लोकछहारी सहकारीको साधारण सभा सम्पन्न


लोकछहारी सहकारीको साधारण सभा सम्पन्न

मिना ढकाल
बुटवल, २३ असोज । लोकछहारी सामाजिक उद्यमी सहकारी संस्था लि. बुटवल १५, सेमलार रुपन्देहीको प्रथम साधारण सभा तथा अबिधेशन सम्पन्न भएको छ । साधारण सभामा बोल्ने बक्ताहरुले सहकारीको मुल्य मान्यता र सहकार्यको भावना अनुरुप संचालन गर्न सकेमात्र सहकारीको उद्देश्य प्राप्ती हुने कुरामा जोड दिएका थिए ।

सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष डोलराज अर्यालले सहकारीले साना किसान र साना उद्यमीलाई उद्यमीशिलताको बिकास तर्फ उन्मुख गर्नुपर्ने बताए । सहकारीको काम पूँजी संकलन मात्र प्रमुख कुरा नभएको उल्लेख गर्दै उद्यमशिलताको बिकासका लागि लगानी गर्नु र मुलुकलाई समृद्धि तर्फ लैजाने कार्यमा सहयोगि भुमिका खेल्नु पर्ने कुरामा अर्यालको जोड रहेको थियो ।

संस्थाका अध्यक्ष रमा खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका सल्लाहाकारहरु बेधानिधी रिजाल, प्रेमप्रसाद पौडेल, ईमबहादुर खड्का, उपप्राध्यापक किशोरकुमार खनाल, शेयर सदस्यहरु बिष्णु खत्री, सुमित्रा न्यौपाने, धन प्रसाद ढकाल, लिलाधर न्यौपाने, पत्रकार हरिश ढकाल लगाएतले सहकारीको बिकासका लागि ब्यबस्थापन, सिप बिकास, ब्यबसायमुलक तालिम आदी आवश्यक रहेको चर्चा गरेका थिए ।
सो अबिधेशनले पुनः रमा खड्काको अध्यक्षतामा ९ सदस्सिय कार्यसमिति सर्बसम्मत ढंगले चयन गरेको छ । जसको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः नन्दलाल बराल, रामनाथ माली र सरस्वती कंडेल रहेका छन । सदस्यहरुमा धनप्रसाद खनाल, गोमा खत्री, रामप्रसाद भुसाल, डिला कंडेल र हेमलाल पौडेल पनि सर्बसम्मत चयन भएका छन ।

साथै कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा तिन सदस्सिय लेखा समिति पनि निर्बिरोध चयन गरिएको निर्वाचन समितिका संयोजक अधिबक्ता गोबिन्द मरासिनीले जनाएका छन । जस्को सदस्यहरुका सुजित क्षेत्री र हरिमाया भुसाल रहेका छन । उपाध्यक्ष नन्दलाल बरालको स्वागत मन्तब्यबाट शुरु भएको सो कार्यक्रमको संचालन सचिव रामनाथ मालीले गरेका थिए ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top