अक्षयकोष सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम हुदैँ


अक्षयकोष सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम हुदैँ

उर्लाबारी ।

मोरङको मिक्लाजुङ –४ स्थित टाँडीमा टाँडी युवा क्लबको अक्षयकोष सहयोगार्थ बृहत साङ्गितिक कार्यक्रम हुने भएको छ । टाँडी युवा क्लबको आयोजनामा दिपावलीको अबसरमा आगामी कात्तिक ५ गते साङ्गितिक कार्यक्रम हुन लागेको हो ।

स्थानिय सरस्वती माबिको प्राङ्गणमा हुने उक्त कार्यक्रममा चर्चित गायक श्रीकृष्ण लुइँटेल “बोकेदारि”, पूर्वेली गायक समीर बिक, लोकगायक एल.पि जोशीका साथमा अन्य गायक गायिकाहरुको पनि प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ । साथै बिभिन्न स्थानीय ब्यान्ड र डान्स सेन्टरको प्रस्तुती समेत रहने कार्यक्रमका संयोजक तथा क्लबका अध्यक्ष महेन्द्र थेगिमले जानकारी गराएका छन् । उक्त कार्यक्रममा पुराना लोकगायक तथा स्रष्टा एल.पि जोशी र मिक्लाजुङका जनप्रतिनिधिहरुलाई पनि क्लबले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

दिपावलीमा दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उदेश्यले क्लबको अक्षयकोष सहयोगार्थ कार्यक्रमको आयोजना गर्न लागेका हौ, थेगिमले भने, हाम्रो टाँडी राम्रो टाँडी भनेर चिनाउनुका साथै स्थानीय स्तरमा साङ्गितिक माहोल बनाउन पनि यस कार्यक्रमले सहयोग पुरयाउने अपेक्षा राखेकाछौं । गत वर्ष पनि साङ्गितिक कार्यक्रमको सफल आयोजना गरेको क्लबले कार्यक्रमको तीब्र तयारी गरिरहेको क्लबका उपाध्यक्ष सुजन सरगमले बताएका छन् ।  

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top