अमेरिका नेपाल सोसाइटीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी


अमेरिका नेपाल सोसाइटीको अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी
विजय थापा 
 
उत्तर अमेरिका कै नेपाली समुदाय को सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटी डिसी को अध्यक्ष पदमा प्रभा भट्टराई देउजा बिजयी भएकी छिन् l उनले ६ सय ३९ मत प्राप्त गरि बिजयी भएकी हुन् l उनका निकटतम प्रतिद्वन्दी प्रेम पौडेलले ५ सय १५ मत प्राप्त गरि उप बिजेता बनेका छन् l 
 
प्रारम्भिक चरणमा अध्यक्ष का प्रत्यासीमा प्रा बिष्णु घिमिरे रहेता पनि अन्तिम समयमा उनले प्रेम पौडेललाई समर्थन जनाउदै प्रथम उपाध्यक्ष पदमा उनकै गुट बाट उम्मेदवारी दिएका थिए l 
 
यसै गरि प्रथम उपाध्यक्षमा प्रा बिष्णु घिमिरे ,द्वितीय उपाध्यक्षमा कृष्ण अधिकारी ,महासचिबमा सुदिप पोख्रेल निर्वाचित भएका छन् l यसै गरि सचिबमा अन्जना बुढाथोकी सापकोटा ,कोषाध्यक्षमा शुभ शाक्य निर्वाचित भएकी  छन् भने संचार संयोजकमा निलु उप्रेती निर्बिरोध बिजयी भएकी हुन् l 
 
अक्टोबर ८ तारिख बिहान ८ बजे देखि साँझ ५ बजे सम्म निर्वाचन को मतदान गरिएको थियो l अमेरिका नेपाल सोसाइटी को निर्वाचन गराउन ५ सदस्यीय निर्वाचन समितिमा प्रमुख निर्वाचन आयुक्त ठाकुर पुडासैनी (बिद्या वारिधि ) ,निर्वाचन आयुक्त न्यान्सी छेत्री , निर्वाचन आयुक्त माधवी बस्नेत कार्की , निर्वाचन आयुक्त निरन्जन अधिकारी तथा  निर्वाचन आयुक्त इन्द्र श्रेष्ठ रहेका थिए l 
 
अमेरिका नेपाल सोसाइटी आज भन्दा ५० बर्ष अघि १९६७ जनवरी १९ मा अमेरिकी पूर्व राजदूत ईल्सवर्थ बन्कर र नेपाली पूर्व राजदूत पदम् बहादुर खत्रीको बिषेश पहलमा १२५ जनाको उपस्थितीमा अमेरिकाको राजधानी वासिंगटन डिसीको ईन्टरनेसनल क्लबमा गठन भएको थियो। 
 
यसको मानार्थ अध्यक्ष र उपाध्यक्ष पद क्रमस ईल्सवर्थ बन्कर र पदम् बहादुर खत्री स्वयंले ग्रहण गरि संस्थाको सभापतीको रूपमा अमेरिकी सैनिकका निवृतिभरण प्राप्त कर्णेल विलियम ग्रासमले नेतृत्व गर्नु भएको कुरा उपलब्ध दस्ताबेजमा उल्लेख छ। उक्त पहिलो कार्यसमितिमा नेपाली बिधार्थी ठाकुर नाथ पन्तको सहभागिता थियो।
 
अध्यक्ष पद कि प्रत्यासी प्रभा भट्टराई देउजाले मूल त् यूवा वर्गलाई ज्यादा प्रकाश पर्ने र उनीहरुलाई समेट्ने कुरामा जोड दिदै मुख्य कार्यसूची बनाएकी थिइन् l 
 
 
 
 

5 Attachments

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top