प्रदेश सभा निर्वाचन अन्र्तगत काठमाडौं–३ मा गजेन्द्रकुमार लामाको पक्षमा माहोल


प्रदेश सभा निर्वाचन अन्र्तगत काठमाडौं–३  मा गजेन्द्रकुमार लामाको पक्षमा माहोल

नेपाली कांग्रेस काठमाडौंमा गजेन्द्रकुमार लामा ूआले मामाू अत्यन्त सुपरिरिचत नाम हो । बौद्धिक तथा सामाजिक व्यक्तित्व लामाले बेलायतको प्रसिद्ध University– University of Reading, U.K बाट च्गचब Rural Social Development मा स्नातकोत्तर तह सम्मको अध्ययन पूरा गर्नु भएको छ । विपी कोइरालाको समाजवादी सिद्धान्तबाट प्रभावित भई नेपाली कांग्रेसको राजनीतिमा आबद्ध हुनु भएका लामाले नेपाली कांग्रेसका विभिन्न भातृ संगठनमा रहेर आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक पूरा गरिसक्नु भएको छ ।

नेपाली कांग्रेस वडा नम्बर ६ को पूर्व इकाई समिति सभापति, काठमाडौं नगर समितिको पूर्व सचिव, पूर्व महाधिवेशन प्रतिनिधि हुँदै लामा हाल नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । २०४६ सालको पहिलो तथा २०६२–६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रुपमा सहभागी लामा लुम्बिनी विकास कोषको पूर्व उपाध्यक्ष तथा पूर्व कोषाध्यक्ष समेत रहिसक्नु भएको छ । उहाँको कार्यकालमा लम्बिनी विकास कोष मार्फत् भएका विकासका कामहरुलाई अहिले पनि सबैले उदाहरणीय कार्यको रुपमा लिने गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिको पूर्व अध्यक्ष रहनु भएका लामाले बौद्धनाथ क्षेत्र विकास समिति मार्फत् गरेका कामहरु उत्तिकै प्रशंसनीय छन् ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको अध्यक्ष तथा कोषाध्यक्ष, अर्थोपेडिक अस्पताल संचालक समितिको अध्यक्षको रुपमा आफनो भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नु भएका लामा हाल श्री बौद्ध तामाङ कल्याण गुठीका सल्लाहकार एवं प्रतिष्ठित श्री महेन्द्र बौद्ध सामुदायिक विद्यालय सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ । आबद्ध भएका सबै किसिमका सामाजिक संघ संस्थाहरुको स्तर उन्नतिमा लागी कुनै पनि विवादमा नमुछिनु भएका लामा सुप्रवल गोरखा दक्षिण बाहु तेस्रोबाट समेत विभूषित हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा राम्रो दख्खल राख्नुुहुने लामाले भारत, श्रीलंका, अमेरिका, बेलायत लगायतका मुलुकहरुको भ्रमण गरिसक्नु भएको छ ।

लामाले प्रतिस्पर्धा गर्ने क्षेत्र (काठमाडौं महानगरपालिका वडा नम्बर–६, गोकर्णेश्वर नगरपालिका वडा नम्बर (६ र ९) मा जनजाति समुदायको भोट उल्लेख रुपमा रहेकाले पनि कांग्रेसको तर्फबाट आधिकारिक उम्मेदवारलाई विजयी गराउने हो भने लामा बाहेक अन्य उम्मेदवारको विकल्प नरहेको स्थानीय बुद्धिजीवीहरुको भनाइ रहेको छ ।  जनजातिसँगै गैर जनजाति समुदायमाझ पनि अत्यन्त लोकप्रिय, मिलनसार तथा मृदुभाषी रहनु लामाको विशेषता हो ।  यिनै कारणले आसन्न प्रदेश सभा निर्वाचनमा लामालाई नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा बलियो उम्मेदवारको रुपमा लिइएको छ । विपक्षी दलहरुले पनि लामाले टिकट पाएको खण्डमा उहाँको जीत सुनिश्चित हुने अड्कलबाजी गरेका छन् ।

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top