अशक्त श्रेष्ठ दम्पतिलाई रेनु राईको सहयोग


अशक्त श्रेष्ठ दम्पतिलाई रेनु राईको सहयोग

उर्लाबारी, १० असोज - झापा घर भई हाल क्यान्डामा रहेकी रेनु राईले मोरङको उर्लाबारी–७ का अशक्त श्रेष्ठ दम्पतिलाई सहयोग गरेकी छन् ।

मंगलबार एक कार्यक्रमका बीच राईले पठाएको १५ हजार रुपैयाँ बराबरको लत्ताकपडा, खाद्यन्यलगायत साम्रगी अशक्त दम्पति कमल र कमला श्रेष्ठलाई सहयोग गरिएको हो । सञ्चार क्लब नेपालका अध्यक्ष घनश्याम भण्डारी, नेपाल पत्रकार महासंघ मोरङका सदस्य सरोज बस्नेत, सहयोगी दाताका प्रतिनिधि विवेक धिमाल, पत्रकार विजय धिमाललगायतको उपस्थितिमा सो साम्रगी हस्तान्तरण गरिएको छ ।

सहयोगी रेनु राईले मेरो उर्लाबारीमा पोष्ट भएको तस्वीर हेरेर श्रेष्ठ दम्पतिलाई सहयोग गरेका बताइन् ।

आफूले अशक्त दम्पतिलाई सानो सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि सक्दो सहयोग गर्ने बताएकी छन् । कमल प्यारालिस्का कारण थलिएका छन् भने कमला पनि आफैं अशक्त छिन् ।

कमलाले मागेर पतिको जिविकोपार्जन गराउँदै आएकी छिन् । एक बर्षअघि न्यानो अभियान नेपालले पक्की दुई कोठे भवन निर्माण गरिदिएपछि श्रेष्ठ दम्पति लाई केही सहज बनेको स्थानीय बताउँछन् ।  

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top