वुमेन इन कन्सर्ट २०१७ का कलाकार अमेरिकामा ,सिनसिनाटी मा आज पहिलो प्रस्तुति


वुमेन इन कन्सर्ट २०१७ का कलाकार अमेरिकामा ,सिनसिनाटी मा आज पहिलो प्रस्तुति
विजय थापा 
 
“वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् l कलाकारहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् l विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहने सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् कलाकारहरुले ईनेप्लिज मार्फत उक्त जानकारी गराएका हुन् l
 
कलाकारहरु न्युयोर्क बाट पेनसेलभेनिया हुदै सिनसिनाटी जाने कार्यकम रहेको छ l आज साँझ भुटनीज समुदाय सिनसिनाटी ले आयोजना गर्ने छन् भने वुमेन इन कन्सर्ट २०१७ को पहिलो कार्यक्रम हुदै छ l
 
आज सिनसिनाटी कार्यक्रम पछि सिनसिनाटी समेत गरेर अमेरिकाका ९ वटा शहर सेन्ट लुइस ,एट्लान्टा ,बोस्टन ,न्युयोर्क,वाशिंगटन डिसी ,बाल्टिमोर ,ड्यालस,ओकलाहामा अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली ,कलाकार आस्था राउत र पूर्व नेपाल सुन्दरी मलिना जोशी सहितको सांगीतिक टोलिले अक्टोबर २९ सम्म अमेरिकामा प्रस्तुति गर्ने छन् l
 
अमेरिका विभिन्न राज्यमा हुने यो संगीत कार्यक्रमको आयोजना भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्टले गर्ने छ भने ईनेप्लिज संचार सहयात्री रहेको छ l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ अन्तर्गत सिनसिनाटीमा आज अक्टोबर ७,सेन्ट लुइसमा अक्टोबर ८ ,एट्लान्टा मा अक्टोबर १५ ,बोस्टनमा अक्टोबर १७ ,न्युयोर्कमा अक्टोबर २० ,वाशिंगटन डिसीमा अक्टोबर २१ ,बाल्टिमोरमा अक्टोबर २२, टेक्सस ड्यालसमा अक्टोबर २७ तथा ओकलाहामा अक्टोबर २९ तारिख कार्यक्रम गर्ने हुने छ l
 
यस वुमन इन कन्सर्ट युएस यात्रा २०१७ कार्यक्रममा समाजमा उल्लेखनीय योगदान गर्ने महिलालाई न्युयोर्कमा सम्मान गरिने छ l
 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top