व्यवसायिक बन्दै भूकम्प पीडित किसान


व्यवसायिक बन्दै भूकम्प पीडित किसान

रसुवा समाचारदाता
रसुवा असोज २६ गते । रसुवा जिल्लाको कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिका भूकम्प पीडित किसान परिवार व्यवसायिक बन्दै छन् । उनीहरुले व्यवसायिक खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् ।
विनाशकारी भूकम्पले पु¥याएको क्षति र ध्वस्त भएको घर समेत उभ्याउन नसकेका ग्रामीण किसान परिवार जीविकोपार्जनको लागि र व्यवसायबाट आम्दानी वृद्धि गरी नयाँ घर बनाउने अठोटका साथ केषि उद्यममा  सङ्लग्न भएका छन् ।

विनाशकारी भूकम्पपछि सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र जिल्ला भूमि अधिकार मञ्चको संयुक्त प्रयासमा बिपनन किसानहरुलाई व्यवसायिक तरकारी खेतीतर्फ आर्कषित गरेको छ । भूमिहीन तथा भूमिसँग सम्बन्धित समस्या भएका परिवारको आर्थिक अवस्था सुधार गर्न र यस्तो खेतीबाट हुने आम्दानीले भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा योगदान पु¥याउनको लागि जीविकोपार्जनमा आधारित पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिएको आत्म निभैर केन्द्रकी सुष्मा न्यौपानेले बताउनुभयो । कार्यक्रम अन्तर्गत ६ सय ९५ परिवार लाभान्वित भएका छन् । व्यवसायिक खेतीबाट आम्दानी वृद्धि भएपछि साना किसान एवम् भूकम्प पीडित परिवारको दैनिकी सहज हुँदै आएको संस्थाका कार्यक्रम संयोजक विश्वास नेपाली बताउछन् । उहाँका अनुसार भूकम्प पीडित परिवारले यस वर्ष कृषि उद्यमबाट १ करोड २२ लाख ९५ हजार १ सय रुपियाँ नगद आम्दानी बृद्धि गर्न किसानहरु सफल भएका छन् ।

किसानहरु भूकम्पको पीडा बिर्सेर गुमेको संरचना पुनर्निर्माण गर्नको लागि आयआर्जन बढाउन सक्रिय भएका छन् । कालिका गाउँपालिका वडा नं. २ गैराघरकी जुनकिरी लामिछानेले २ वटा गोलभेंटा टनेल निर्माण गर्नुभएको थियो । उहाँले एक वर्षमा ६५ हजारभन्दा बढी आम्दानी लिन सफल भएको बताउनुभयो ।  मकै र कोदो लगाइएको हो भने २ हजार रुपियाँ पनि आम्दानी लिन मुस्किल पर्ने जग्गामा बनाइएको २ वटा टनेलबाट यति धेरै आम्दानी लिन सकिएकोमा लामिछानेको परिवार खुसी छन् । जुनकिरीले भन्नुभयो “यो व्यवसाय पहिलो पटक गरेको राम्रो आय भयो , बजार पनि पाइने र भाउ पनि राम्रो पाइने रहेछ, नियमित गर्ने सोंच बनाएकी छु ।”  उहाले अहिले गोलभेंडा लगायत तरकारीहरु नजिकैको कालिकास्थानबजारमा बेच्दै आउनुभएको छ  । 

नौकुण्ड गाउँपालिका वडा नं. ५ भोर्लेकी रिमी माया मोक्तानले बाख्रा पालन सुरु गर्नुभयो । उहाँले सुरुवातमा ७ वटा बाख्राबाट सुरु गरी ५० हजार २ सय आम्दानी लिन सफल हुनुभयो । उहाँको घरमा अहिले पनि १६ वटा बाख्रा छ । उहाँ भन्नुहुन्छ हामी जस्तो पाखो पखेरो बसोबास गर्ने ग्रामीण भेगमा बाख्रा पालनबाट राम्रो आम्दानी लिन सकिने रहेछ, यसबाट म निकै खुसी छु । सजिलै आम्दानी लिन सकेको छु । उहाँले भन्नुभयो “बोका खसी खोज्न घरमै आउँछन्, घरैबाट विक्री गर्न सकिने भएकोले व्यवसाय निरन्तर गरी आम्दानीले नयाँ घर बनाउन सहयोग पुग्छ भन्ने आशा लिएकी छु । ”
उत्तरगया गाउँपालिका वडा नं. ४ पैरेबेशीकी ३० वर्षिय रोजिना घले टनेलमा व्यवसायिक गोलभेंडा खेतीमा लाग्नुभएको छ । भूकम्प पछि एक वर्षको अवधिमा यो खेतीबाट ७० हजार ५ सय रुपियाँ आम्दानी वृद्धि गर्न सफल हुनुभयो । उहाँले १ हजार ५ सय २५ केजी गोलभेंडा उत्पादन गरी नजिकैको बजारमा बिक्री गरी आम्दानी लिनुभएको हो । उहालाई आत्म निर्भर केन्द्रले तालिम दिई २ वटा टनेल निर्माण गर्नको लागि आर्थिक र प्रबिधिक सहयोग गरेको थियो ।

संस्थाको सहयोगमा नौकुण्ड गाउँपालिका वडा नं. ५ का १६ परिवारले व्यवसायिक मौरीपालन गरिरहेका छन् । मौरीपालनको लागि जिल्ला कृषि विकास कार्यालय र आत्मनिर्भर केन्द्रले संयुक्त लगानी गरी किसानलाई उत्प्रेरित गरेको थियो । जिल्ला कृषि विकास कार्यालय रसुवाका प्रमुख रमेश हुमागाँइका अनुसार जिल्लाभर मह राम्रो उत्पादन भई बिक्री हुने ठाउँ भोर्ले बन्दै गएको छ । आत्मर्निभर केन्द्रको समन्वय र सहयोगले कृषहरुलाई जीविका चलाउन मात्र नभई उद्यमी बन्न मद्दत मिलेको उहाँले बताउँनुभयो ।

किसानहरुलाई २ लाख भन्दा बढीको मह बिक्री गरी आम्दानी लिइसकेका छन् । आत्म निर्भर केन्द्रका कार्यक्रम संयोजक नेपालीका अनुसार तीन गाविसमा २ सय ६० परिवारलाई गोलभेंडा खेती, १ सय ५० परिवारलाई काउली खेती, ६७ परिवारलाई आलु खेती, ९६ परिवारलाई प्याज खेती, ५० परिवारलाई लसुन खेती, १६ परिवारलाई मौरी र १६ परिवारलाई बाख्रापालन गर्नको लागि सहयोग गरिएको छ । संस्थाले जिल्ला कृषि विकास कार्यालयसँग समन्वय गरी कृषकको उत्पादनको उचित बजार प्रवद्र्धन गर्नको लागि गाउँ गाउँमा सङ्कलन केन्द्र र जिल्लाभित्रका तथा जिल्ला बाहिरका बजारहरुसँग पनि सम्बन्ध स्थापना गर्न र पहुँच पु¥याउनको लागि मद्दत गरेको छ ।

सबै किसानहरू व्यवसायिकरुपमा खेती गरी आम्दानी बढाई भूकम्पमा गुमेको संरचनाको पुनस्र्थापना गर्ने योजनामा छन् । किसानहरूले उत्पादन गरेको कृषि उपजको बिक्री वितरणको लागि संस्थाकै सहजीकरणका तीनवटै गाउँपालिकामा कृषि उपज सङ्कलन केन्द्रहरू पनि स्थापना भई सञ्चालनमा आएका छन् । यस्ता सङ्कलन केन्द्रहरूले स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजको बिक्री वितरण स्थानीय बजारदेखि जिल्ला सदरमुकामलगायतका स्थापित बजार र छिमेकी जिल्ला नुवाकोटको बजारमा समेत पठाउने व्यवस्था मिलाएको छ । अहिले दैनिक रुपमा रसुवा चीनको नाका रसुवागढीसम्म उत्पादीत कृषि उपज बिक्री हुन थालेको छ । जिल्लामा यस अघि उत्पादन राम्रो थिएन, खाद्यन्न र तरकारी बाहिर बजारबाट आयात हुन्थ्यो अव क्रमशः निर्यात हुँदै जान थालेको छ ।

०७२ बैशाख १२ गते नेपालमा गएको भूकम्पको कारण अति प्रभावित भएको जिल्लामा पर्छ । यहाँको ९८ प्रतिशतभन्दा बढी घरधुरी भूकम्पको कारण पूर्ण क्षति भएको तथ्याङ्क छ । भूकम्प गएको यतिका समय वितिसक्दा पनि स्थायी पुनर्निर्माणको प्रक्रिया अघि बढ्न नसकेको र सरकारले नयाँ घर बनाउनको लागि दिने अनुदानले मात्र पर्याप्त नहुँने भन्दै विशेष गरी साना किसानहरू व्यवसायिक खेतीबाट आम्दानी गरी ध्वस्त संरचनाको पुनर्निर्माण गर्ने अठोटका साथ लागिपरेका छन् । गतवर्ष १ लाख रुपैयाँ आम्दानी गरी सयवर्ष पनि टनेलको गोलभेडा बेचेर १ लाख ७ हजार रुपैयाँ लिएको तरकारी र खेतीको आम्दानीले घर बनाउन समेत मद्दत मिलेको स्थानीय किसान कान्छी तामाङले बताउनुभयो ।
भोर्ले गाउँमा किसानले गरेको मौरी पालन र कालिका गाउँ पालिकामा गरेको बाखा पालन ।
तस्वीर हेमनाथ खतिवडा रसुवा गोप

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top