स्याङ्गजाको पखेरेमा भलिबल प्रतियोगिता हुने प्रथम हुनेलाई ५० हजार।


स्याङ्गजाको पखेरेमा भलिबल प्रतियोगिता हुने प्रथम हुनेलाई ५० हजार।

मन गुरुङ्ग, आश्विन १८ पखेरे।

भिरकोट नगरपालिका ८ पखेरे स्याङ्गजामा अन्तरक्लब वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। क्लबको २०औं बार्षिक उत्सव एवं नेपालीहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको अवासर पारी कार्यक्रमको आयोजना गर्न लागेको क्लबका संयोजक लिलु गुरुङ्गले जानकारी दिनु भयो। पतला देवी युवा क्लबको आयोजनामा आश्विन २२ गते बाट २८ गत्ते सम्म सो प्रतियोगिता हुनेछ।

खेलाडीहरुको स्तरोन्नति, आपासी मित्रता कायम र समाज विकासको निम्ति उक्त कार्यक्रमको आयोजना गरेको क्लबका अध्यक्ष हरि कुमार गुरुङ्गले बताउनु भयो। ‘दिनानु दिन युवा शक्ति विदेश पलायन भै रहेको छ। प्रतियोगिता बाट प्राप्त आम्दानीले यसलाई रोक्नको लागि गाउँमा युवा स्वरोजगारको निम्ति कृषि उत्पादन मुलक कार्यक्रम भित्र्याउने छौं’ -उहाँले भन्नु भयो।

जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने उक्त प्रतियोगिताका लागि हाल सम्म १२ टिमले टिम दर्ता गराई सकेका छन्। टिम दर्ता र ब्रिस्तित जानकारीका लागि www.pdycpakhere.org मा लगअन गर्न सकिने छ। प्रतियोगिता बाट प्रथम, दृत्तिया, तृत्तीय र चौथो हुने टिमले क्रमश ५० हजार, ३२ हजार, २२ हजार, १२ हजार र ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्। साथै सान्तवना हुने टिमले कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उत्क्रिष्ट खेलाडीले समेत आकर्षक पुरस्कार प्राप्त गर्ने छन्।

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top