सन्थाललाई मानबहादुरको सहयोग


सन्थाललाई मानबहादुरको सहयोग

उर्लाबारी, १४ असोज  – ८ का बाढी पीडित सन्थालहरुलाई समाजसेवी तथा राजनीतिकर्मी मानबहादुर श्रेष्ठ र अमरबहादुर धिमालले दसैंका लागि खाद्यान्न सहयोग गर्नुभएको छ ।

लामो समयदेखी स्थानीय स्कुुलमा आर्शित १४ घर सन्थालहरुलाई त्यहि पुगेर प्रत्येक परिवार बराबर १० केजि चामल, १ लिटर खाने तेल, १ केजि नुन र ३ केजिको बोइलर कुखुरा सहयोग गरेका हुन् ।

बाढीबाट पिडित बनेका उनीहरुलाई राज्यले बेवास्ता गरेको अवस्थामा दसैं जस्तो महान पर्वमा सहयोग पाउँदा एकदमै खुशी लागेको बताए । दसैंमा नानीहरुलाई के खुवाउने भन्ने चिन्ता थियो हर्षित हुँदै एक सन्थालले भने तर अब त्यो समस्या रहेन । तर कहिले सम्म यहाँ बस्ने र के खाएर बाच्ने भन्ने चिन्ताले दसैं खल्लो बनेको पनि उनले बताए ।

यो कुनै चुनावको प्रचार नभएर नीतान्त समाजसेवा रहेको समाजसेवी मानबहादुर श्रेष्ठले बताउनुभयो । बिस्थापित भइ कष्टकर जीवन बिताउँदै आइरहेका उनिहरुको दसैं खल्लो नबनोस् भनेर सहयोग गरेको पनि श्रेष्ठले बताए । श्रेष्ठ लामो समयदेखि यस क्षेत्रका विभिन्न सामाजिक कार्यमा सक्रिय रहदै आएका छन् । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top