गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNAICC) अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष तथा बर्तमान सल्लाहकार टि.बी कार्कीको उम्मेदवारी सहित घोषणा पत्र


गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (NRNAICC) अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष तथा बर्तमान सल्लाहकार टि.बी कार्कीको उम्मेदवारी सहित घोषणा पत्र

आदरणीय सम्पुर्ण गैरआवसीय नेपाली सघंका सस्थापक,अग्रज अभियान्ता,गैरआवसीय नेपाली दिदीबहिनी तथा दाजुभाई एवम् पत्रकार मित्रहरुमा हार्दिक नमस्कार ।
विश्वभर छरिएर रहेका ५०लाख भन्दा बढी नेपालीहरुको साझा संस्था गैरआवसीय नेपाली सघं“नेपाली का लागी नेपाली”भन्ने मुल नाराका साथ सन् २००३मा स्थापना भई संसारभर ७७ वटा राष्ट्रहरुमा संजाल विस्तार सगै मातृभुमी नेपाल प्रति प्रतिबद्व भई अगाडि बढीरहको छ ।

गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषदको आसन्न आठौं महाअधिबेसन(२०१७–२०१९) कार्यकालका लागी नयाँ नेत्तृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ । यसै परिवेशमा एनआरएनएको अभियानमा झण्डै १२बर्ष देखि निरन्तर रुपमा सक्रिय रहदै विभिन्न सामाजिक संघसस्थाहरुको अनुभव,ज्ञान र सिप लाई सगाल्दै सम्पुर्ण एनआरएनहरुको हितमा कृयाशिल रही आएको सबैमा स्मरण गराउन चाहन्छु ।

संस्थाको हित र मुल्य मान्यताहरु लाई आत्मसाथ गर्दै सामुहिक नेत्तृत्व सगै सस्थागत निर्णय कार्यन्वयन गर्दै अध्यक्ष पदमा मैले उम्मेदवारी घोषणा गरेको सबैमा जानकारी गराउदछु । गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको कार्यसमिती सदस्य हुदै २००७ देखि२००९मा आइसीसी सदस्य पदमा रहि पाँचौ महाधिबेशन(२०११–२०१३)मा सचिव पदमा निर्विाचित भए सगै अझ शसक्त रुपमा विश्वभर रहेका गैरआवसीय नेपालीहरु विच साझा भावना लिएर काम गर्ने अभिप्राय लाई साथ दिदै (२०१३–२०१५)को छैठौं महाधिबेशन बाट उपाध्यक्षमा पदमा अमुल्य मत द्धारा विजयी भएको सबैमा अवगत नै छ । एनआरएनए लाई सस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय रहदै सातौ महाधिबेशन(२०१५–२०१७)मा हालका अध्यक्ष शेष घले सग केही मतको अन्तरका साथ पराजय भएता पनि सिङ्गो एनआरएनको अभियानमा अविच्चलित हुदै हाल सल्लाहकार पदमा रहि आफ्नो जिम्मेवारी लाई बहन गर्दै तपाईहरुको साथ र समर्थनको अपेक्षा सहित मैले अगामी नयाँ नेत्तृत्वको लागी अध्यक्ष पदमा उम्मेदवारी दिने दृण सकल्प गरेको छु ।
विश्व सञ्जालमा फैलिएको गैर आवसीय नेपाली सघंको उद्धेश्य प्राप्तिका लागी सबैको सहयोग र समर्थनको आसा र भरोसा सहित गैरआवसीय नेपाली संघको प्रगतीको पक्षमा विशुद्ध समाजिक भावनाले अगाडी बढ्ने मेरो विश्वास लाई सफल बनाई दिनुहुनेछ भन्ने पुर्ण अपेक्षा लिएको छु ।

गैरआवसीय नेपाली संघको उद्धेश्य प्राप्तिका लागी निम्न आधार सहित प्रतिबद्धता
 १,सार्क राष्ट्र भन्दा बाहिर रहेका १८३ दिन भन्दा बढी बिदेशमा बसोबास गर्ने नेपालीहरु लाई गैरआवसीय नेपालीको प्रमाणीकरण लाई सुरक्षित गर्दै समानता प्रदान गर्न ।
२,गैरआवसीय नेपाली संघको निर्माधिन भवन लाई अबको एक बर्ष भित्र सम्पन्न गर्न । ३,गैरआवसीय नेपाली संघको सस्थागत सदस्य लिएका सबै तहका सदस्यहरु लाई विदेशमा दुर्घटना भई कदमकदाचित अङ्गभङ्ग भएमा वा मुत्यु भएमा निजको परिवार लाई एनआरएनएको कोषको स्थापना गरी राहत को ब्यवस्था गर्दै परिवार लाई रोजगारीको अवसर प्रदान गर्न विशेष पहल गरिनेछ ।
४,मातृभुमी नेपाल लाई विश्व सामु चिनाउन शान्तिका अग्रदुत गौतम बुद्ध जन्मेको देश, विश्वकै सर्वोच शिखर सगरमाथा साथै प्राकृति जलसम्पदा, धार्मिक स्थल लगायत विविध नेपालको राष्ट्रिय गौरबहरु लाई विश्व सामु चिनाउदै नेपाली कला संस्कृति साहित्य तथा खेलकुद चलचित्र जस्ता प्रत्यक्ष क्षेत्रमा सहभागिता बढाउन पहल गर्दै अन्तर्र्रािष्ट्रय स्तरमा परिचित गराउन प्रयत्न गरिनेछ ।
५,एनआरएनए हजारे अभियान लाई ब्यवस्थित गर्दै अलग कार्यदल बनाई ठोस योजना सहित कार्यसम्पादनमा जोड दिइनेछ ।
६,पुर्ण अधिकार सहितको गैरआवसीय नेपालीका लागी नागरिकताको लागी पहल गर्ने ।
७,विभिन्न मुलुकहरुमा बसोबास गर्ने नेपालीहरुको आश्यकताको आधारमा गैरवासीय नेपाली संघ स्थापित देशहरुमा नेपाल सरकार सग समन्वय गर्दै विधालय तथा नेपाली सास्कृतिक केन्द्रको स्थापना गर्ने ।
८,एनआरएन द्धारा भुकम्प बाट प्रभावित क्षेत्रको पुर्ननिर्माण आवास लाई दुर्तगतिमा सम्पन्न गर्दै एक बर्ष भित्रमा हस्तान्तरण गर्नमा जोड दिइनेछ ।
९,गैरआवसीय नेपाली विभिन्न क्षेत्रमा ब्यवसाय गर्दै आईरहेका ब्यावसायीहरु लाई दुतावासको समन्वय गर्दै स्तरउन्नोतिमा आवश्यक सहयोग गर्ने ।
१०, विभिन्न राष्ट्रहरुमा खोलिएका गैरआवीय नेपाली संघ लाई सम्बन्धित राष्ट्रहरुमा दर्ता गर्दै नेपाली समुदाय साझा सस्थाको रुपमा विकाश गर्ने ।
११,बैदेशिक रोजगार लाई ब्यवस्थित र मर्यादित बनाउदै गैरआवसीय नेपाली संघले लिएको निती अन्तर्गत कल्याणकारी कोषलाई मजबुदत बनाई न्युनतम २० करोड सम्मको  अक्षयकोष स्थापनामा जोड दिने ।
१२,नेपालमा कृषी क्षेत्र लाई आधुनिकरण गर्दै  गैरआवसीय नेपाली तथा बैदेशिक लगानी लाई नेपालमा पर्यटन,जलविधुत,जडिबुटी र भौतिक पुर्वधारको विकाशका लागी पहल गर्ने ।
१३,नेपालमा हुने विभिन्न निर्वाचन प्रक्रियाहरुमा गैरआवसीय नेपालीहरुको मताधिकारको ब्यवस्था सुनिश्चित गर्न पहल गर्ने ।
१४,गैरआवसीय नेपाली संघको पहलमा खुल्ला विश्व विधालयको स्थापना कार्य लाई पुर्ण कार्यन्वयन गर्दै विदेशमा बसोबास गररिहेका विभिन्न पेशामा कार्यरत बैज्ञानिक,प्राविधिक चिकित्सक,बबसायी तथा दक्ष जनशक्तिहरुको शिप क्षमता र प्राविधिक ज्ञान लाई नेपालको हितमा अधिकतम प्रयोग गर्ने बातावरणको सृजना गर्न प्रयत्न गरिनेछ ।
१५,बैदेशिक रोजगारीमा जाने नेपालीहरु बाट प्रति ब्यक्ति १ हजार रुपैयाको दरले लिइएको रकम हाल चार अर्ब भन्दा बढी बैदेशिक रोजगार प्रर्बद्धन बार्डको कोषमा जम्मा भएको छ । उक्त जम्मा भएको रकम लाई खाडी मुलुकहरु मलेशिया, अफ्रिका,कोरिया, जापान लगायत अन्य मुलुकहरुमा बरोबास गर्ने पिडामा परेका प्रवासी नेपालीहरु र उनका परिवार लाई सहज ढङ्ग बाट उपलब्ध गराइनेछ ।
१६,घरेलु कामदारको रुपमा बैदेशिक रोजगारीमा जाने नेपाली महिला माथी देखिदै आएका समस्याहरु लाई निराकरण गर्दै  श्रम सम्झौता नभएका मुलुकहरुमा कामदारहरु पठाउन कानुनी दायरा मा ल्याउन पहल गरिनेछ ।
१७,बैदेशिक रोजगारी बाट स्वदेश फकिैएका नेपालीहरु लाई बैंक बाट ऋण सहज ढङ्ग बाट उपलब्ध गराई  आत्म स्वाभलम्बी बनाउन प्रयत्न गरिनेछ ।
१८,ल्च्ल्ब् ऋययिलथ एनआरएनहरुको बस्ति बसाल्ने ब्यवस्था गर्ने ।
१९,उच्च शिक्षा हाशिल गर्न विश्वका विभिन्न मुलुकहरु गएका लाखौ विधार्थीहरुका लागी  गैरआवसीय नेपाली संघले समन्वय गर्दै विशेष विभाग गठन गरी आबद्ध गर्ने ।
२०,नेपाली समुदायहरु बाट प्रवासका खोलिएका विभिन्न सामाजिक सस्थाहरु लाई एनआरएन मा समाबेश गर्दै नेपाली समुदायका विभिन्न कार्यक्रमहरुमा समाबेश गरिनेछ ।
२१,एनआरएनए द्धारा गठित विभिन्न विभाग तथा टाक्सफोर्सहरु लाई सम्बन्धित विषयहरुमा ज्ञान भएका ब्यक्तिहरु लाई  जिम्मेवारी दिदै हरेक काम को उपलब्धिहरुको रिर्पोटिङ्गहरु लाई विशेष महत्वका साथ हेरिनेछ ।
२२,्राष्ट्रिय महत्व बोकेका विभिन्न कलकारखानाहरु विविध कारण बाट हाल पुर्ण रुपमा बन्द भईरहेका बासवारी छालाजुता कारखाना, गोरखकाली टायर उधोग,बुटवल धागो कारखाना, विराटनगर जुटमिल,हिमाल सिमेन्ट लगायत अन्य उधोगहरु  तथा पुर्वाधारहरु निमार्णमा राज्य सग समन्वय गर्दै गैरआवसीय नेपालीको विशेष पहलमा संचालन ल्याउन पहल गरिनेछ ।
गैरआवासीय नेपाली संघको अभियानमा तपाईहरुको सल्लाह सुझाव तथा मार्गदर्शन लाई आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता सहित  अध्यक्ष पदमा  अमुल्य मत दिइ विजयी सुनिश्चताको लागी सबैमा सहयोग र समर्थनको अपेक्षा सहित हार्दिकताका साथ अनुरोध गर्दछु । धन्यबाद !

 टि.बी कार्की
अध्यक्ष पदका – प्रत्यासी उम्मेद्वार)
गैरआवसीय नेपाली सघं अन्तर्राष्ट्रिय समन्वय परिषद


 
 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top