प्रादेशिक चुनावमा कांग्रेसलाई जिताउन तयार रहनुस् – रामचन्द्र पौडेल


प्रादेशिक चुनावमा कांग्रेसलाई जिताउन तयार रहनुस् – रामचन्द्र पौडेल

असोज ४, काठमाण्डौ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस सवैको भएको बताउनु भएको छ । नेपाल आदिवासी जनजाति संघले पार्टी कार्यलय सानेपामा आयोजना गरेको दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै वहांले भन्नुभयो –नेपाली कांग्रेसलाई नेपालका आदिवासी जनजातीको ठुलो योगदान रहेको छ । 

मुलुक संविधान कार्यन्वयनको दिशामा अघि बढेकाले अबको प्रादेशिक चुनावमा कांग्रेसलाई अघि बढाउन आदिवासी जनजातिको उत्तीकै भूमिका हुने भएकाले सवै त्यसमा केन्द्रित रहनुपर्ने बताउनु भयो । 

नेपालको वर्तमान संविधानमा आदिवासी जनजातिहरुको हक, अधिकार र नेपाली कांग्रेसमा भविष्य विषयक विचार गोष्ठीमा कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस सदैव नेपालको हरेक तहतप्कामा रहेका नेपाली जनताको पक्षमा रहेको बताउनुभयो । वहांले भन्नुभयो नेपालमा रहेका आदिवासी जनाजातिको विकासकालागि सरकारले आदिवासी जनजाति प्रतिष्ठान कांग्रेसलेनै स्थापना गरेको हो । यस बाहेक वहांले नेपालमा सवै जाती र भाषाको सम्मान गर्दै समग्र मुलुकको विकासमा लाग्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति संघ केन्द्रिय समितिका महामन्त्री प्रशान्त राईले शिर्षस्थ नेताहरुलाई नेपालका आदिवासी जनजातिलाई स्पष्ट रुपमा उनिहरुका हक अधिकार र पहिचानको लागि बोल्नुपर्ने बताउनु भयो । कार्यक्रम संघका केन्द्रिय अध्यक्ष आइवी गुरुङ्गको सभापतीत्वमा सम्पन्न भएको थियो । 

तपाईंको खबर

तपाईंसँग कुनैपनि खबर, लेख, सुझाव, कार्यक्रम वा अन्य कुनै जानकारी आदि छ भने कृपया

janapukar@gmail.com मा पठाउनुहोला ।

Top