काँग्रेस सुनसरी–४ बाट प्रत्यक्षमा अर्थमन्त्री कार्की, समानुपातिकमा आचार्य


काँग्रेस सुनसरी–४ बाट प्रत्यक्षमा अर्थमन्त्री कार्की,  समानुपातिकमा आचार्य

काठमाडौं ।

सुनसरी कांग्रेसले जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका उमेर्द्वारहरु सिफारिस गरेको छ । पार्टीमा  कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उमेर्द्वार सिफारिस गरेको हो । यसै क्रममा  युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् ।

गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निर्बाचन लड्ने   मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम सिफारिस गर्न आचार्य सहमत भएका हुन् ।

२० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय छन् । माओबादी कालमा काँग्रेस भएकै कारण पटक पटक माओबादीबाट सांघातिक हमला तथा  अपहरणको सामना  गरेका  आचार्य स्थानीय जनतासामु लोकप्रीय नेता मानिन्छन् ।

पोखरा माहाधिवेशनमा सम्पन्न नेपाल तरुण दलको माहासचिबको लागि उमेर्द्वारी दिएर चर्चामा आएका आचार्य नीडर तथा शसक्त युवा नेताको रुपमा परिचित छन् । उनी लामो समयदेखी सामाजिक कार्यमा कृयाशील रहदै आएका छन् । उनलाई नेपाली काँग्रेस जिल्ला कार्यकार्यसमिति सुनसरीले समानुपातिकतर्फको कोटामा सिफारिस गरेको हो ।

जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उमेर्द्वारका रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top