स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर ललितपुरमा


स्त्रीरोग सम्बन्धि स्वास्थ्य शिविर ललितपुरमा

ललितपुर - ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका स्थित बुँगमतिमा  स्त्रीरोग सम्बन्धि  निशुल्क स्वास्थ्य शिविर हिजो सम्पन्न भएको छ ।

ललितपुर रेडक्रसको आयोजना तथा नेपाल सरकार जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा  आयोजित सो शिविरमा ११६ जना महिलाहरुले स्वास्थ्य जाँच गराउनुभएको थियो ।

शिविरमा आँग खस्ने समस्याको पनि परीक्षण गरिएको थियो । ६ जना महिलाहरुमा आँग खस्ने गम्भीर समस्या देखिएकोमा ३ जनाको शिविरमा नै उपचार गरिएको र बाँकीलाई हस्पिटल रिफर गरिएको छ । 

सोही शिविरको क्रममा महिनाबारी स्वच्छता सम्बन्धी प्रशिक्षण प्रदान गरिनुका साथै सरसफाई प्याडको उचित प्रयोग र व्यवस्थापन, निशुल्क हटलाइन ११३० को सेवा र प्रजनन स्वास्थ्य सम्बन्धी ध्यान दिनुपर्ने विषयहरुमा विज्ञहरुले महिलाहरुलाई जानकारी गराउनुभएको थियो ।  

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top