गैरआवासीय नेपालीहरुको प्रिय पात्र त्रिलोक (यमकुमार) गुरुङ


 गैरआवासीय नेपालीहरुको प्रिय पात्र त्रिलोक (यमकुमार) गुरुङ
गैरआवासीय नेपालीहरुको प्रिय पात्र त्रिलोक (यमकुमार) गुरुङ एनआरएनए महासचिबमा बिजय हुने सुनिश्चित 

काठमाडौँ : गैरआवासीय नेपालीहरुको लोकप्रिय पात्र त्रिलोक (यमकुमार) गुरुङ एनआरएनए महासचिबमा बिजय हुने लगभग सुनिश्चित जस्तै भएको छ l एनआरएनको विश्व सम्मेलन यहि आउदो अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुन गईरहेको परिस्थितिमा सम्पूर्ण गैरआबासिय नेपालीहरुको सर्बप्रिय तथा सबैका रोजाइमा परेका त्रिलोक गुरुङलाइ संसारभर छरिएर बसेका गैरआवासीय नेपालीहरुको साथ मिल्दै गएको छ l गैरआबासिय नेपालीहरुको भावानालाइ समेटेर, उनीहरुको समस्या तथा सस्थालाई एक ढिक्का बनाएर लैजान सक्ने नेतृत्वदायी क्षमता भएका त्रिलोक गुरुङ हरेक नेपालीहरुको दुखमा समेत एकबद्द भएर हातेमालो गर्दै गैरआवासीय नेपाली संघलाइ हाक्न सक्ने खुबी भएका सबल व्यक्तित्वका धनि हुन l  एनआरएनएको स्थापनाकालदेखि गैरआवासीय नेपाली संघमा सक्रिय रहेका गुरुङ एक स्वच्छ छबि भएका व्यक्तिको रुपमा परिचित छन l बैदेशिक लगानीलाई नेपालमा भित्राएर मुलुकलाई समृद्ध बनाउदै आत्मानिर्भर बनाउने तथा एनआरएनहरुले देशलाई बिकशित बनाउन खेलेको भूमिकामा अग्र स्थानमा रहेर नेतृत्व गर्दै आएका गुरुङ भन्छन  ‘एनआरएए हाँक्न भावनासँगै प्रतिबद्धता पनि चाहिन्छ तसर्थ पनि त्रिलोक गुरुङ अहिले महासचिब पदका प्रमुख दाबेदारको रुपमा उभिएका छन ।

नेपालको लागि नेपालि भन्ने मूल मान्यता सहित अगाडी बढेको गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद ( एनआरएनए आइसीसी ) को विश्व सम्मेलन नजिकिदै गरेको परिस्थितिमा हङकङ निबासी बरिष्ट समाजसेवी यम कुमार गुरुङ "त्रिलोक" को चर्चा संसारभरका नेपालि बीच चुलिएको छ  ।गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद बिशुद्द नेपाल र नेपालिको लागि हुनु पर्छ र यस सस्थालाई राजनीति हस्तक्षेप बाट टाडा राखेर सामाजिक दायित्वमा लगाउनु पर्छ भनेर लागि परेका गुरुङ अहिले एनआरएनए आइसीसीमा महासचिवको बलियो उम्मेदवारको रुपमा प्रस्तुत भएका छन् । उनी भन्छन ‘संस्थागत रुपमा एनआरएनए अभियान अघि बढाउन हामीले निकै ठूलो प्रत्यन पनि गरेका छौं तर हामीले अझ निकै गर्न बाँकी छ यसैका लागि अझ सक्रिय भएर लाग्नको लागि मैले महासचिवमा उम्मेदवारी  घोषणा गरेको हुँ । संस्थालाई अझै बिश्वासिलो र भरोसा योग्य बनाउन भिजन २०२० एण्ड बियोण्डलाई पारित गर्दै कार्यान्वयन गर्नुको विकल्प नभएको बताउने उनि महासचिवका रुपमा काम गर्दा आफूले नेपालमा सीप र पूँजी लगानी, बैदेशिक रोजगार कल्याणकारी कोषको सञ्चालन गर्ने समेत उनको प्रतिबद्दता छ l

 

प्रबासी नेपालिहरुको समस्या र समाधानमा सदैब अबिभाबकको भूमिका निर्बाह गर्दै एनआरएनएहरुको समस्याहरुमा लड्दै उनीहरुलाई उचित न्याय दिन तत्पर रही एनआरएनएको सस्थागत विकास लागि आफुलाइ एक सक्षम र योग्य उमेद्वारीको रुमा प्रस्तुत गर्दै र विशेषत बैदेशिक रोजगारमा रहेका नेपालीहरुका विकराल समस्याहरुको समाधानमा आफ्नो विशेष पहल हुने र नेपालमा बैदेशिक लगानी भित्राउन तथा एनआरएनएलाई संस्थागत गर्न लागि पर्ने लगायतका प्रतिबद्धहरु सहित उनि महासचिब पदको प्रत्यासी बनेका हुन ।

मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अबस्थामा, मुलुक पिडाले रुएको बेला, छटपटाको बेला, नेपालि जनताहरु सहयोग खोजि रहेको बेला हर समय सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आएका महासचिब पदका प्रत्यासी यम कुमार गुरुङ "त्रिलोक" अहिले सबै  गैर आवासीय नेपालीहरुको रोजाइमा परेका चर्चित व्यक्तित्वको रुपमा परिचित छन  । मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर सबैको गैर आवासीय नेपाली र जन्मभूमि नेपालको हकहितमा लडिरहने एनआरएनएका सक्रिय बरिष्ट समाजसेवी त्रिलोक गुरुङ गैरआवासीय नेपालीहरु बीच चर्चामा रहेका पात्र हुन  । जब जब मुलुकलाइ संकट पिडा पर्छ त्यस समय सदैब पिडित समक्ष पुगेर उनीहरुको पीडालाई राहत प्रदान गरि उनीहरुको घाउमा मलम लगाउन सक्षम तथा एनआरएनएको गरिमालाई अझ बढाउदै आएका गुरुङ नेपालमा बैदेशिक लगानी भित्राएर नेपालको आर्थिक बृदिदर बडाउन र नेपाललाई विश्व सामु अझ थप चिनाउन प्रयत्नरत व्यक्तिको रुपमा परिचित छन ।

गोरखाको लाप्राकमा नमूना वस्ती निर्माणमा आफै ९ पटक सम्म पुगेर स्वयंसेवकको भूमिका निर्बाह गर्दै सहयोग गरेका उनि एनआरएनए भबन निर्माणमा समेत त्यतिकै सक्रिय रहेका छन, यसैगरी भारतले गरेको अघोषित नाकाबन्दीमा समेत हङकङ तथा चाईना बाट जिबन रक्षाको लागि चाहिने अति आबश्यक पर्ने औषधिहरु समेत नेपालमा पठाई नेपालि प्रतिको कर्तब्य पुरा गरेका थिए l  गुरुङ हालै तराईमा बाढी प्रभावितलाई राहत वितरणमा पनि एनआरएनए टोलीमा संलग्न रहेका थिए। त्यसका अलावा उनले नेपाल नेपालिको सयोगार्थ धेरै उदारणीय कार्य गरेर सबैको मनमा बस्न सफल भएका छन् ।

गोर्खा एकता इन्टरनेशनल ग्रुप मार्फत् हङकङ र मकाउमा निर्माण र सुरक्षा क्षेत्रमा व्यवसाय गरिरहेका यम कुमार ( त्रिलोक) गुरुङ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार हुन् ।एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष भए पछि उनी एक कार्यकाल एसिया प्यासिफिकको संयोजक समेत रहीसकेका छन् । विश्वका ७८ मुलुकमा स्थापना भैसकेको गैरआवासीय नेपाली संघको केन्द्रिय छनौटमा परेर सबैको बिस्वासिला उम्मेदवारको रुपमा त्रिलोक यम कुमार गुरुङ परिचित भएका छन l  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top