पत्रकार देवकोटा काँग्रेसको समानुपातिक तर्फ सिफारिस


पत्रकार देवकोटा काँग्रेसको समानुपातिक तर्फ सिफारिस

विदुर । नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य एवं नेपाल ट्रेड युनियन काँग्रेसका नुवाकोट अध्यक्ष शिव देवकोटालाई नेपाली काँग्रेस नुवाकोटले प्रदेशसभा निर्वाचन तर्फ समानुपातिक उमेदवार वनाउन केन्द्रीय समितिलाई सिफारिस गरेको छ । नेपाली काँग्रेसले शनिवार केन्द्रीय समितिमा बुझाएको सिफारिस विवरण अनुसार नुवाकोट जागरण साप्ताहिकका कार्यकारी सम्पादक समेत रहेका देवकोटालाई नुवाकोटको निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा १ वाट समानुपातिक उमेदवार वनाउन सिफारिस गरिएको छ ।

नुवाकोट काँग्रेसले समानुपातिक तर्फ सिफारिस गरेका देवकोटा २०४७ सालमा नेपाल विद्यार्थी संघको पहिलो विदुर नगर समितिको सदस्य, २०५४ सालमा जिल्ला सदस्य, यसअघि नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र काँग्रेसको जिलिङ इकाईवाट निर्वा्चित जिल्ला अधिबेशन प्रतिनिधी रहँदै हाल नेपाल ट्रेड युनियन काँग्रेसको जिल्ला अध्यक्ष रहेका छन् । देवकोटाले गत संबिधानसभा निर्वाचनमा नुवाकोट क्षेत्र नं १ का काँग्रेस उमेदवार अर्जुननरसिंह केसीको प्रमुख निर्वाचन प्रतिनिधी र गत स्थानीय निर्वाचनमा विदुर नगरपालिकाको निर्वाचन प्रचारप्रसार र मतगणनामा समेत काँग्रेसको तर्फवाट नेतृत्वदायी भूमिका निर्वाह गर्दे निर्वाचन परिचालनमा आफ्नो क्षमता प्रदर्शन गरिसकेका छन् । 

२०६२ ÷ ६३ को जनआन्दोलनमा नुवाकोट र काठमाडौंमा गरि पटक पटक प्रहरी हिरासतमा परेका देवकोटा नुवाकोटमा पार्टीले विपक्षी संग प्रतिस्पर्धा गर्ने हरेक तहको निर्वाचनमा पार्टीका पक्षमा स्पष्ट अडानका साथ प्रस्तुत हुने शैलीका कारण विपक्षीहरुको आँखाको तारो समेत वन्दै आएका छन् ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top