अमेरिकाबाट ७५ हजार रुपैयाँ सहयोग


अमेरिकाबाट ७५ हजार रुपैयाँ सहयोग

उर्लाबारी, २५ असोज
मोरङको रतुवामाई–८ सिक्किमे टोलस्थित तुलशीराम ढुंगानाका पाँच सुस्त मनस्थिती भएका छोराछोरी लागि अमेरिकाको न्यू ह्याम्पसायर सीकोष्टमा रहेका नेपालीहरुले ७५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
बुधबार ढुंगानाको घरमै पुगेर मिक्लाजुङ गाउँपालिका वडा नं. १ घर भई अमेरिका बसोबास गर्दै आएका सचिन राई, उनकी पत्नी माला राई र छोरी आभा राईले सो रकम हस्तान्तरण गरेका हुन् ।

अमेरिकाको न्यू हेम्पश्री सीकोष्टमा रहेका नेपालीहरुको तर्फबाट संकलन भएको नगद ७५ हजारको साथै खाद्यान्य, लत्ताकपडा समेत उनीहरुले सहयोग प्रदान गरेका छन् । खाद्यान्य तथा लत्ताकपडा भने न्यू ह्याम्पसायर हुकसेटमा रहेकी माधबी गुरुङले सहयोग गरेकी हुन् ।

भिजन फाउण्डेशन नेपाल उर्लाबारीको संयोजनमा उक्त सहयोग प्रदान गरिएको र आगामी दिनमा पनि सकेको सहयोग गर्ने सहयोगी सचिन राईले बताएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा भिजन फाण्डेशन नेपालका अध्यक्ष राजु लामा, नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । सहयोग हस्तान्तरण गर्दै सहयोगीदाता सचिन राईले आगामी दिनमा पनि न्यू ह्याम्पसायर सीकोष्टमा रहेका नेपालीहरुके तर्फबाट सकेको सहयोग गर्ने बचन दिएका छन् । त्यस्तै, तुलसीरामकी पत्नी सिर्जना ढुंगानाले सहयोग दिँदै सहयोगीतादाहरुप्रति आभार प्रकट गरेकी छिन् ।
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top