"पानी अभियानकर्ताद्दारा आंशिक भीष्म प्रतिज्ञा फिर्ता"


श्री श्रीकृष्ण न्यौपाने
वारसवा पोल्यान्ड

हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् नारा अगाडि सारेर पोल्यान्डबाट फेसबूकको माध्यमबाट दाङबाट शुरूवात भएको पानी अभियान विस्तारै विश्वव्यापी भैरहेको र हरेक संघ संस्थाहरु सरकार सबैले चासो राखेको सन्दर्भमा र बिस्तारै पानी अभियानले गति लिएकोले पोल्यान्डको वारसवामा इनास पोल्यान्ड एन आर एन ए पोल्यान्ड प्रवासी नेपाली मन्च नेपाली जनसम्पर्क समिती पोल्यान्ड एवम कलिवूड पोल्यान्ड परिवार विश्व साइकल यात्री सबैको सहभागितामा वारसवामा एक कार्यक्रम गरि पानी अभियान कर्ता मित्र लाल पार्देले आंशिक भीष्म प्रतिज्ञा फिर्ता लिएका छन् । र जीवन भर सामाजिक काम पानी अभियानमा समर्पित हुने घोषणा पनि गरेका छन् । जुन दिन सम्म पानी अभियान शुरु भएको गाउँमा पानी हुने सुनिश्चितता हुँदैन त्यो दिन सम्म भोट नहाल्ने , घर नजाने र कुनै पदमा नउठ्ने घोषणा गरेका पानी अभियानकर्ताको अभियानमा बिस्तारै हरेक क्षेत्रमा रुचि हुँदै गएकोल र गाउँमा बोरिङ खनी पानी पनि निस्किएको र उपमहानगर पालिका एन आर एन इनास लगायत हरेक क्षेत्रमा चासो भएकोले  र उनले उठाएको नारा विस्तारै विश्वव्यापी बन्दै गएकोले उक्त भीष्म प्रतिज्ञा फिर्ता लिदै  आफुले उठाएको नारालाई विश्वव्यापी बनाइ हरेकले घर आगनमै पानी पाउने वातावरण गराउन हुन हर्दिक अनुरोध गरेका छन्  ।

    साथै जुन संस्थाले पानी आवाजलाई अगाडि बढाउदैन त्यहा उनी न पुग्ने भीष्म प्रतिज्ञा यथावत राखेका छन्  ।

फेसबूक स्ट्याटसबाट शुरु भएको पानी अभियानमा कसैसित नमागेर स्वस्फूर्त रूपमा झन्डै लगभग ४५  लाख घोषणा एवं  प्रतिबिद्द्ता विभिन्न क्षेत्रबाट आएको जानकारी उनले गराएका थिए । पानी अभियान सबैको साझा अभियान भएकोले उनले उठाएको पानी नारालाई हरेक राजनितिक वर्ग सरकार संस्थाले अगाडि बढाउदै हरेकले घर आगनमै  पानी पाउने वातावरण दाङ मात्र होइन पुरै नेपाल भरी अझ विश्वव्यापी हुनुपर्दछ भनेर उक्त कार्यक्रममा वक्ताहरुले राखेका थिए ।


 पानी अभियानमा साथ आफुले अघि पनि दिएको र पछि पनि दिने घोषणा विभिन्न व्यक्तिहरुले गरेका थिए । पानी अभियानमा सधै सक्रिय भएर लाग्ने र पानी अभियानको नारा अब समाजको नासो भैसकेको अवस्थामा सबैले अब सक्रिय भएर लाग्ने जानकारी विभिन्न क्षेत्रका व्यक्तित्वहरुले व्यक्त गरेका थिए भने एन आर एन पोल्यान्ड महासचिव एवं इनास पोल्यान्ड अध्यक्ष  श्री श्री कृष्ण न्यौपानेले नेपाल हुन लागिरहेको एन आर एन विश्व सम्मेलनमा एवम इनास विश्व सम्मेलनमा जोड्दार आवाज उठाउने प्रतिबद्द्ता व्यक्त गरेका थिए । साथै एन आर एन पोल्यान्ड संरक्षक डा श्री बोधराज सुबेदीले पनि अभियानमा आफुले विभिन्न सम्मेलनमा बोलेको र नारालाई अगाडि बढाउन हरेक व्यक्तिहरुलाई अनुरोध गरेको जानकारी दिएका थिए । स्मरण रहोस् पानी अभियानमा जापान एवम दक्षिण कोरिया हुँदै पोल्यान्ड आइपुगेका  विश्व साइकल यात्रीहरु विशाल केसी र युवराज विक्रम मैनालीले पनि अभियानको नारा विश्वव्यापी बनाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

पानी नारा  हरेकको दिमागमा बगिरहेको अवस्था र धेरैको स्वस्फूर्त साथ आइरहेको कारणले पानी अभियानकर्ता मित्रलाल पार्देको आंशिक भीष्म प्रतिज्ञा फिर्ता कार्यक्रममा प्रवासी नेपाली मन्चका निवर्तमान अध्यक्ष एवम सल्लाहाकार टन्क कटुवाल , प्रवासी नेपाली मंचकै प्रदीप अधिकारी , जनसम्पर्क समिती पोल्यान्डका उपाध्यक्ष एवं एन आर एन पोल्यान्ड उपाध्यक्ष जीवन केसी , एन आ र एन ए पोल्यान्ड अध्यक्ष गोपाल राई , जनसम्पर्क समिती सभापति डा श्रीमती अलिनी पोखरेल सुवेदी , प्रभाकर अधिकारी कलिवूड परिवारको तर्फबाट सुरज कार्की , स्वस्तिका लगायत देव प्रसाद कडेलले पानी अभियानलाई हर समय साथ दिने विचार व्यक्त गरेका थिए ।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top