डेकेन्द्रलाई मारियो ...

शब्दको कम्पन :- प्रेमबहादुर शाही

प्रेमबहादुर शाही  लेख्न, पढ्नु भनेको कुनै अपराध गर्नु हैन । जीवनमा कतिसम्म लेख्नु पढ्नु पर्दछ भन्नेमा न यसको न सीमा हुन्छ, न उम्मेर हुन्छ । शिक्षा एउटा अनन्त ज्ञान पनि हो । त्यसैले राम्रो शिक्षाले ब्यक्तिदेखि राष्ट्रलाई समेत ठूलो योगदान पु¥याएको हुन्छ । पढेलेखेका ब्यक्तिको वोलि ब्यवहारदेखि हरेक कुराहरुमा अन्य सामान्य ब्यक्ति भन्दा फरक हुन्छ । त्यसैले पछिल्लो समयमा मासिको बौद्धिक क्षमता यति धेरै वृद्धि भएको छ कि जसले छिनछिनमा विश्वमा एउटा चहलपहनै ल्याईदिन्छन । उनीहरुले लेखेका चोटिला र गहकिला विषय वस्तु यति शक्तिशालि हुन्छन ।  जसले त्यसको अध्यन उनीहरुल...

एकीकृत जनक्रान्तिको स्कुलिङ :- खेम थपलिया

खेम थपलिया रोल्पाको राङ्कोटमा बसेको बुद्धिजीवीको सङ्गठनको बैठकमा प्रचण्डले डा. बाबुराम भट्टराईतिर सङ्केत गर्दै यस्तो कथा भन्नुभएको थियो, “एकजना अभिभावकले आफ्ना दुई छोराहरूलाई विद्वान् र पारङ्गत बनाउन एउटा विद्वान् गुरुकहाँ लिएर गएछन् । त्यहाँ पु¥याएपछि भनेछन् कि जेठाचाहिँ ती वर्ष अर्को विद्वान्कहाँ बसेर पढिसकेको छ र यसलाई अलिकति थपथाप बुद्धि र ज्ञान दिएर पारङ्गत गराइदिनुहोला अनि कान्छालाई भने पूरै पारङ्गत बनाइदिनुहोला ।” उनको त्यतो कुरा सुनेर गुरुले भन्नुभएछ, “कान्छालाई त तीन वर्षमा म पारङ्गत बनाउन सक्छु तर जेठालाई त छ वर्ष लाग्छ ।” उनको कुरा सुन...

रगतदानमा मेरो होस्टेमा गतिलो हैंसे :- अर्जुन प्रसाद मैनाली

अर्जुन प्रसाद मैनाली  आजकल अमेरिकी नेपाली समुदायमा रगतदान कार्यक्रम धेरै लोकप्रिय हुँदै गएको छ । न्यू योर्कका करिब ८० नेपाली संघ९संस्थामध्ये जुनसुकैले रक्तदान कार्यक्रम गरे पनि अधिकांश तिनै रक्तदाता दोहोरिन्छन् । यस सन्दर्भलाई अलि स्पष्ट पारेर भन्नुपर्दा करिब ९ वर्षअघि फर्कनुपर्ने हुन्छ, जब रगतदानको यसो जग बसेको थियो । शुरूका दिनमा ती रक्तदाता अलि नखुलेका जस्ता, हिच्किचाएका जस्ता देखिन्थे । एक अर्थमा भन्नुपर्दा रगतदान गर्न डराउँथे । एकपटक रगतदान गरी हाले पनि अर्को पटक आउँदैनथे । उदाहरणका लागि सन २००८ देखी २०१० सम्म न्यूयोर्कमा ९ वटा रक्तदान कार्यक्रम ...

स्थानीय निर्वाचन र सिमाङ्कनको अन्तरसम्बन्ध :– मोहन विक्रम सिंह

अहिले सरकारले स्थानीय निर्वाचन गर्ने घोषणा गरेको छ । तर त्यो निर्वाचन हुने वा नहुने भन्ने कुरामा अझै पनि केही न केही अनिश्चितताको स्थिति छ । मधेशवादीहरूले उनीहरूका मागहरू पूरा नहुँदासम्म निर्वाचन हुन नदिने कुरा बताइरहेका छन् । सरकारले सिमाङ्कनको प्रश्नलाई छाडेर अन्य अर्थात् भाषा र नागरिकतासम्बन्धी विषयलाई चुनावभन्दा पहिले नै टुङ्गाउने कुरा पनि गरिरहेको छ । तर मधेशवादी दलले यो कुरामा जोड दिइरहेका छन् कि उनीहरूको मुख्य माग भनेको सिमाङ्कन नै हो । त्यो माग पूरा नहुँदासम्म अन्य मागहरू पूरा भए पनि उनीहरूलाई स्वीकार हुने छैन र स्थानीय निर्वाचन पनि हुन दिने छैनन् ...

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top