खसी कपको उपाधि इटहरालाई


उर्लाबारी, १० असोज -  मोरङको उर्लाबारी–८ अठियाबारीमा भएको तीन दिवसीय खसी कपको उपाधि रतुवामाईको इटहराले जितेको छ । 

मंगलबार भएको फाइनल खेलमा आयोजक राजघाट युवा समूहलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

राजघाट युवा समूह अठियाबारीको आयोजनामा भएको उक्त प्रतियोगितामा उर्लाबारी, रतुवामाई र दमकका ८ टिमको सहभागिता रहेको थियो ।

उपाधि विजेता इटहराले २० केजीको खसी प्राप्त ग¥यो भने आयोजकले ३५ केजीको बोइलर कुखुरामा चित्त बुझायो ।

फाइनल खेलको प्रमुख अतिथि उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्की रहेका थिए ।

कार्यक्रम समूहका अध्यक्ष मिलन श्रेष्ठको सभापतित्वमा भएको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top