नेपालि कांग्रेश भित्र लोकप्रिय नेताको रुपमा स्थापित हुदै - कर्मा छिरिङ शेर्पा


नेपालि कांग्रेश भित्र लोकप्रिय नेताको रुपमा स्थापित हुदै - कर्मा छिरिङ शेर्पा

काठमाडौँ : नेपाली खेलकुद क्षेत्रमा बिसेष गरि फुटबल खेलको बिकाशको लागि अहोरात्र खट्ने चर्चित पात्रका रुपमा परिचित कर्मा छिरिङ शेर्पाले अहिले राजनीतिमा समेत बलियो पकड बनाएका छन l नेपाली कांग्रेश काठमाडौँ क्षेत्र न ४ प्रदेशसभा (क) बाट प्रदेश सभासदको लागि नाम सिफारिस भएका शेर्पा नेपालि कांग्रेश बाट सक्रिय राजनीति गर्दै आएको युवाहरु देखि लिएर बृद वृदाहरु समेत सम्पूर्ण काठमाडौँ क्षेत्र न ४ प्रदेशसभा (क) वडा न १,७,८ र ३० का   बासिन्दाहरुको भावनालाई समेटेर काम गर्न सक्ने क्षमता भएको हुदा अहिले उनको चर्चा यस क्षेत्रमा चुलिदै गएको छ l

अखिल नेपाल फुटबल संघ एन्फाका निबर्तमान उपाध्यक्ष, हिमालयन शेर्पा क्लबका बर्तमान अध्यक्ष, २०४५ सालमा ने वी संघ क्याम्पस ईकाईको अध्यक्ष,४७/४८ ने वी संघको जिल्ला सदश्य,२०४९/५० काठमाडौ जिल्ला ने वी संघ उपाध्यक्ष,२०५१/५३ ने वी संघ केन्द्रिय सदस्य,२०५४ सालमा पुन स्थापित तरुण दलको केन्द्रिय कार्यलय सचिब २०५८ सम्म, २०५९ साल देखि तरुण दल केन्द्रिय सदश्य, हाल नेपाली कांग्रेश महासमिति सदश्य काठमाडौ क्षेत्र नम्बर ४ बाट  समेत रहेका कर्मा छिरिङ शेर्पा फुटबल शुद्धिकरण अभियानका अगुवाको रुपमा परिचित छन र खेलकुदलाई भ्रस्टचार मुक्त बनाइ अनुशासित बनाउने प्रमुख अभियन्ताको रुपमा पनि परिचित छन l

समाजसेवा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका शेर्पा नेपाली कांग्रेश काठमाडौँ क्षेत्र न ४ प्रदेशसभा (क) बाट प्रदेश सभासदमा नाम सिफारिस भए संगै यस क्षेत्रका जनताको ध्यान उनि तर्फ केन्द्रित भएको छ l  राजनीति समाजसेवाको ससक्त माध्यम मान्ने कर्मा छिरिङ शेर्पा  बिगत लामो समय देखि सामाजिक कार्यमा अग्रणी भूमिका खेल्दै सधै नेपाली जनताहरुको हक हितको लागि लड्दै आएका एक इमान्दार, स्वच्छ छबि भएका कर्मठ युवा नेताको रुपमा परिचित छन् l सधै खेलकुद तथा सामाजिक कार्यमा संलग्न भएर देश बिकाशमा टेवा पुर्याउदै आएका युवा नेता कर्मा छिरिङ शेर्पा राजनीतिलाई पेशा बनाउन हुन्न भन्नेमा विश्वास राख्छन। अहिले उनि आफ्नो बौद्दिक क्षमता आफ्नो काम, उनका ज्ञान र सिपका कारण पनि यस काठमाडौँ क्षेत्र न ४ का जनता माझ परिचित र लोकप्रिय भएका छन् । सर्ब साधारण जनता, युवा जमात, देखि केन्द्रिय स्तर सम्म राम्रो पकड बनाएका शेर्पा एक निडर, हक्की, स्वच्छ छबि तथा स्पष्टबक्ता युवा नेताको रुपमा परिचित समेत छन l यदि काठमाडौँ क्षेत्र न ४ प्रदेश सभा (क) वडा न १,७,८ र ३० बाट उनले टिकट पाएको खण्डमा उनको जित समेत सुनिचित रहेको यस क्षेत्रका बासिन्दा तथा राजनीति जानकारहरु बताउछन l

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top