जताततै दशैंको शुभकामना आदान प्रदान


जताततै दशैंको शुभकामना आदान प्रदान

हरिश ढकाल

बुटवल, ९ असोज - बुटवलमा सामाजिक क्षेत्रमा क्रियाशिल ४ वटा संस्थाहरुको संयुक्त बैठक, सम्मान कार्यक्रम तथा बडादशैं, दिपावली, नेपाल सम्बत तथा छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बिश्व हिन्दु महासंघ रुपन्देही, नवजागृति पुस्तकालय बुटवल ४, सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैंजु बृद्धाश्रम बुटवल २ पाखापानी र नवजागृति सामाजिक ट्रष्टको संयूक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो । 

चारवटै संस्थाका संयुक्त कावा अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा. हिरण्यलाल ज्ञवाली, संस्थाका उपाध्यक्ष क्या. रणबहादुर ढेंगा मगर, प्रा.डा. बाबुराम ज्ञवाली, पंडित कृष्णप्रसाद कोईराला, पुर्व नगरप्रमुख पुनाराम पोखरेल, नेपाल जेसिजका पुर्व अध्यक्ष अनुपमान सैँजु , मिलन बज्राचार्य, शेरबहादुर गौतम, महिला समिति सचिव सुजिता शेरचन, कार्यालय सचिव उर्मिला श्रेष्ठ लगाएतले बडादशैंको महत्व र यसमा ध्यान पुराउनु पर्ने कुराहरुका बारेमा चर्चा गरेका थिए । 

यसैगरि नेपाल घरबहाल सरोकार संघ रुपन्देहीको आयोजनामा बडादशैं, दिपावली, नेपाल सम्बत तथा छठपर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

संघका अध्यक्ष हरिप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाल घरबहाल सरोकार महासंघका केन्द्रिय अध्यक्ष शंकर कोईराला, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय उपसभापति गोबिन्द खनाल, नेकपा एमालेका नेता नन्दिकेशर ढकाल, संघका उपाध्यक्ष खगेन्द्र पोडेल, महासचिव गणेशसिंह भण्डारी लगाएतले नेपाली समुदायमा मनाईने चाडपर्वहरुको ऐतिहासिक, धार्मिक तथा सामाजिक महत्व लगाएतका बारेमा चर्चा गरेका थिए । 

 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top